10
Jun
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष हुन लागेको छ। तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन। यसबिषयमा अझै पनि छानबिन जारी नै छ। तर, सुशान्तको निधनपछि एक फिल्म बनेको थियो ‘न्याय: द जस्टिस’। फिल्ममा छोराको नाम प्रयोग भएकोमा सुशान्तका बुबा कृष्णकिशोरले आपत्ति जनाएका थिए। उनले आफ्नो छोराको नाम प्रयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै फिल्मलाई रोक्नुपर्ने भन्दै दिल्ली उच्च अदालतमा मुद्दा हालेका थिए। सुशान्तका बुबाले दायर गरेको रिट निवेदनमा भनिएको छ,‘ न्याय: द जस्टिस, आत्महत्या र हत्या: अ स्टार ह्वाज लास्ट, शशांक र एक क्राउड- फन्डेड फिल्म सुशान्तको जीवनमा आधारित छ।’ त्यस मुद्दाको आज सुनुवाइ…
