03
Dec
विवादले पार्टी एकता नै संकटमा परिरहेका बेला बिहीबार नेकपाका दुवै अध्यक्षले राष्ट्रपतिसँग भिन्दाभिन्दै भेटवार्ता गरेका छन् । बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र साँझ अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् । नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् । बुधवार ओली सहभागी नभएको नेकपाको सचिवालय बैठकले सचिवालय र स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेपछि त्यसबीचमा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो । त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् । मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई…
