India

अमेजन पे को नयाँ अभियान #अबहरदिनहुवाआसान अमेजन पे  ले

अमेजन पे को नयाँ अभियान #अबहरदिनहुवाआसान अमेजन पे ले

अमेजन पे ले #अबहरदिनहुवाआसान - एक डिजिटल-नेतृत्व अभियान सुरु गर्ने घोषणा गरेको छ जसले प्लेटफर्ममा डिजिटल भुक्तानीहरूको सुविधा र सुरक्षा र भारतभरिका लाखौं ग्राहकहरूमा यसको सकारात्मक प्रभावलाई हाइलाइट गर्दछ। अभियान एक डिजिटल फिल्मको साथ प्रकट हुन्छ जसले पैसाको विकास र विभिन्न व्यापार गतिविधिहरू, नगददेखि डिजिटलसम्म को यात्रालाई झलकाउछ। यसले थप देखाउँछ कि कसरी अमेजन पे कसैलाई, जहाँ कहि बाट पनि, सहज र तुरुन्तै भुक्तान गर्न प्रयोग गर्न सकिन्छ। अभियान चलचित्रले अमेजन पे मार्फत भुक्तानीको सुविधा देखाउनको लागि बजार वा अनलाइनमा किनमेल, रिचार्ज र उपयोगिता बिलहरू, र थप धेरै प्रयोगका केसहरू क्याप्चर गर्दछ। अभियानको बारेमा बोल्दै, महेन्द्र नेरुरकर, सीईओ र भीपी,…
Read More
दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय

दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय

राजधानी दिल्ली लगायत वरपरका सहरमा वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतकोे सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका उपायहरु पेश गर्न केन्द्र र राज्य सरकारहरुलाई निर्देशन दिएको छ । प्रधानन्यायाधीश एनभी रामणाले वायू प्रदूषण नियन्त्रणका दीर्घकालिन उपायलाई प्राथमिकता राख्दै आपतकालिन योजना पेश गर्न भनेका हुन् । उनले भने, ‘तपाईले देख्नुभएकै छ परिस्थिती कति खराब छ भनेर । घरमा समेत हामीले मास्क लगाएर बस्नुपरेको छ ।’ अदालतले सोमबार प्रदूषण नियन्त्रणका योजना पेश गर्न निर्देशन दिएको हो । उनले भने, ‘कस्ता आपतकालिन योजना ल्याउँछौं हामीलाई भन । दुई दिने लकडाउन ? एक्यूआइ तह घटाउने योजना कस्तो छ ?’ भारतको केन्द्र र राज्य सरकारबीच वायु प्रदूषणलाई…
Read More
परमवीर सिंह: अकस्मात् बेपत्ता भएका मुम्बई प्रहरीका पूर्वप्रमुख कहाँ छन् प्रहरीलाई पनि थाहा छैन

परमवीर सिंह: अकस्मात् बेपत्ता भएका मुम्बई प्रहरीका पूर्वप्रमुख कहाँ छन् प्रहरीलाई पनि थाहा छैन

गत अक्टोबर १ मा भारतीय अधिकारीहरूले मुम्बई प्रहरीका पूर्वप्रमुख हराइरहेको उदेकलाग्दो घोषणा गरे। दुई वर्षअघि उनलाई भारतको आर्थिक राजधानीका रूपमा चर्चित मुम्बईमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो। उनले ४५ हजार प्रहरीको नेतृत्व गरेका थिए। तर ५९ वर्षीय सिंह अहिले न आफ्नो कार्यालय गएका छन् न त मुम्बईस्थित अपार्टमेन्ट नै। चण्डीगढस्थित उनको पुर्ख्यौली घरमा पनि उनको अत्तोपत्तो छैन। मुम्बई प्रहरीले आफ्नो पूर्वप्रमुखको खोजी सुरु गरेको छ। तर मुम्बईमा उनीसँगै बस्ने श्रीमती र छोरी तथा विदेशमा बस्ने छोरा अनि उनका वकिलहरू सिंह कहाँ छन् भन्ने विषयबारे मौन छन्। यो घटनाको जालो गत फेब्रुअरी महिनामा एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरनजिकै विस्फोटक…
Read More
डिसेम्बरमा कटरिना र विक्कीको विवाह, पाहुनाको सूची पनि तयार

डिसेम्बरमा कटरिना र विक्कीको विवाह, पाहुनाको सूची पनि तयार

बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ । हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको व्यवस्थालाई जाँच गर्न त्यहाँ पुगेका थिए । होटललाई ७ देखि १२ डिसेम्बरसम्मलाई बुक गरिएको बताइएको छ । यद्यपि, कटरिना र विक्की दुवैले आधिकारिकरुपमा विवाहको खबरलाई स्वीकार भने गरेका छैनन् । विवाहका लागि उनीहरूले कसैलाई निमन्त्रणा पनि पठाइसकेका छैनन् । यद्यपि, मिडिया रिपोर्टका अनुसार विवाहमा आउने पाहुनाहरूको सूची भने तयार भइसकेको छ । निजी जीवनमा ‘रिजर्भ’ रहने कटरिना विवाहको खबर बाहिरिएपछि…
Read More
अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

बलिउड अभिनेत्री कंगना रनौतको पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको छ । यी अभिनेत्रीले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पुरस्कार खोस्न माग गरेको हो । अभिनेत्री कंगनाले भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी छन् । उनको त्यो भनाइ यतिबेला निकै विवादमा परेको छ । आम आद्मी पार्टीको राष्टिय कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले मुम्बईको अदालतमा अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दासमेत हालेकी छन् । सो पार्टीले कंगनाको अभिव्यक्तको विरोध गर्दै गर्दा प्रीतिले अदालतमै मुद्दा दायर गरेकी हुन् । कार्यकारिणी सदस्य मेननले कैयौं…
Read More
भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् । उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी रहेको उल्लेख गरेकी छन् । प्रीतिले भारतीय दण्ड संहिता(आईपीसी)को धाराहरु ५०४, ५०५ र १२४ए अनुसार कारवाही हुनुपर्ने माग राखेकी छन् । यसअघि भारतीय जनता पाटीका सांसद वरुण गान्धीले कंगनाको भनाईको निन्दा गरेका थिए । ‘यो एक किसिमको देशद्रोह र यस्तो वयान दिने व्यक्तिलाई कडा कारवाही हुनुपर्छ । यस्तो नगर्नु…
Read More
लोकप्रियता घटेपछि बन्द हुने तयारीमा ‘बिग बोस–१५’

लोकप्रियता घटेपछि बन्द हुने तयारीमा ‘बिग बोस–१५’

भारतीय टेलिभिजनको सबैभन्दा विवादित रियालिटी शो ‘बिग बोस-१५’ को लोकप्रियतामा तिव्र गतिले कमी आएको छ । यद्यपि, यस्तो पहिलो पटक भने भएको होइन । यो भन्दा पहिलाका विभिन्न शोका विभिन्न सीजन त्यस्ता रहे, जसमा दर्शकले त्यति मनोरन्जन लिन सकेका थिएनन् । त्यसैले निमार्ताले विभिन्न किसिमका प्रयोग गरेर टीआरपीलाई बूस्ट गर्ने कोशिश गरेका थिए । यद्यपि, यस पटक शोले भने जस्तो मनोरन्जन दिन सकेन । निमार्ताले राम्रो टीआरपीका लागि यसको थीम परिवर्तन गरेका थिए । कार्यक्रमलाई राम्रो बनाउन करोडौं रुपैयाँ पानी जस्तै बगाएका थिए । शोमा इन्टिमेट सीनहरु र भव्य एक्शनलाई प्रयोग गरिएता पनि शोले चाहे जस्तो लोकप्रियता पाउन सकेन ।…
Read More
विराट कोहलीः भारतीय क्रिकेट कप्तानकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

विराट कोहलीः भारतीय क्रिकेट कप्तानकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले बुधवार दक्षिण भारतको हैदराबाद सहरमा पक्राउ गरेको हो। टी२० विश्वकपमा पाकिस्तान र न्यूजील्यान्डसँग हारेको भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ। लाजमर्दो पराजय भोगेको भन्दै अनलाइन माध्यममा भारतीय खेलाडी र सम्पूर्ण टोलीको चर्को आलोचना गरिएको छ। केही मानिसले त खेलाडीहरूको अपमान हुनेगरी टिप्पणी पनि गरेका छन्। पाकिस्तानसँग पहिलो खेलमै पराजय भोगेपछि भारतीय टोलीको मानमर्दन हुन थालेको हो। यो प्रतियोगितामा भारतले पहिलो खेलमै पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। भारत विश्वकपमा पहिलो पटक पाकिस्तानसँग हार्न पुग्यो। प्रतियोगिता सुरु…
Read More
प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज दिल्लीस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । शर्माले आजै बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो । शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । नेपाली प्रधानसेनापतिले हिजो भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका थिए ।
Read More
बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ । राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्ह्वा हाल क्यानडामा बस्छन् । ७० वर्षीय सिन्ह्वाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा…
Read More