25
Aug
भोडाफोन आइडिया (वी) ले आफ्नो वी मुभिज एण्ड टीभी एपमार्फत भारतकै अग्रणी निःशुल्क स्ट्रिमिङ प्लेटफर्म अमजोन एमएक्स प्लेयरसित सहकार्य गर्दै आफ्नो डिजिटल मनोरञ्जन सेवा विस्तार गरेको छ। भारतको तीव्र गतिमा वृद्धि भइरहेको ओटीटी दर्शक समूहलाई लक्ष्य गरेर यो सहकार्य गरिएको हो जसले 2025 सम्म 547 मिलियन प्रयोगकर्ताको आँकड़ा पार गरिसकेको छ। तीमध्ये लगभग 400-447 मिलियन प्रयोगकर्ताहरू विज्ञापन-आधारित निःशुल्क प्लेटफर्ममाथि भर पर्छन्। यस सहकार्यपछि वी मुभिज एण्ड टीभी प्रयोगकर्ताले अब एमएक्स प्लेयरको विशाल सामग्री सूची निःशुल्क रूपमा हेर्न सक्नेछन् जसमा आश्रम, क्याम्पस डायरिज अनि भौकाल जस्ता चर्चित वेब सिरिजहरूसितै हिन्दी, तमिल अनि तेलुगु भाषामा डब गरिएको एमएक्स वी-देशीअन्तर्गत अन्तर्राष्ट्रिय सामग्री पनि…
