Covid19

५७ देशमा फैलियो ओमिक्रोन भेरिएण्ट : डब्लूएचओ

५७ देशमा फैलियो ओमिक्रोन भेरिएण्ट : डब्लूएचओ

डब्ल्यूएचओले जिम्बाब्वेलगायत दक्षिण अफ्रिकाका देशहरूमा कोभिड १९ को सङ्क्रमण बढ्दै गएको र अस्पतालमा भर्ना बिरामीको सङ्ख्या बढेको चेताउनी दिएको छ। अर्कोतर्फ बुधबारसम्म कोरोनाको ओमिक्रोन भेरियन्ट ५७ देशमा फैलिसकेको छ। अर्कोतर्फ युरोपको अवस्था बिग्रँदै गएको देखेर त्यहाँको स्वास्थ्य निकायले आगामी दिनमा युरोपेली देशमा भयावह अवस्था सिर्जना हुन सक्ने बताएको छ । युरोपेली सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल ले कोभिड १९ का कारण मृत्यु हुने र अस्पताल भर्ना हुनेको संख्या लगातार बढिरहेको जनाएको छ अर्कोतर्फ युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट पनि तीव्र गतिमा बढिरहेको छ भने भ्याक्सिनको दर पनि पर्याप्त छैन एजेन्सीलाई उद्धृत गर्दै ब्लूमबर्गले युरोपेली देशहरूमा भाइरसको रोकथाममा फेरि…
Read More
कोभ्याक्सिनलाई अस्ट्रेलियाको स्वीकृति

कोभ्याक्सिनलाई अस्ट्रेलियाको स्वीकृति

अष्ट्रेलिया सरकारले भारत बायोटेकको कोभ्याक्सिनलाई यात्राको अनुमति दिएको छ। यो जानकारी भारतका लागि अष्ट्रेलियाका उच्चायुक्त ब्यारी ओ फ्यारलले सोमबार दिएका हुन् । नयाँ अनुमतिपछि भ्याक्सिन पाएका भारतीयले अनुमति पाउनेछन् । यद्यपि कोभ्याक्सिनले विश्व स्वास्थ्य संगठनबाट ग्रिन सिग्नल प्राप्त गरेको छैन । कम्पनीले अप्रेलमा आपतकालीन प्रयोग सूचीकरणको लागि आवेदन दिएको थियो कोभिशिल्डले अष्ट्रेलियामा पहिले नै अनुमति प्राप्त गरिसकेको छ । समाचार एजेन्सी एएनआईका अनुसार, अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागले सोमबार भने, आज थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन (टीजीए) ले भ्याक्सिनलाई 'मान्यता' दिने निर्णय गरेको छ । विभागको यो नयाँ निर्णयपछि कोभ्याक्सिन लिने भारतीय यात्रीले अन्तर्राष्ट्रिय उडान भर्न सक्नेछन् । १२ वर्ष वा सोभन्दा माथिका…
Read More
चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआनले कोरोना महामारी फैलिरहेको वर्तमान विश्वमा बालिका तथा महिलाको गुणस्तरीय शिक्षाका लागि दुईवटा सुझाव प्रस्तुत गरेकी छन् । युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत रहेकी चिनियाँ राष्ट्रपति सी चिन फिङकी श्रीमती फङले शुक्रबार बेजिडबाट सन् २०२१ संयुक्त राष्ट्रसंघ युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दै कोभिड १९ महामारीको यो अफ्ठ्यारो अवधिलाई पार लगाउन अझ धेरै शक्ति, अझ धेरै सावधानीका साथ बालिकाको निष्पक्ष तथा गुणस्तरीय शिक्षाका लागि अग्रसर हुनुपर्ने बताएकी हुन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार प्रथम महिला फङले दुईवटा सुझाव महत्वका साथ प्रस्तुत गरेकी हुन्।पहिलो, डिजिटल टेक्नोलोजीको पूर्ण प्रयोगमार्फत् उच्च गुणस्तरीय…
Read More
कोरोनाकालमा बन्द प्राथमिक पाठशालाहरू जीर्ण अवस्थामा

कोरोनाकालमा बन्द प्राथमिक पाठशालाहरू जीर्ण अवस्थामा

अन्ततिर चीनबाट शुरू भएको विश्वव्यापी महामारी कोरोनाले विश्वकै आर्थिक, शैक्षिक, सामाजिक आदि सबै क्षेत्रलाई नराम्रो गरी प्रभाव पायो । अझ कोरोनाबाट बाँच्नको निम्ति जब लकडाउन गरियो, त्यसले कोरोनाबाट त मानिसहरूलाई केही हदसम्म बचाउन सक्षम बन्यो तर तिनीहरूको आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रलाई भने धेरै क्षति पुऱ्यायो । विश्वका विभिन्न देशहरूसरह भारत देशलाई पनि कोरोनाले त्यस्तै हानि पुऱ्यायो । भारतका विभिन्न राज्यहरूमा पटक-पटक लकडाउन गरियो । सबै शैक्षिक, व्यपारिक, सामाजिक प्रतिष्ठानहरू, सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरू, गाड़ी - मोटर, रेल अनि हवाई सेवा आदि जम्मै अचल गरियो मानव चेनलाई तोड्नको निम्ति गरिएको लकडाउनले कोरोना संक्रमणबाट त मानिसहरूलाई बचाउन सकियो तर…
Read More
भारतमा ८८ करोड ३४ लाख धेरैले लगाए कोरोना खोप, ३ करोड ३७ लाख बढिमा संक्रमण पुष्टि

भारतमा ८८ करोड ३४ लाख धेरैले लगाए कोरोना खोप, ३ करोड ३७ लाख बढिमा संक्रमण पुष्टि

भारतमा खोप अभियान तीब्र गतिमा चलिरहेको छ । पछिल्लो २४ घन्टामा ६५ लाख ३४ हजार ३ सय ६ जनामा कोरानाविरुद्धको खोप लगाइएको छ । योसँगै भारतमा कोरोना खोप लगाउनेको संख्या ८८ करोड ३४ लाख ७० हजार ५ सय ७८ पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घन्टामा थप २३ हजार ५ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख ३९ हजार ९ सय ८० पुगेको छ ।  पछिल्लो २४ घन्टामा त्यहाँ थप २८ हजार ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना जित्नेको संख्या ३…
Read More
बुस्टर डोजलाई लिएर चर्किन थाल्यो चर्चा परिचर्चा

बुस्टर डोजलाई लिएर चर्किन थाल्यो चर्चा परिचर्चा

कोरोना भ्याक्सिनको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्तमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो। यसपछि भने बाइडेनले बुस्टर योजना अझै पनि एफडीए र सीडीसीका वैज्ञानिकहरूबाट स्वीकृत हुन बाँकी रहेको स्वीकार गरिसके का छन्। अहिले वैज्ञानिकहरूले यसबारे मुख खोलेका छन्। १७ सेप्टेम्बरमा फाइजर भ्याक्सिनबारे समीक्षा गर्न बसेको एफडीए सल्लाहकार समितिको बैठकमा यसबारे व्यापक आलोचना भएको छ जसअनुसार ६५ वर्ष र त्यसभन्दा माथिका व्यक्ति एवम् उच्च जोखिममा रहेको जनसंख्यामा मात्रै तेस्रो डोज आवश्यक हुने पक्षमा अधिकांशले मत जाहेर गरेका छन्। अहिलेको समयमा भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको तथ्यांकले…
Read More
कोरोना भ्याक्सिनेशनबारे केन्द्र सरकारमाथि राहुल गान्धीको कटाक्ष

कोरोना भ्याक्सिनेशनबारे केन्द्र सरकारमाथि राहुल गान्धीको कटाक्ष

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भाजपा र केन्द्र सरकारमाथि हमला गर्ने कुनै अवसर छोडेनन् । उनी मोदी सरकारमाथि लगातार हमला गरिरहन्छन् । कांग्रेस सांसद राहुल गान्धीले एकपटक कोरोना भ्याक्सिनको बारेमा मोदी सरकारको आलोचना गरेका छन् राहुल गान्धीले आफ्नो ट्वीटर ह्याण्डलबाट वीट गरेर भ्याक्सिनको सन्दर्भमा सरकारलाई घेरेका छन् राहुल गान्धीले कोरोना भ्याक्सिनको ग्राफ साझा गरे र 'इभेन्ट समाप्त लेखे! वास्तवमा, राहुल गान्धीको यो कटाक्ष प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा गरिएको २.५ करोड भ्याक्सिनलाई लिएर थियो । सेप्टेम्बर १७ मा २.५ मिलियन मानिसहरुलाई देशमा भ्याक्सिन लगाइएको थियो, जुनएकै दिनमा गरिएको सबैभन्दा धेरै भ्याक्सिनको रेकर्ड हो । जे होस्, यो रेकर्ड अर्को दिन यथावत…
Read More
तेस्रो लहरका लागि भारत तयार

तेस्रो लहरका लागि भारत तयार

गत अप्रेल र मई महिनामा दोस्रो लहरको संक्रमण हुँदा देशका अधिकांश अस्पतालहरुमा अक्सिजनको चरम अभावले भयावह स्थिति सिर्जना भएको थियो । अहिले तिनै अस्पतालहरुमा कोभिडका बिरामीको सङ्ख्या उल्लेखनीय रुपमा घटेको छ तर पनि स्वास्थ्यविद्हरु ढुक्क हुने अवस्थामा नरहेको बताउँछन् । केही महिना अगाडि गंगा नदीमा कोभिडले मृत्यु भएकाको शव हप्तौँ निरन्तर जलिरहँदाको पीडादायक अनुभव उनीहरुले भुलेका छैनन् । विशेषगरी अस्पतालहरुले दोस्रो लहरबाट ठूलो पाठ सिकेका छन्। यस्तोमा सेप्टेम्बरदेखि नोभेम्बरका बीच पर्ने विभिन्न ठूला पर्वले तेस्रो लहर फैलाउने सम्भावना अधिक रहेको विज्ञहरुको भनाइ छ । त्यसैले तयारी स्वरुप देशभरिको अस्पतालहरुले विभिन्न सेवा सुविधा बढाइरहेका छन् भने अक्सिजनको आपूर्ति पर्याप्त रहेको पनि…
Read More
कोरोनाकालमा गरिएको सर्वे अनुसार ४८ प्रतिशत विद्यार्थीले – पढ्न लेख्न भुलिसके

कोरोनाकालमा गरिएको सर्वे अनुसार ४८ प्रतिशत विद्यार्थीले – पढ्न लेख्न भुलिसके

कोरोना महामारीको कारण १७ महीनादेखि विद्यालयहरू बन्द रहेकाले सबैभन्दा नराम्रो प्रभाव नानीहरूको शिक्षामा परेको छ । समाजका १३६२ वञ्चित वर्गका घरहरूका नानीहरूमाझ गरिएको सर्वेमा थाहा लागेअनुसार ग्रामीण क्षेत्रमा ३७ प्रतिशत अनि शहरी क्षेत्रमा १९ प्रतिशत नानी वर्तम नमा ठ्याक्कै पढिरहेका छैनन् । मात्र ८ प्रतिशत नानीहरूले अनलाइन शिक्षा प्राप्त गरिरहेछन् । स्कूल चिल्ड्रेन अनलाइन अनि अफलाइन लर्निङ (स्कूल) सर्वेक्षण - 'लक्ड) आउट: इमरजेन्सी रिपोर्ट अन स्कूल एजुकेशन' मा यो तथ्य खुलासा भएको छ । सर्वेमा देखिए अनुसार स्कूलहरू बन्द भएकाले नानीहरूको पढ़ाई लेखाई बन्द भएको छ । यसको दुष्परिणामस्वरूप शहरी क्षेत्रका ४८ प्रतिशत नानीहरूले ठीकसँग अक्षर अनि शब्दहरू पढ्न सकिरहेका…
Read More
केरलले बढाइरहेछ केन्द्रको चिन्ता

केरलले बढाइरहेछ केन्द्रको चिन्ता

भारतमा यस साता मंगलवारलाई छोड़ेर रहल सबै दिन कोरोनाका नयाँ मामिला ४० हजारभन्दा माथि नै दर्ता गरियो एकचोटि फेरि शुक्रवार देखिएका नयाँ मामिलाहरूको संख्या ४५ हजारभन्दा धेर दर्ता गरियो । मामिलाहरूमा वृद्धिको सबैभन्दा एउटा ठूलो कारण केरलमा बिग्रँदो स्थिति पनि हो केरलको कारण देशमा दैनिक ४० हजारभन्दा धेर मामिला अघि आइरहेछन् । यद्यपि मंगलवार देशमा ३० हजार मामि ला दर्ता भएको थियो यसपछि बुधवार अनि फेरि बिहीवार र शुक्रवार तीनै दिन कोरोनाका मामिलामा वृद्धि आइरहेको छ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार शुक्रवार देशभरि कोरोनाका ४५,३५२ नयाँ मामिला दर्ता गरिएको छ । यसमध्ये केरलबाट नै ३२ हजारभन्दा अधिक मामिला आएको…
Read More