29
Nov
सुनसरी जिल्ला अदालतले हत्या अभियोगमा २० वर्ष कैद सजाय सुनाएपनि फरार रहेका साविक एकम्बा गाविस-४ (हाल इटहरी उपमहानगरपालिका) बस्ने ३२ वर्षीय एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एकम्बामा ०६४ साल बैशाख २९ गते भएको हत्या घटनाका फरार प्रतिवादी कृष्णकुमार धामी पक्राउ परेका हुन् । साथीको विवाहमा उनीसहित जन्ती गएका पाँचजनाले सुनसरीको साविक चांदवेला ७ मधेसा टोलस्थित प्रभुराम चौधरीको घर अगाडि साविक एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरको हत्या गरेका थिए । छुरा प्रहारपछि गम्भीर घाइते ठाकुरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएर उपचार गर्दागर्दै मृत्यु भएको थियो । बेहुलीको घरमा स्वयंवर…
