01
Jul
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । यसले एन्ड्रोइड प्रयोगकर्ताका लागि डिजिटल खोप कार्ड स्टोर गर्न अझै सहज बनाउनेछ । यसलाई कम्पनीले कोभिड कार्ड नाम दिएको छ । यो फिचर सुरुमा अमेरिकामा रोल आउट हुने भएको छ । यो फिचरका लागि गूगलले स्वास्थ्य सेवा प्रदायक, स्थानीय सरकार र अरु कोभिड खोप बाडँने संस्थासँग सहकार्य गर्ने भएको छ । यो फिचरमा कोभिड परिक्षणको परिणाम पनि स्टोर गर्न मिल्छ । गूगल सपोर्ट पेजका अनुसार खोपका लागि कार्डले त्यो व्यक्तिले कहिले खोप लगाएको थियो र कुन खोप लगाएको थियो भन्ने जानकारी दिन्छ । यसमा कुनै वेबसाईट, एप, टेक्सट वा…