26
Oct
कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् । अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ । कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । फेसबुकमा उनले लेखेका छन्,'आशीर्वाद २०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।' छोरा अनमोल केसीलाई टिका लगाइदिएको तस्बिर राख्दै भुवन केसीले लेखेका छन्,'मेरो सम्पूर्ण परिवारलाई विजया दशमीको शुभकामना । सुरक्षित दसैं मनाऔं ।' तस्बिरमा छोरा अनमोल र भुवनले मास्क लगाएका छन् । दसैंमा सधै स्टेज कार्यक्रममा व्यस्त…
