31
Mar
भोट प्रचारमा निस्कँदा मतदाता सूचीबाट नाम हटाइएका मतदाताहरूको विरोधको सामना गर्नुपर्योम भाजपा उम्मेद्वारले। तिनलाई उद्धार गर्न तृणमूल उम्मेद्वार अघि आए। यद्यपि भाजपा सबै कुरा पूर्वनियोजित थियो र तृणमूल उम्मेद्वारकै नेतृत्वमा यो घटना भएको उम्मेद्वारको आरोप छ। यसको प्रत्युत्तरमा तृणमूल उम्मेद्वारले पनि तीव्र प्रतिक्रिया जनाए। सोमवार दिउँसो कोचबिहार दक्षिण विधानसभा क्षेत्रको घुघुमारी मोड़मा भएको घटनाबारे अझै पनि होहल्ला जारी छ।अन्तिम मतदाता सूचीबाट नाम हटाइएका कोचबिहारका केही वासिन्दाहरू बिहानदेखि नै विरोध कार्यक्रम गरिरहेका छन्। दिनहाटा-2 ब्लकका विभिन्न स्थानहरूमा सड़क अवरोध गरिएको छ। चौधुरीहाट, बामनहाट, नयरहाटलगायतका क्षेत्रमा वासिन्दाहरू विरोधमा सहभागी भए।सुनुवाइका लागि बोलाइएपछि आवश्यक कागजात प्रस्तुत गरे पनि अन्तिम मतदाता सूचीबाट तिनीहरूको नाम…
