India

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ। भारतमा सोमबारदेखि १५ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको खोप दिइने भएको छ । यसका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।
Read More
वाकॉम कोलकाता मा पहिलो अनुभव केन्द्र खोल्छ

वाकॉम कोलकाता मा पहिलो अनुभव केन्द्र खोल्छ

वाकॉम ले कोलकाताको सिटी अफ ह्यापिनेसमा आफ्नो पहिलो अनुभव केन्द्र खोल्ने घोषणा गरेको छ। नयाँ एक्सपिरियन्स सेन्टर वाकोम सबै कुराको लागि एक-स्टप-शप र समाधान केन्द्र हुनेछ र हालै लन्च गरिएको वाकोम वन, वाकोम, इन्टुओस, र इन्टुओस प्रो सहित प्रदर्शनमा वाकोम उत्पादनहरूको पूर्ण दायरा हुनेछ।
Read More
बलिउडमा कोरोनाः जोन अब्राहमदेखि अर्जुन कपुरसम्म संक्रमित

बलिउडमा कोरोनाः जोन अब्राहमदेखि अर्जुन कपुरसम्म संक्रमित

भारतमा पुनः कोरोना महामारी बढिरहँदा यसको असर बलिउडमा पनि देखिएको छ। सिनेक्षेत्रमा धमाधम फिल्महरु प्रदर्शनबाट पछि हटिरहेका छन् भन् भने बलिउडका कैयौं कलाकारलाई कोरोना संक्रमण भएको छ। बढ्दो संक्रमण र नयाँ भेरियन्टको त्रासबीच बलिउडमा थुप्रै कलाकारहरुमा कोरोना महामारी पुष्टि भएको छ। हाल बलिउडमा महामारी पुष्टि भएका अभिनेतामा जोन अब्रहामदेखि अर्जुन कपुरसम्म रहेका छन्। जोनले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूसँगै श्रीमती प्रिया रुन्चाललाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। हाल उनी परिवारसँगै आफ्नो घरमा क्यारेन्टिननमा बसिरहेका छन्। अभिनेत्री मृणाल ठाकुरले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। उनले आफू संक्रमित भएको बताउँदै चिकित्सकको सुझाव र सल्लाहसँगै निगरानीमा रहेर…
Read More
पन्जाबका मुख्यमन्त्रीको जिकिर : प्रधानमन्त्री मोदीको ज्यान खतरामा थिएन, अफवाह फैलाइयो

पन्जाबका मुख्यमन्त्रीको जिकिर : प्रधानमन्त्री मोदीको ज्यान खतरामा थिएन, अफवाह फैलाइयो

पन्जाबका मुख्यमन्त्री चरणजित चन्नीले हिजो (जनवरी ५) मा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा कुनै कमी नभएको  दोहोर्याएका छन्। बिहीबार एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा उनले भाजपा र केन्द्र सरकारलाई अफवाह नफैलाउन आग्रह पनि गरेका छन्।  उनले भनेका छन्, ‘पन्जाबमा प्रधानमन्त्रीको ज्यानलाई कुनै खतरा थिएन। मैले प्रधानमन्त्रीसँग कुरा गर्न आग्रह गरेको छु। उहाँ मेरो सम्माननीय हुनुहुन्छ र म उहाँको दीर्घायुको कामना गर्दछु। यसमा पन्जाब पुलिसको कुनै गल्ती थिएन। एउटा सानो कुरालाई ठूलो बनाइएको छ।’  फिरोजपुरको र्‍यालीमा ७० हजार कुर्सी राखिएको तर ७ सय मात्रै आएको चान्नीले बताए।  ‘यसमा मेरो के गल्ती? चन्नीले प्रधानमन्त्रीको हुसैनीवाला जाने कार्यक्रम नभएको बताए। अन्तिम समयमा उनको तालिका परिवर्तन…
Read More
२५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

२५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

के तपाईंलाई संजयलीला भन्साली निर्देशित फिल्म ‘खामोशी : द म्युजिकल’मा मनिषा कोइरालाको दमदार अभिनयबारे याद छ ? यदि त्यसो हो भने तपाईंको लागि खुशिको खबर छ । निर्देशक भन्साली र अभिनेत्री कोइरालाले नयाँ प्रोजेक्टको लागि पुनः सहकार्य गर्दैछन् । बलिउड वेब पोर्टल बलिउड हंगामाका अनुसार २५ वर्ष यी दुईबीच टीमअप हुन लागेको हो । मनिषाले भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’लाई औपचारिकरुपमा लिखित सहमती गरेकी छिन् । यो फिल्मलाई कस्ट्युम ड्रामा बताइएको छ । यो फिल्ममा यसअघि हुमा कुरेसी र सोनाक्षी सिन्हा पनि अनुबन्धित भैसकेका छन् । भन्सालीले हालै आफू निर्देशित पछिल्लो फिल्म ‘गंगुबाइ कठियावाडी’को काम सकेका छन् भने अहिले सबै समय…
Read More
सुरक्षा त्रुटिका कारण भारतीय प्रधानमन्त्री पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिए

सुरक्षा त्रुटिका कारण भारतीय प्रधानमन्त्री पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिएपछि उनको सुरक्षा व्यवस्थामा त्रुटि भएको बताइएको छ।उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेका मोदी किसानहरूको प्रदर्शनका कारण बीच बाटोमै रोकिनुपरेको थियो। किसानहरूको मृत्युमा एकजना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए। "यो प्रधानमन्त्रीको सुरक्षामा प्रमुख कमजोरी हो," भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मोदीले राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो। तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनकारीहरूले कनिष्ठ गृहमन्त्री अजय मिश्रको राजीनामा माग गरिरहेका थिए। उनका छोरा…
Read More
भारतमा ओमिक्रोन संक्रमण बढेपछि धमाधम स्वदेश फर्किदै नेपाली

भारतमा ओमिक्रोन संक्रमण बढेपछि धमाधम स्वदेश फर्किदै नेपाली

कोभिड–१९ को जोखिम बढेसंगै भारतबाट नेपाल फर्कने नेपालीहरुमा यसको संक्रमण तिब्र पाइएको छ । कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्कदै गरेका ४८ जनामा बिहीवार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।  त्रिनगर नाकामा खटिएका हेल्थडेस्क इन्चार्ज गणेश साउदले ४३४ जनामा कोभिड-१९ परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिका १५ स्थित आइसोलेसन सेन्टरमा पठाइएको बताए ।  पछिल्लो समय भारतमा कोभिड-१९ को संक्रमण तिब्र रुपमा फेलिएपछी रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन । हिजो ९बुधबार० मात्रै सोही नाकामा ३४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको साउदले बताए । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२१ जनामा…
Read More
दिल्लीमा साप्ताहिक कर्फ्यू लागु हुने

दिल्लीमा साप्ताहिक कर्फ्यू लागु हुने

दिल्लीमा लगातार बढ्दो कोरोना केसलाई ध्यानमा राख्दै सप्ताहिक कर्फ्यू लागू गरिएको छ। स्रोतका अनुसार दिल्ली आपदा व्यवस्थापन प्राधिकरणको बैठकमा यो निर्णय गरिएको हो । दिल्लीमा पहिले नै राति कर्फ्यू लागू भइसकेको छ। स्मरणरहोस्, दिल्लीमा पछिल्लो समय कोरोना संक्रमण ५ प्रतिशतभन्दा माथि पुगेको छ । दुई दिनसम्म संक्रमण दर पाँच प्रतिशतभन्दा माथि पुगेमा रेड अलर्ट लागू हुन्छ। मंगलबार दिल्लीको उपराज्यपालको अध्यक्षतामा दिल्ली आपदा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो । यस भर्चुअल बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी हुने भएका थिए तर बैठकअघि नै उनी कोरोना पोजेटिभ आएका थिए । त्यसपछि उनले घरमै आइसोलेसन गरे । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार जनवरी १५…
Read More
देशमा ३७,३७९ कोरोना संक्रमित

देशमा ३७,३७९ कोरोना संक्रमित

देशमा गएको २४ घण्टामा कोरोनाभाइरसबाट अझ ३७ हजार ३७९ संक्रमित भएका केन्द्रिय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। यसैसँगै देशमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्। गत २४ घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेको पनि जनाएको छ। तीमध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा अझ १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै देशमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । देशमा अहिले संक्रमित अवस्थामै रहेकाको…
Read More
टाटा स्टारबक्सले गुवाहाटी, असममा नयाँ स्टोर खोलेको छ

टाटा स्टारबक्सले गुवाहाटी, असममा नयाँ स्टोर खोलेको छ

टाटा स्टारबक्स प्राइभेट लिमिटेडले असममा पहिलो स्टोर खोल्दै गुवाहाटीमा आफ्नो प्रवेशको घोषणा गरेको छ। अमलगमेटेड प्लांटेशन प्राइवेट लिमिटेड, Opp मा अवस्थित छ। आयकर भवन, जी.एस.रोड, क्रिस्टन बस्ती, गुवाहाटी, ग्राहकहरूले स्टोरको न्यानो र स्वागत वातावरणमा स्टारबक्स हस्ताक्षरित खाना र पेय विकल्पहरूको दायराको मजा लिन सक्छन्।
Read More