12
Jul
भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’ केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए । आइतबार साँझ नै शान्तिनगरमा केपी ओलीको पक्षमा शक्ति–प्रदर्शन गरेका युवा संघ नेपालका नेता–कार्यकर्ता सोमबारको फैसलापछि सडक तताउन तम्तयार थिए । बिहानैदेखि राजधानीका मुख्य चोकमा जम्मा भएर फैसला कुरिरहेका उनीहरू एक बजेदेखि साँझसम्म सडकमै थिए । युवा संघका एक नेताले अनलाइनखबरलाई बताएअनुसार आइतबारदेखि नै सडक तताउने योजना बनिसकेको थियो । विशेष गरेर युवा संघ…
