North-East

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ

सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिनुभएको छ । उहाँले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिनुभएको छ । उक्त विज्ञप्तिमा उहाँले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनुपरेकोमा निकै दुःख लागेको बताउनुभएको छ ।ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनुपरेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो…
Read More
अस्ट्रेलियाका प्रधानमन्त्री न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुग्नु भएको छ

अस्ट्रेलियाका प्रधानमन्त्री न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुग्नु भएको छ

 उहाँलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गर्नु भएको थियो ।दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ ।कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुनुहुन्छ । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड–१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् ।न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट…
Read More
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ

स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ८७४ जनाको भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । सङ्क्रमणबाट चार लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेको छैन । कतिपय दिन संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ । अधिकारीहरुले सङ्क्रमितहरु अस्पतालहरूमा ठूलो सङ्ख्यामा  पाइएको छ । अधिकारीहरुले अहिले पनि बिरामीको चाप थेग्न सकेका छैनन् । गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२०…
Read More
विश्व स्वास्थ्य संगठनले भारतका स्वास्थ्य मन्त्री डा. हर्षवद्र्धनलाई सम्मानित गरेको छ

विश्व स्वास्थ्य संगठनले भारतका स्वास्थ्य मन्त्री डा. हर्षवद्र्धनलाई सम्मानित गरेको छ

उहाँलाई ‘डब्ल्युएचओ डारेक्टर जेनेरल स्पेशन रेकोग्निशन अवार्ड’बाट सम्मानित गरिएको छ ।भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रस अदनोम गेब्रेससले आफ्नो ट्वीटर खातामा तम्बाकु नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएकोले उहाँलाई सम्मानित गरिएको बताउनुभएको छ । “सन् २०१९ मा डा. हर्षवद्र्धनको नेतृत्वमा तम्बाकु नियन्त्रण गरिएको प्रयास प्रशंसनीय छ, उहाँलाई विश्व स्वास्थ्य संगठनको स्पेशल रेकोग्निशन अवार्ड प्रदान गर्दा खुशी लागेको छ ।”– महानिर्देशक गेब्रेससले लेख्नुभएको छ ।त्यसैगरी, विश्व स्वास्थ्य संगठनले बेलायतको बाथ विश्वविद्यालयलाई तम्बाकु नियन्त्रण अनुसन्धान समूहलाई समेत पुरस्कृत गरेको छ । विश्वभरि आज ‘नो तम्बाकु डे’ मनाइदैछ ।
Read More
चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने

चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने

सिन्ह्वा समाचार संस्थाका अनुसार सोमवार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए। सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो। सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो। यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो। यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो। सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा…
Read More
जागरुकता अभियानको साथमा दार्जिलिंग पुलिस लकडाउन सक्रिय छन्

जागरुकता अभियानको साथमा दार्जिलिंग पुलिस लकडाउन सक्रिय छन्

 दार्जिलिंग पुलिस कोरोना रोकथाममा धेरै सक्रिय छ। तालाबन्दीको बखत पुलिसले जनतामा चेतना अभियान चलाउँदैछ र उनीहरूलाई सरकारी नियमहरुको पूर्ण पालना गर्न सल्लाह दिदैछ। यसको साथ साथै पुलिसको मैदान र पहाडी क्षेत्रहरूमा पनि जनताका गतिविधिहरू अनुगमन गरिदैछ। तालाबन्दीको क्रममा पुलिसले पसलहरू समयमै खुला छ कि छैन र समयमै बन्द छ कि छैन भनेर विशेष ध्यान दिइरहेको छ र साथै आवश्यक कामका लागि मात्र घरबाट बाहिर जानका लागि प्रहरीलाई सल्लाह दिइन्छ। साथै, मास्क लगाएर, सेनिटाइजर प्रयोग गरेर र सामाजिक दूरीको बारेमा कुरा गरिरहेको छ। पुलिस कोरोना रोकथाममा धेरै सक्रिय छ। तालाबन्दीको बखत पुलिसले जनतामा चेतना अभियान चलाउँदैछ र उनीहरूलाई सरकारी नियमहरुको पूर्ण…
Read More
कोभिडको नक्कली औषधि बेचेको भन्दै ३५० जना पक्राउ

कोभिडको नक्कली औषधि बेचेको भन्दै ३५० जना पक्राउ

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो। प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए। बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएको र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ। हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ। कोभिडका कारण भारतमा ज्यान…
Read More
अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्रीएन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नुभएको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उहाँ इजिप्ट र जोर्डनको भ्रमण गर्न लाग्नुभएको हो ।इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धविरामलाई स्थायित्व दिने प्रयासस्वरुप विदेश मन्त्री ब्लिन्केनले इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गर्नुभएको हो ।इजिप्टको कायरोतर्फ प्रस्थान गर्नुअघि विदेशमन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।तर उहाँले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट गर्नुभएको छ ।कायरो प्रस्थान गर्नुअघि…
Read More
भारतमा लगातार १३ औं दिन चौबीस घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ

भारतमा लगातार १३ औं दिन चौबीस घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ

बुधबार चौबीस घण्टामा दुई लाख आठ हजार ९२१ सङ्क्रमित थपिएका छन् ।समाचार संस्था एएनआईका अनुसार भारतमा हाल २४ लाख ९५ हजार ५९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म दुई करोड ७१ लख ५७ हजार ७९५ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चौबीस घण्टामा दुई लाख ९५ हजार ९५५ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ८९ प्रतिशत पुगेको छ । हालसम्म दुई करोड ४३ लाख ५० हजार ८१६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा २२ लाख १७ हजार ३२० नमूना परीक्षण गरिएको छ ।पछिल्लो चौबीस…
Read More
सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ

सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ

सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् । सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्र स्थापना गरिएको जानकरी दिनुभएको थियो ।उहाँले मङ्गलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था…
Read More