North-East

दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतको राजधानी नयाँदिल्लीमा  बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ । योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५…
Read More
अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ । बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण…
Read More
भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल-भारत सीमामा कडाइ गरिँदै

सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ। यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ। नेपाल-भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्। तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम…
Read More

भारतमा पनि देखियो नयाँ स्वरूपको कोरोना

काठमाडौँ — भारतमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो । बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् । मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।…
Read More
मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन

मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन

मालदा में निकली बंग ध्वनि यात्रा, तृणमूल नेताओं ने कहा लोगों का मिल रहा समर्थन मालदा , 29 दिसंबर।  मालदा जिले में मंगलवार को सत्ताधारी तृणमूल कांग्रेस की ओर से बंग ध्वनि यात्रा निकाली गयी। बंग ध्वनि यात्रा मालदा कॉलेज गेट के सामने से निकल कर शहर के विभिन्न मार्गों की परिक्रमा की।  रैली में तृणमूल कॉनरेस के को ऑर्डिनेटर  बबला सरकार, विधायक निहार रंजन घसोह , तृणमूल कॉग्रेस के मुखपत्र शुभमय बॉस समेत अन्य वरिष्ठ तृणमूल नेता व काफी संख्या में तृणमूल समर्थकों ने हिस्सा लिया। तृणमूल नेताओं ने कहा राज्य सरकार की 10 वर्षों की उपलब्धियों को जन जन तक पहुंचने…
Read More
भारतमा छ जनामा देखियो नयाँ प्रकारको भाइरस

भारतमा छ जनामा देखियो नयाँ प्रकारको भाइरस

यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ।ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ।यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्। तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ।गत एक महिनामा यूकेबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको…
Read More
चिनियाँ विशेष टोलीले दाहाललाई भन्यो : ओलीसँग मिलेर अघि बढ्नुहोस्

चिनियाँ विशेष टोलीले दाहाललाई भन्यो : ओलीसँग मिलेर अघि बढ्नुहोस्

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सल्लाह दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा (ओली पक्ष) का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् । दाहाल निकट एक नेताले कान्तिपुरलाई दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले…
Read More
मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ‌ओली प्रतिनिधिसभा विघटन गरेपछि काम चलाउ भएको र उनले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने सोमबार रिट दायर गरेका हुन् । संविधानको धारा ७७(१) मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था गरिएको र अहिलेका प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने भन्दै रिट निवेदन दायर गरिएको अधिवक्ता ‌ओलीले जानकारी दिए । धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म…
Read More
चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण मित्रता गहन पार्न : चीन

चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण मित्रता गहन पार्न : चीन

चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ । नेपालको सबैभन्दा ठूलो सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएको हो । सोमबार बेइजिङमा भएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’ बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय…
Read More
सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित

सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित

सरकार र उखु किसानबीच सोमबार सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सरकारले सम्बन्धित उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउनेछ । तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि सहमति पत्रमा उल्लेख छ । त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ । सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि…
Read More