18
Nov
जलपाईगुडी : राज्य सरकारले जलपाईगुडी र वरपरका क्षेत्रहरूमा सुफल बंगला स्टलहरूमा बजार दर भन्दा थोरै सस्तो दरमा तरकारीहरू उपलब्ध गराउँदैछ। जलपाईगुडीमा सुफल बंगला कार्ट विभिन्नबजारमा घुमफिर गरेर तरकारी बेच्ने। सोमबार बिहान ७ बजे सहरको शिरीषतला इलाकामा सुफल बंगलाको गाडी देखियो, जहाँ प्याज प्रतिकिलो ५८ रुपैयाँ र आलु प्रतिकिलो २५ रुपैयाँमा बिक्री भईरहेको देख्दा खरिदकर्ताको भीड लागेको थियो। जलपाईगुडीका विभिन्न बजारमा प्याज प्रति किलो ८० रुपैयाँ र आलु ४० रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न प्रशासनसँग हस्तक्षेप गर्न खरिदकर्ताले माग गरेका छन् ।