North-East

बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु

बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जना मारिएका छन्। थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रक एक अधिकारीले बीबीसीलाई बताए। विवरणहरूमा जनाइएअनुसार मानिसहरू भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो। आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन। आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए। छ तले भवनमा आगलागी शुरू भएपछि ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। हराइरहेका कामदारका चिन्तित सयौँ आफन्त कारखाना परिसरबाहिर जम्मा भएका छन्।
Read More
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । यसले एन्ड्रोइड प्रयोगकर्ताका लागि डिजिटल खोप कार्ड स्टोर गर्न अझै सहज बनाउनेछ । यसलाई कम्पनीले कोभिड कार्ड नाम दिएको छ । यो फिचर सुरुमा अमेरिकामा रोल आउट हुने भएको छ । यो फिचरका लागि गूगलले स्वास्थ्य सेवा प्रदायक, स्थानीय सरकार र अरु कोभिड खोप बाडँने संस्थासँग सहकार्य गर्ने भएको छ । यो फिचरमा कोभिड परिक्षणको परिणाम पनि स्टोर गर्न मिल्छ । गूगल सपोर्ट पेजका अनुसार खोपका लागि कार्डले त्यो व्यक्तिले कहिले खोप लगाएको थियो र कुन खोप लगाएको थियो भन्ने जानकारी दिन्छ । यसमा कुनै वेबसाईट, एप, टेक्सट वा…
Read More
भारतीय सेनाले ड्रोन हमलाका खतराहरूको सामना गर्न के गरिरहेको छ?  सेना प्रमुख नारावनेले भने

भारतीय सेनाले ड्रोन हमलाका खतराहरूको सामना गर्न के गरिरहेको छ? सेना प्रमुख नारावनेले भने

सेना प्रमुख जनरल एमएम नरभानेले बिहीबार बिहीबार भने कि ड्रोनको सहज उपलब्धताले सुरक्षा चुनौतिहरूको जटिलतालाई थप गरेको छ र भारतीय सेनाले यी खतराहरू राज्य-प्रायोजित होस् वा आफ्नै देशले पनि खतराहरूको सामना गर्न क्षमता विकास गरिरहेका छन। थिंक ट्याकमा दिइएको सम्बोधनमा जनरल नारावनेले भने कि सुरक्षा प्रतिष्ठानले चुनौतिहरु बारे अवगत छ र उनीहरुसँग व्यवहार गर्न केहि कदम चालेको छ। सेना प्रमुखले भने कि हामी धम्कीको सामना गर्न क्षमता विकास गर्दैछौं, यी धम्कीहरू देश प्रायोजित छन् वा ती देशहरूले आफैंले सिर्जना गरेको हो। हामी ड्रोन खतरासँग सामना गर्न क्षमताहरू विकास गर्दैछौं। जनरल नरभानेलाई जम्मू एयर फोर्स स्टेशनमा हालै भएको ड्रोन हमलाको बारेमा…
Read More
शतवार्षिकीमा राष्ट्रपति सी जिनपिङको चेतावनी, ‘चीन कसैको धम्कीले दब्ने छैन’

शतवार्षिकीमा राष्ट्रपति सी जिनपिङको चेतावनी, ‘चीन कसैको धम्कीले दब्ने छैन’

उनले बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले "आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश"लाई नसहने पनि बताएका छन्। उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ। हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो। हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ। ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो। प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ। अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग…
Read More
सिक्किमका शिक्षकहरूले सरकारले दिएको नयाँ अन्तरवार्ता लिने निर्णयको विरोध प्रदर्शन गरे

सिक्किमका शिक्षकहरूले सरकारले दिएको नयाँ अन्तरवार्ता लिने निर्णयको विरोध प्रदर्शन गरे

गत वर्ष नियुक्ति पाएका ८०० वटा एड एचओसी शिक्षकहरूको ठुलो संख्याले सिक्किम सरकारले उनीहरूको जागिर जारी राख्नको लागि नयाँ अन्तर्वार्ता लिने निर्णयको विरोधमा सोमबार गंगटोकको ताशीलिंग सचिवालयको अगाडि भेला भएर प्रदर्शन गरे। राज्यका विभिन्न भागबाट आएका आन्दोलनकारी शिक्षकहरूले सोमबार जारी गरिएको नयाँ अन्तर्वार्ता लिने आदेश आज राती फिर्ता लिने माग गरे। र यदि उनीहरुको माँग सरकारले नामानेको खण्डमा उनीहरूले आगामी केही दिनभित्रै भावी कार्यवाहीको बारेमा सामूहिक रूपमा निर्णय गर्ने कुरा गरे। आक्रोशित शिक्षकहरूले भने कि उनीहरू शिक्षा विभागले गरेको अन्तर्वार्ता प्रक्रियामा गएर नियुक्त भएका थिए र सरकारले उनीहरूलाई फेरि अन्तर्वार्ता लिन आग्रह गर्नु सरकारी पक्षमा उचित होइन।
Read More
फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्‍नोको निधन

फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्‍नोको निधन

 फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्‍नो अक्‍विनो (तेस्रो)को ६१ वर्षको उमेरमा निधन भएको छ । क्वेजोन सहरस्थित अस्पतालमा उपचारको क्रममा उनको बिहीबार निधन भएको हो । न्योन्यो नामले समेत चिनिने अक्‍विनो २०१० देखि २०१६ सम्म देशको १५औं राष्ट्रपति बनेका थिए । राजानी मनिला नजिकै क्यापिटल मेडिकल सेन्टरमा उनको बिहीबार निधन भएको स्थानीय मिडियाले जनाएका छन् । अक्‍विनोले राजनीतिमा प्रवेश गर्नुअघि पारिवारसँग मिलेर १९९८ मा चिनी व्यवसाय गरेका थिए । उनी २००७ मा सिनेटर हुनुभन्दा अघि प्रतिनिधिसभामा तीन पटकसम्म सदस्य थिए । उनी प्रजातन्त्रवादी नेता सिनेटर बेनिग्नो निन्यो अक्‍विनो र पूर्व राष्ट्रपति काराजोनका एक मात्र छोरा समेत थिए । उनका पिताले तानाशाह फर्डिनान्ड मार्कोसको…
Read More
‘किल बिल’को बलिउड रिमेकमा कृति

‘किल बिल’को बलिउड रिमेकमा कृति

बलिउड अभिनेत्री कृति सेननलाई हलिउड ब्लकबस्टर फिल्म ‘किल बिल’को हिन्दी रिमेकमा अभिनय गर्न प्रस्ताव गरिएको छ । सन् २००३ मा रिलिज यो फिल्म एक्सन ड्रामा फ्लेभरको थियो । फिल्मको हलिउड संस्करणको निर्देशन क्वेंटिन टैरेंटिनोले गरेका थिए । यो मार्सल आर्टस्मा आधारित फिल्म थियो । फिल्ममा उमा थुर्मनले प्रमुख भूमिका निभाएकी थिइन् । हिन्दी भर्सनको निर्देशन अनुराग कश्यपले गर्दैछन् । हलिउड फिल्मको हिन्दी रिमेकका लागि निर्माता निखिल द्विवेदीले केही वर्ष अघि नै अधिकार आफ्नो पक्षमा लिएका थिए । फिल्म निर्माणको लागि तयारी सुरु भइसकेको छ । फिल्मको स्क्रिप्ट तयार भइसकेकाले उनीहरुले कृतिलाई अभिनयको प्रस्ताव गरेका छन् । फिल्मले एक यस्तो महिलाको…
Read More
सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माण गरिने

सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माण गरिने

आपूर्तिमन्त्री राजकिशोर यादवले प्रस्तावित सिलिगुडी–झापा पाइपलाइन परियोजनाको भण्डारणगृह गुणस्तरीय तथा प्रविधिको उचित प्रयोग गरी अघि बढाइएको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै परियोजना तथा भण्डारण गृहको स्थलगत निरीक्षण गर्न झापा आइपुगेका मन्त्री यादवले भण्डारण गृहलाई प्राथमिकताका साथ अघि बढाएको उनको तर्क छ । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश–१ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने सक्ने मन्त्री यादवले जानकारी दिए । प्राविधिक अध्ययन, नीतिगत निर्णय तथा परियोजना गठन भइसकेको जानकारी गराएका मन्त्री यादवले नेपाल तथा भारत सरकारस्तरीय ‘जीटूजी’ को माध्यमबाट असोज मसान्तभित्र बाँकी प्रक्रिया पूरा गरेर निर्माणकार्य सुरु गरिने जनाए । “मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भयो,”…
Read More
कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् । गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए । उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् । यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता…
Read More
चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् । पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख…
Read More