नार्गजुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज  सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि  उनका लागी खासै सहज नहुने देखिएको छ ।
  ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको  केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु  सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् ।
भारतीय सञ्चार माध्यामका अनुसार उनी  तामिल सुपरस्टार अक्किनेनी नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिएकी छिन्  । तर, उनले आफ्नो नाम फिल्मबाट हटाउनुको कारण अहिलेसम्म खुलाएकी छैनन् ।
  सुकेश चंन्द्रसशेखरसँगको विवादका कारण उनको फिल्मबाट नाम हटाएको भन्ने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *