06
May
जलपाईगुडी जिल्ला प्रशासन र पुलिसका वरिष्ठ अधिकारीहरूले पश्चिम बङ्गाल विधानसभा चुनावको परिणामपछि जिल्लामा शान्ति र कानून व्यवस्था कायम गर्न आज संयुक्त पत्रकार सम्मेलन गरेका छन्। अधिकारीहरूले कुनै पनि प्रकारको हिंसा वा अवैध गतिविधिलाई बर्दाश्त नगर्ने स्पष्ट सन्देश दिए। जिल्ला मजिस्ट्रेटको कार्यालयमा भएको बैठकमा जलपाईगुडी जिल्ला मजिस्ट्रेट (डिएम) सन्दीप घोष, प्रहरी अधीक्षक (एसपी) अमरनाथ के, केन्द्रीय बल अधिकारी सन्तोष कुमार र सीआरपीएफ कमान्डर उपस्थित थिए। प्रशासनले जिल्लाका नागरिक र सबै राजनीतिक दलका कार्यकर्तालाई शान्ति कायम गर्न संयुक्त रुपमा अपिल गरेको छ। निर्वाचनपछि भएका विभिन्न घटनाका सम्बन्धमा जिल्लामा अहिलेसम्म कुल 26 वटा उजुरी दर्ता भएको प्रहरी अधीक्षक अमरनाथ के ले जानकारी दिए। …
