02
Jul
प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो । व्यवसायीले बाहिरी मुलुकबाट पाम आयलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गर्छन् । गत वर्ष नेपालबाट निर्यात हुनेमा पाम आयल सबैभन्दा धेरै थियो…
