12
Aug
भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्।बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ। झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ। भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्। एक स्थानीयवासी अबिद हुसैनले उद्धाराकार्य राति पनि चलोस्…
