05
Dec
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् । सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए । ‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । भोलि स्थायी…
