14
Jun
आजकै दिन मुम्बईस्थित फल्याटमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत्यु भएपछि बलिउडमा 'नेपोटिज्म'को बहस सुरु भएको थियो। नोपोटेज्म बहसमा बलिउडका थुप्रै घरानाहरुलाई विभिन्न आरोप लगाइएको थियो। उनको मृत्यु सम्बन्धमा भारतको पाँच वटा एजेन्सीहरुले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। तर मृत्युको गुथ्थी अझै सुल्झिन सकेको छैन। अनुसन्धानमा मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रीय अन्वेशन ब्युरो, नारकोटिक्स कन्ट्रोल ब्युरो र प्रवर्तन निर्देशालय उनको मृत्युबारे अनुसन्धान गरिरहेका छन्। यति धेरै एजेन्सीहरुले अनुसन्धान गरे पनि सुशान्तले आत्महत्या गरेको थियो वा कसैले हत्या गरेको थियो भन्नेबारे पुष्टि गर्न सकेको छैन। मुम्बई प्रहरीको प्राथमिक अनुसन्धानले भने सुशान्तले आत्महत्या गरेको निष्कर्ष निकाले थियो। तर सिबिआइले भने हालसम्म…
