29
Nov
'म १० वर्षको भएँ, अहिले । म रेप हुँदा ६ वर्षको थिएँ । गाउँमा जन्में । गाउँमा अवस्था राम्रो नभएर सहरमा आएँ । मम्मीले एकजना केटा ल्याउनुहुन्थ्यो । उहाँलाई हामीले अंकल भन्ने गर्थ्यौं । कहिले चाउचाउ, कहिले बिस्कुट, कहिले चकलेट ल्याउनुहुन्थ्यो । एक दिन राति म सुतिरहेको बेला मलाई उठाएर लगेर रेप गरेर म मरें भनेर गाडेर जानुभएछ ।' प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा एक बालिकाले चार वर्ष पहिले ६ वर्षको उमेरमा आफूमाथि भएको बलात्कारबारे दिएको जानकारी हो यो । यी शब्द भन्ने क्रममा ती बालिका पटकपटक भक्कानिएकी थिइन् । उनले त्यो रात सम्झिँदै आँशु पुछ्दै घटना विवरण सुनाउँदै थिइन् भने उपस्थित…
