07
Sep
मध्य प्रदेशको एक गाउँमा वर्षा नभएपछि छ बालिकालाई निर्वस्त्र गाउँ घुमाइएको छ।बुन्देलखण्ड क्षेत्रको खडेरी परेको एउटा गाउँमा ती बालिकालाई भ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडिओबारे सामाजिक सञ्जालमा चर्चा भएको छ। स्थानीय बासिन्दाहरू सो कार्यले वर्षाको "भगवान् खुसी हुने र पानी पर्ने" विश्वास गर्छन्। भारतको बाल अधिकार रक्षासम्बन्धी राष्ट्रिय परिषद्ले सो घटनाको बारेमा दामोह जिल्लाका अधिकारीहरूसँग सोधपुछ गरेको छ। मध्य प्रदेश प्रहरीले सो घटनाका बारेमा औपचारिक उजुरी नआएको तर अनुसन्धान सुरु गरेको बताएको छ। "बालिकाहरूलाई निर्वस्त्र हिँड्न बाध्य पारिएको भए कारबाही गरिनेछ," प्रहरी उपरीक्षक डीआर तेनिवारले समाचार संस्था पीटीआईलाई बताए। भिडिओमा ती बालिकाहरू सँगै हिँडेको र उनीहरूको पछिपछि महिलाहरूको एक…
