North-East

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ । युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो । हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ । पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसकोस् भनेर युरोपेली…
Read More
अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेका बेला तीन दिनमा २७ बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षबीच लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्। विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ, गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्। सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे…
Read More
‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना

‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना

बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ । फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट एकसाथ देखिँदैछन् । यसअघि फरहानले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ जस्ता साथीत्वसँगको सम्बन्ध बोकेको फिल्म बनाइसकेका छन् । ‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो फिल्म एक्सेल इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । यो व्यानरको स्थापना सन् १९९९ मा…
Read More
राज कुन्द्रा झन् फसे मुश्किलमा, ४ जना पूर्वकर्मचारीले दिए यस्तो बयान

राज कुन्द्रा झन् फसे मुश्किलमा, ४ जना पूर्वकर्मचारीले दिए यस्तो बयान

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ । पोनोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारीले बयान दिएपछि उनी झन् मुश्किलमा परेका छन् । पूर्व कर्मचारीहरुको बयान दिएपछि राज कुन्द्रा झनै समस्यामा पर्ने देखिएको छ । इन्डिया टुडेको रिपोर्टका अनुसार मुम्बई प्रहरीको अपराध शाखाले राज कुन्द्राविरुद्ध प्रमाणसहितको बयान रेकर्ड गरेको छ । राजको कम्पनीका पूर्व कर्मचारीहरु भियान कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए । उक्त चार जनाले दिएको बयानपछि अपराध शाखालाई अनुसन्धानमा थप सहयोग मिल्नेछ । राज कुन्द्राको विरोधमा पहिलो बयान दिने चार्टर्ड अकाउन्टेन्ट हुन् । चार्टर्ड अकाउन्टेन्टले ब्यालेन्स…
Read More
निसानले १८ नयाँ स्थानहरुमा १८ नयाँ वर्कशपहरु थपे

निसानले १८ नयाँ स्थानहरुमा १८ नयाँ वर्कशपहरु थपे

निसान भारतले ३१ अगस्ट २०२१ सम्म भारतमा निसान र ड्याटसन अधिकृत डीलरशिपहरुमा आफ्ना ग्राहकहरुका लागी नि: शुल्क मानसून जाँच शिविर शुरू गरेको छ। शिविर प्रशिक्षित कर्मचारीहरु द्वारा संचालित छन् जसले वास्तविक स्पेयर पार्ट्स को उपयोग सुनिश्चित गर्दछ। निसान ग्राहकहरु को सेवा आवश्यकताहरु को लागी देश भर मा १८ नयाँ स्थानहरुमा १८ नयाँ वर्कशपहरु थपेको छ। ग्राहक आश्वासनलाई सुदृढ पार्न, निसान भारत एक अद्वितीय सेवा वृद्धि पहल मा निसान कनेक्ट एपमा निसान भारत को एन्ड-टू-एन्ड रोड-साइड असिस्टेन्स (आरएसए) सेवाहरु लाई सुधार गर्न माई टीवीएस सँग गठबन्धन गरेको छ। शिविरले ३० पोइन्टको चेकअप प्रदान गर्दछ, मनसुनको समयमा सवारी को इष्टतम प्रदर्शन सुनिश्चित…
Read More
शमिता शेट्टीको दिदी शिल्लापाई सान्त्वनाः तपाईंको हरेक दुःखमा साथ हुनेछु

शमिता शेट्टीको दिदी शिल्लापाई सान्त्वनाः तपाईंको हरेक दुःखमा साथ हुनेछु

पोर्न फिल्म कारोबारको आरोपमा भिनाजु राज कुन्द्रा पक्राउ परेपछि शमिता शेट्टीले पहिलो पटक प्रतिक्रिया जनाएकी छन्। उनले दिदी शिल्पा शेट्टी पक्षमा धारणा राखेकी हुन्। “म हरेक सुख–दुःखमा तपाईंको साथमा हुनेछु,” शमिताले बताएकी छन्। शिल्पाले सामाजिक सञ्जालमा दुई पृष्ठ लामो ‘नोट’ शेयर गरेपछि शमिताले यस्तो बताएकी हुन्। नोटमा शिल्पाले बालबालिकाको लागि भएपनि गोपनियताको सम्मान गर्न अनुरोध गरेकी थिइन्।
Read More
शर्लिन चोपडाको खुलासाः शिल्ला शेट्टीसँग खुसी थिएनन् राज कुन्द्रा – देखापढी

शर्लिन चोपडाको खुलासाः शिल्ला शेट्टीसँग खुसी थिएनन् राज कुन्द्रा – देखापढी

बलिउड मोडल तथा नायिका शर्लिन चोपडाले ‘पोर्न फिल्म’को आरोपमा पक्राउ परेका राज कुन्द्रा र उनकी पत्नी नायिका शिल्पा शेट्टीबीच सम्बन्ध राम्रो नभएको बताएकी छन्। शर्लिनले आफूमाथि राजले यौन शोषण गरेको सम्बन्धमा मुम्बई प्रहरीमा दिएको उजुरीमा राजले शिल्पासँग आफ्नो सम्बन्ध राम्रो नभएको कुरा उनीसँग खुलाएको बताएकी छन्। शिल्पाका कारण आफू धेरैजसो समय तनावमा रहने कुरा राजले बताएको उजुरीमा उल्लेख छ।
Read More
चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको छ। अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ। निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ। गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो। एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर-पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको…
Read More
कश्मीरमा विद्यालय भवन बनाउन अक्षयकुमारले दिए एक करोड रुपैयाँ

कश्मीरमा विद्यालय भवन बनाउन अक्षयकुमारले दिए एक करोड रुपैयाँ

बलिउड अभिनेता अक्षय कुमारले विद्यालयको निर्माणको आर्थिक सहयोग गरेका छन्। अक्षयले कश्मिरको रहेको विद्यालयको निर्माणका लागि एक करोड भारतीय रुपैयाँ सहयोग गरेका हुन्। कश्मिरमा रहेको गभरमेन्ट मिडिल स्कुलमा 'श्री हरि ओम भाटिया एजुकेसन ब्लक' बनाउनका लागि उनले १ करोड दिएका हुन्। बिएसएफ कश्मीरले एक ट्वीट गर्दै अक्षयले सहयोग गरेको जानकारी दिएको हो। अक्षयले विद्यालयको निर्माणको शिलान्यास कार्यक्रममा समेत भर्चुयल माध्यमबाट नै सहभागिता जनाएका थिए।
Read More
टोक्यो ओलिम्पिक्स: ६३ हजार मानिस बस्ने सानो देशले पहिलो पटक स्वर्ण पदक

टोक्यो ओलिम्पिक्स: ६३ हजार मानिस बस्ने सानो देशले पहिलो पटक स्वर्ण पदक

ट्रायाथ्लन खेलमा फ्लोरा डफीको जितसँगै जम्मा ६३,००० हजार जनसङ्ख्या भएको बर्म्यूडा ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश अथवा क्षेत्र बन्न पुगेको छ। तेत्तीस वर्षीया फ्लोरा डफी चौथो पटक ओलिम्पिक्समा सहभागी भएकी थिइन्। उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उनी उत्कृष्ट साबित भइन्। उनले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गरिन्। त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर-ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेटभन्दा अगाडि हो। ग्रीष्मकालीन ओलिम्पिक्समा पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देशको रेकर्ड यसअघि पनि बर्म्यूडाकै नाममा थियो। सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान…
Read More