31
Oct
भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले पठाएको चामलको नमूना परीक्षण गरेपछि कम्पनीको सुर्खेतस्थित कार्यालयले उक्त जानकारी दिएको हो । ‘प्रहरीले नियन्त्रणमा लिएको चामलको नमुना हामी (कम्पनी) सँग रहेको जापानी चामलसँग मिलेको छ,’ कार्यालय प्रमुख माधव मिश्रले कान्तिपुरसँग भने, ‘प्रारम्भिक रुपमा हामीले प्रहरीलाई यही रिपोर्ट दिने छौं ।’ सरकारी अनुदानको जापानी चामल बजारमा नपाइने उनले बताए । बिहीबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित दुर्गा भगवती इन्टरप्राइजेजको नाममा भक्तपुर पठाउन लागिएको २ सय ५० क्विन्टल चामल सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । इन्टरप्राइजेजका प्रोप्राइटर रहेका वासुदेव शर्मा अर्को व्यावसायिक फर्म शर्मा निर्माण सेवाका समेत मालिक हुन् । शर्मा निर्माण खाद्य…
