India

पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो । हिजो राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् ।
Read More
‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

'पुष्पा' हिट भएसँगै अल्लु अर्जुन अभिनित तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने भएको छ। १७ डिसेम्बरबाट रिलिज भएको 'पुष्पा' हिन्दी भाषामा समेत रिलिज भएको थियो। हिन्दी भर्सनलाई दर्शकले पनि निकै रुचाएका छन्। 'पुष्पा' को हिन्दी भर्सनले चार हप्तामा ८० करोडको व्यापार गरिसकेको छ। 'पुष्पा' को हिन्दी भर्सनको सफलतापछि अल्लु अर्जुन अभिनित ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी भर्सन आउन लागेको हो। फिल्म समीक्षक तरण आदर्शले ट्विटरमार्फत यो फिल्म हिन्दी भाषामा रिलिज हुने जानकारी दिएका हुन्। यो फिल्म आगामी २६ जनवरी २०२२ सिनेमाघरमा रिलिज हुनेछ। सन् २०२० मा रिलिज भएको तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ ले राम्रो व्यापार गरेको थियो। त्रिविक्रम श्रिनिवास निर्देशित यस फिल्ममा…
Read More
हाम्रो धैर्य हाम्रो आत्मविश्वासको प्रतीक : सेना प्रमुख जनरल नरवणे

हाम्रो धैर्य हाम्रो आत्मविश्वासको प्रतीक : सेना प्रमुख जनरल नरवणे

सेना प्रमुख जनरल एमएम नरवणेले शनिबार भने एलओसीमा स्थिति सुधारिएको छ । सो क्रममा उनले चीनसँग हालै सम्पन्न १४औँ चरणको वार्ताको जानकारी पनि दिए। भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाउ जारी छ। सेना दिवसको अवसरमा जनरल नरवणेले दिल्ली क्यान्टको परेड ग्राउन्डमा परेडको निरीक्षण गरे प्रधानसेनापतिले एकाइ प्रशंसापत्र र पुरस्कार प्रदान गरेका थिए । शनिबार जनरल नरवणेले भने, 'चीनसँगको तनाउका कारण पछिल्लो वर्ष सेनाका लागि चुनौतीपूर्ण थियो र हालै स्थिति नियन्त्रणमा राख्न १४ औं बैठक बसेको छ धेरै ठाउँमा विखण्डन भएको छ ।' उनले थप भने, 'गत वर्षको तुलनामा एलओसीमा अवस्था राम्रो छ, तर पनि पाकिस्तानले सीमा नजिक…
Read More
नेताजीको जन्म जयन्तीबाट शुरू हुनेछ गणतन्त्र दिवस समारोह

नेताजीको जन्म जयन्तीबाट शुरू हुनेछ गणतन्त्र दिवस समारोह

गणतन्त्र दिवस देशमा हरेक वर्ष जनवरी २६ बाट मनाउन थालिए पनि अबदेखि यो सधैँ २३ जनवरीबाट शुरु हुनेछ यस समारोहमा महान स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती पनि सामेल हुनेछ नेताजी सुभाष चन्द्र बोसको जन्म २३ जनवरी १८९७ मा भएको थियो । अर्थात् अबदेखि हरेक वर्ष सुभाष चन्द्र बोसको जन्मजयन्तीसँगै गणतन्त्र दिवस मनाइनेछ । सरकारी स्रोतले यो खबरको पुष्टि गरेको छ । उल्लेखनीय छ, १९५० देखि हरेक वर्ष देशको राजधानी दिल्लीमा गणतन्त्र दिवस मनाइन्छ यस दिन राष्ट्रपतिले राष्ट्रिय झण्डा फहराउने र सो अवसरमा भारतीय सेनाले आफ्नो पराक्रम प्रदर्शन गर्दछ । यसका साथै देशका विभिन्न प्रदेशबाट कला र संस्कृतिलाई समर्पित…
Read More
रेल विभागको हेलचेक्र्याइ छैन : अश्विनी वैष्णव

रेल विभागको हेलचेक्र्याइ छैन : अश्विनी वैष्णव

बिहीवार मैनागढ़ीमा भएको भयावह रेल दुर्घटनाको पछिल्तिर आतङ्कवादी गुटको संलग्नता हुनसक्ने सम्भावनालाई केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले अस्वीकार गरेनन् । शुक्रवार रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनास्थलको परिदर्शन गरेका छन्। घटनास्थलको परिदर्शनपछि विभिन्न अस्पतालहरूमा उपचाराधीन घाइतेहरूसित भेटघाट गरेपछि तिनले पत्रकारहरूलाई सम्बोधन गरे । एउटा प्रश्नको उत्तरमा वैष्णवले भने, समग्र घटनाको जाँच चलिरहेको छ । त्यसकारण अहिले नै निश्चित रूपमा के कारणले यो मर्मान्तिक घटना भयो भनेर तोक्न सकिँदैन । यस घटनाको पछिल्तिर आतङ्कवादी तत्त्वको संलग्नताको सम्भावना रहेको छ कि छैन भनेर जान्न चाहँदा तिनले भने, कुनै पनि प्रकारको सम्भावनालाई हामीले खारेज गरेका छैनौं । सबै विषयहरूमाथि महत्त्व दिएर जाँच कार्य गरिरहेका छौं। आज…
Read More
भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच रिपोर्ट सार्वजनिक

भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच रिपोर्ट सार्वजनिक

भारतीय सेनाको सर्वोच्च अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच गर्न गठित जाँच कमिटीले आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा भारतीय वायु सेनाले जनरल विपिन रावतको मृत्यु जुन हेलिकप्टर दुर्घटनामा भयो त्यसमा कुनै षड्यन्त्र वा लापरवाही नभएको बताएको छ । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल रावतको ८ डिसेम्बरमा एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । जनरल रावत गोर्खा रेजिमेन्टको प्रतिनिधित्व गर्दै सेनाको सर्वोच्च पदमा पुगेका थिए । भारतीय सेनामा गोर्खा रेजिमेन्ट नेपाली युवाहरुको प्रतिनिधित्वको लागि परिचित छ । जनरल रावत भारतको उत्तराखण्डको गढवालका थिए जुन क्षेत्र एक समय नेपालको थियो । यो दुर्घटनामा…
Read More
भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन । यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ संक्रमित भएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल संक्रमितमध्ये…
Read More
कपिल शर्माको ‘बायोपिक’ बन्दै

कपिल शर्माको ‘बायोपिक’ बन्दै

चर्चित भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ। बलिउड चलचित्र निर्माता महावीर जैनले कपिलको जीवनमा आधारित बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन्। उक्त चलचित्रको नाम ‘फनकार’ राखिएको छ। चलचित्रको निर्देशन मृगदीप सिंह लाम्बाले गर्नेछन्। बलिउड फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले कपिलको बायोपिक बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ सञ्चालन गरिरहेका कपिल पञ्जाबको अमृतसरमा जन्मिएका थिए। उनी गायक बन्ने सपना बोकेर मुम्बइ पुगेका थिए। तर कमेडी रियालिटी शो ‘लाफ्टर च्यालेञ्ज’को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो। त्यसपछि उनले सोनी टिभीमा कमेडी सर्कसमा पनि काम गरेका थ
Read More
अमेजन.इनद्वारा ग्रेट रिपब्लिक डे सेलको घोषणा

अमेजन.इनद्वारा ग्रेट रिपब्लिक डे सेलको घोषणा

अमेजन इन्डियाको 'ग्रेट रिपब्लिक डे सेल'ले जनवरी 17 देखि 20 सम्म सबैका लागि ठूलो बचतको प्रस्ताव गरेको छ। प्राइम सदस्यहरूले जनवरी 16 देखि 24 घण्टा प्रारम्भिक पहुँच पाउनेछन्। ग्राहकहरूले कारीगरहरू र बिक्रेताहरूले प्रस्ताव गरेका लाखौं उत्पादनहरू र बुनकरहरू, महिला उद्यमीहरू, स्टार्ट-अपहरू, ब्रान्डहरू, र स्मार्टफोनहरू, कन्सुमर इलेक्ट्रोनिक्स, फेसन र ब्यूटी एसेन्शियल, होम एन्ड किचन, लार्ज एप्लायन्सेज, टिभी, डेली एसेन्शियल र थप सयौं श्रेणीहरूमा स्थानीय छिमेकी स्टोरहरूबाट किनमेल गर्न सक्छन्। ग्रेट रिपब्लिक डे सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले एसबीआई क्रेडिट कार्डहरू र ईएमआई लेनदेनहरूसँग अतिरिक्त 10% तत्काल छुट प्राप्त गरेर थप बचत गर्न सक्छन्; बजाज फिनसर्भ ईएमआई कार्ड, अमेजन पे आईसीआईसीआई क्रेडिट…
Read More
नार्गजुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

नार्गजुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ । ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् । भारतीय सञ्चार माध्यामका अनुसार उनी तामिल सुपरस्टार अक्किनेनी नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिएकी छिन् । तर, उनले आफ्नो नाम फिल्मबाट हटाउनुको कारण अहिलेसम्म खुलाएकी छैनन् । सुकेश चंन्द्रसशेखरसँगको विवादका कारण उनको फिल्मबाट नाम हटाएको भन्ने अनुमान गर्न सकिन्छ ।
Read More