North-East

अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ। एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्।अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्। फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको…
Read More
जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी छन् ।  राज्यव्यवस्था समितिले बुधबार दिएको निर्देशन विपरीत सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो । सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशन पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ । पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि संसदीय समितिले दिएका निर्देशन सरकारले पालाना गरेको वा नगरेको भन्ने सम्बनधमा समिति आफैंले कार्यप्रगति मूल्यांकन…
Read More
कलंकीमा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

कलंकीमा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान खुलिसकेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।
Read More
थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएकामा ४ सय ११ महिला र ६ सय ३३ पुरुष छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १८ लाख २० हजार ८ सय १८ पीसीआर परीक्षण भएका मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५ सय १९ जना छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त…
Read More
स्वास्थ्य सामग्री खरिद प्रक्रिया प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफल गर्न बोलाउने

स्वास्थ्य सामग्री खरिद प्रक्रिया प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफल गर्न बोलाउने

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर लामो समय बैठक नै नबस्दा यो…
Read More
कोभिड-१९ खोपको जानकारी ‘युरोपमा चोरी’

कोभिड-१९ खोपको जानकारी ‘युरोपमा चोरी’

युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने बताएको छ।फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको छ। एजेन्सीले कोभिड-१९ का दुई खोपहरूलाई अनुमति दिने प्रक्रियामा राखेको छ।केही साता लाग्ने अनुमति प्रक्रियालाई भने ह्याकिङ्ले असर नगर्ने एजेन्सीले जनाएको छ।ईएमएले आफ्नो वेबसाइटमा राखेको सानो विज्ञप्तिमा ह्याकिङ्काबारेमा विस्तृत जानकारी दिएको छैन। एक प्रवक्ताले त्यहाँको कम्प्युटर प्रणालीले काम गरिरहेको बताएका छन्।तर बायोएनटेकले आफ्नो विज्ञप्तिमा खोपसम्बन्धी दस्तावेजहरू चोरिएको बताइएको जनाएको छ। "आज हामीलाई यो सूचित गरिएको छ कि… एजेन्सीमा साइबर हमला भएको छ र फाइजर एवम् बायोएनटेकले…
Read More
भौतिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरेर संसद् चलाउन सकिने विज्ञहरूको सुझाव

भौतिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरेर संसद् चलाउन सकिने विज्ञहरूको सुझाव

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण जारी रहेकै अवस्थामा कसरी संसद् सञ्चालन गर्ने भन्ने बारेमा संघीय संसद सचिवालयले विज्ञहरूसँग छलफल गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर संसद् बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरूले संसद् सञ्चालनको विधिबारे सबै राजनीतिक दलहरूबीच एकमत हुनुपर्ने धारणा राख्दै विभिन्न सुझाव दिएका छन् । संघीय संसद् सचिवालयले बुधबार स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर संसद् चलाउने उपायको खोजी गरेको हो । सचिवालयले सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्वसांसद जनकराज जोशीसँग छलफल गरेको थियो । छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पुरा गरी संसद्को बैठक…
Read More
‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’

‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’

चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोना महामारीलाई सबै मिलेर परास्त गर्नु पर्ने बताएका हुन् । ‘चोमोलोङ्मा(सगरमाथा) को अग्लाइ जति नै भए पनि आरोहण गर्न सकिन्छ, त्यसै गरी जति नै कठिन परिस्थिति भए पनि कोभिड–१९ लाई परास्त गर्न सकिन्छ,’ उनले पत्रकार सम्मेलनमा भने । उनले अगाडि भने, ‘चीन…
Read More
सहकार्यका लागि दाहाललाई ओलीको शर्त : ‘नेपालसँग सहकार्य तोड्नुस्’

सहकार्यका लागि दाहाललाई ओलीको शर्त : ‘नेपालसँग सहकार्य तोड्नुस्’

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउनेभन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका छन् । दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको थियो । यही भेटमा ओलीले नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत–अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयासस्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका…
Read More
मन्त्रिपरिषदका निर्णय : १४ अर्ब ऋण र १ अर्ब अनुदान स्वीकार

मन्त्रिपरिषदका निर्णय : १४ अर्ब ऋण र १ अर्ब अनुदान स्वीकार

सरकारले विभिन्न विकास परियोजनाका लागि प्राप्त १४ अर्ब १५ करोड सहुलियतपूर्ण ऋण र एक अर्ब १९ करोड अनुदान स्वीकार गरेको छ । मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकले उक्त रकम स्वीकार गर्ने निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।  मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दिएको जानकारीअनुसार सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट उक्त रकम विभिन्न परियोजना सञ्चालनका लागि स्वीकार गरेको हो । मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब…
Read More