India

मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

भारतीय भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी छन् । चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी हुन् । यो खेलमा उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय खेलाडी पनि हुन् । Could not have asked for a happier start to @Tokyo2020! India is elated by @mirabai_chanu’s stupendous performance. Congratulations to her for winning the Silver medal in weightlifting. Her success motivates every Indian. #Cheer4India #Tokyo2020 pic.twitter.com/B6uJtDlaJo— Narendra Modi (@narendramodi) July 24, 2021 उनले ४९ किलोग्राम तौल समूहमा पदक जितेकी हुन् । यसमा वर्गमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितिन् । चानूले २१० किलोग्राम तौल…
Read More
भारतको महाराष्ट्रमा आएको बाढीमा १३६ जनाको मृत्यु, ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

भारतको महाराष्ट्रमा आएको बाढीमा १३६ जनाको मृत्यु, ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

भारतको महाराष्ट्र राज्यमा बिहीबारदेखि शनिबारसम्म पनि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण विभिन्न घटनाहरु परी १३६ जनाको मृत्यु भइसकेको छ। वर्षाका कारण ठाणे, रायगढ, रत्नागिरी, सतारा, सांगली र कोल्हापुर गरी विभिन्न जिल्लाहरुका ८ हजार प्रभावितको उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार २०० भन्दा बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद भएको छ ।  गोवादेखि महाराष्ट्र इलाकामा अगामी दुई दिनसम्म ‘रेड अलर्ट’ जारी गरिएको छ । ६ जिल्लामा एनडिआरएफको १८ वटा टिम तैनाथ गरिएको छ । ८ टिम सतर्क अवस्थामा छन् । २ टिम रायगढमा आएको पहिरोबाट भएको क्षतिमा उद्धारमा जुटिरहेका छन् । यसका साथै, रायगढमा नेवी…
Read More
शिल्पा शेट्टीले राज कुन्द्राको कम्पनीबाट राजीनामा दिइन्

शिल्पा शेट्टीले राज कुन्द्राको कम्पनीबाट राजीनामा दिइन्

 पोर्नोग्राफिक सामग्री उत्पादन र वितरण गरेको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले कुन्द्राको कम्पनीबाट राजीनामा दिएकी छिन् । राज कुन्द्राको कम्पनी वियान इन्डष्ट्रिजको निर्देशक पदबाट शिल्पा शेट्टीले राजीनामा दिएको भारतीय मिडियाले जनाएका छन् । शिल्पा राजका अधिकांश व्यवसायमा सझेदार थिइन् । शिल्पा पनि मुम्बइ पुलिसको राडारमा छिन् । सूत्रका अनुसार क्राइम ब्रान्चको टिमले यो पूरा मामिलामा शिल्पाको संलग्नता कति छ भनेर जाँच गरिरहेको छ । क्राइम ब्रान्चको टिमले यसरी आएको पैसाबाट शिल्पाले कुनै लाभ लिइन् वा लिइनन् भन्ने पनि जाँच गरिरहेको छ । क्राइम ब्रान्च शिल्पाका बैंक खाताको पनि जाँच गरिरहेको छ । यसबाहेक शिल्पाले वियान इण्डष्ट्रिजको…
Read More
दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा,  मोरङका ३८ वटा सीमा स्तम्भ गायब

दशगजामा भारतीयका चार सयभन्दा बढी टहरा, मोरङका ३८ वटा सीमा स्तम्भ गायब

भारतीय नागरिकले दशगजामा फालेका फोहोरको दुर्गन्ध र प्रदूषणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाएका छन् ।  मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संरचना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरटहरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौचालय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचालय बनाएका छन् । शगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा…
Read More
दैनिक भास्कर र भारत समाचारको कार्यालयमा आयकर विभागको छापा

दैनिक भास्कर र भारत समाचारको कार्यालयमा आयकर विभागको छापा

कोरोनाभाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ। अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन्। ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ। आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन्। तर भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन्। ''निकायहरूले आफ्नो काम गर्छन्। तिनीहरूको सञ्चालनमा हामी हस्तक्षेप गर्दैनौँ,'' उनले भने।…
Read More
पेगासस जासूसी : अम्बानी र सीबीआई पूर्वप्रमुख पनि निगरानीमा

पेगासस जासूसी : अम्बानी र सीबीआई पूर्वप्रमुख पनि निगरानीमा

इजरायली कम्पनी एनएसओले निर्माण गरेको जासूसी सफ्टवेयर पेगाससको निगरानीमा रहेका विश्वका प्रभावशाली व्यक्तिहरुको नाम खुलासा हुँदै गएको छ। उक्त सूचीमा भारतका उद्योगपति अनिल अम्बानी र केन्द्रीय जाँच ब्यूरो (सीबीआई)का पूर्वप्रमुख आलोक वर्माको पनि नाम रहेको द वायरले जनाएको छ। वर्मालाई केन्द्र सरकारले सन् २०१८ मा सीबीआई प्रमुखबाट बर्खास्त गरेको थियो। अम्बानीसँगै उनको कम्पनी एडीएका अधिकारीहरु र दसल्ट एभिएसन (राफेल विमान बनाउने कम्पनी)का प्रतिनिधि वेङ्कट राव पोसिनालगायत अन्य अधिकारीहरुको समेत निरन्तर निगरानी गरिएको पाइएको छ। पेगासस प्रोजेक्ट विश्वभरका १७ प्रभावशाली सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको समूह हो, जसले एनएसओ ग्रुपको जासूसी सफ्टवेयरबाट भएको निगरानीको जाँच गरिरहेको छ। उक्त सफ्टवेयरको प्रयोग गरेर विश्वभरका ५०…
Read More
लामो समयपछि शाहरुखको चलचित्र आउँदै, फरक गेटअपमा देखिने

लामो समयपछि शाहरुखको चलचित्र आउँदै, फरक गेटअपमा देखिने

बलिउड सुपरस्टार शाहरुख खान लामो समयदेखि ठूलो पर्दाबाट टाढा रहे।  शाहरुख पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’मा देखिएका थिए। त्यसपछि उनी कुनै पनि फिल्ममा देखा परेका छैनन्। अब भने शाहरुखका फ्यानहरुको लागि खुशीको खबर छ। उनी छिट्टै चलचित्र ‘पठान’मा देखापर्ने भएका छन्।  एकातिर शाहरुख खानले फिल्म पठानको लागि सुटिङ सुरु गरिसकेका छन् भने अर्कोतर्फ शाहरुखको नयाँ फिल्मको बारेमा थप अपडेट छ। नाम नखुलाइएको चलचित्रलाई अरुण कुमार अर्थात अटलीले निर्देशन गर्दैछन्।  फिल्मको मुख्य अभिनेत्री को हुनेछिन् त? बलिउड सञ्चारमाध्यमका अनुसार नयनतारा यस फिल्ममा शाहरुख खानको साथ देखा पर्दैछिन्। उनी साउथ फिल्म इण्ड्रस्ट्रीकी चर्चित अभिनेत्री हुन्। समाचारका अनुसार नयनताराले यो फिल्ममा…
Read More
भारतको संसदमा हंगामा : सांसदले मन्त्रीको कागज खोसेर च्यातिदिए

भारतको संसदमा हंगामा : सांसदले मन्त्रीको कागज खोसेर च्यातिदिए

भारत सरकारले इजरायलको एनएसओ कम्पनीले बनाएको पेगासस स्पाईवेयरमार्फत जासूसी गरेको कुरा सार्वजनिक भएपछि भारतीय संसदमा हंगामा भइरहेको छ ।  यस विषयमा स्पष्टीकरण दिन खोजेका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बिहीवार संसदमा बोल्दै गर्दा विपक्षी दलका नेताहरूले होहल्ला गरेर कुरा टुंग्याउन दिएनन् ।  होहल्लाकै क्रममा तृणमूल कांग्रेसका सांसदहरूले मन्त्री वैष्णवको हातमा कागजात खोसेर सदनमै धुजाधुजा पारेका छन् । जासूसी बन्द गर भन्दै विपक्षी सांसदहरूले नारा लगाएका थिए । सदनको कारवाही अघि बढाउन नसकेपछि सभामुखले तेस्रोपटक बैठक स्थगन गरेका छन् । अर्को बैठक अपराह्न ४ बजे बस्दैछ ।
Read More
कोभिड भएका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४३ सय जनाको मृत्यु

कोभिड भएका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४३ सय जनाको मृत्यु

कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने 'कालो ढुसी' बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्। यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ। सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्। चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ। चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ। सबैभन्दा बढी प्रभाव महाराष्ट्र…
Read More
श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

"...रेम्बो, रेम्बो... एलएमजी टु... !" तीन दशक बितिसक्यो तर आँखा लोलाएका बेला अहिले पनि देवभक्त राई (५६) का कानमा यी शब्दहरू गुञ्जिरहन्छन्। चाहेर पनि उनी आफ्ना कानमा अन्तिम पटक ती शब्द गुञ्जिएको २३ मे १९८९ को दिनलाई बिर्सन सक्दैनन्। "आफैँमा घटेको घटना त जीवनभरि याद रहने रहेछ," उनी भन्छन्। घटना लडाइँको मैदानको हो। तर उनी आफ्नै देशमा वा आफ्नै देशका खातिर लड्दै थिएनन्। न त उनी जुन देशको सेनामा भर्ती भएका थिए, त्यसको सीमा रक्षाका लागि नै लडाइँमा होमिएका थिए। ३२ वर्षअघिको घटना सम्झिँदा अहिले पनि उनलाई "त्यो अनाहकको लडाइँ" थियो जस्तो लाग्छ। "त्यहाँ गएर न हामीले कुनै उपलब्धि पायौँ…
Read More