10
Oct
भारतको अग्रणी टेलिकम अपरेटर वी-ले वी प्रोटेक्ट घोषणा गरेको छ जुन एक व्यापक एआई आधारित पहल हो जसले स्पाम, ठगी र साइबर आक्रमणजस्ता तीव्र गतिमा विकसित भइरहेको जोखिमहरूविरुद्ध वी-का उपभोक्ता, नेटवर्क र उद्यम सुरक्षा सम्बन्धी सबै उपायहरूलाई एकै छातामुनि ल्याउनेछ। यस पहलअन्तर्गत वी-ले इण्डियन मोबाइल कङ्ग्रेस (आईएमसी) 2025 मा दुई प्रभावकारी प्रणालीहरू एआई आधारित भोइस स्पाम डिटेक्शन प्रणाली र आफ्नो कोर नेटवर्कका लागि एआई सञ्चालित नेटवर्क डिफेन्स र इन्सिडेण्ट रिस्पोन्स प्रणाली प्रस्तुत गरेको छ। वी-को भोइस स्पाम डिटेक्शन प्रणालीले वास्तविक समयमा ठगी वा स्पाम कलहरूको पत्तो लगाएर चिन्हित गर्छ। उन्नत एआई मोडल, वेब क्रलर्स र प्रयोगकर्ताको सुझाउ प्रयोग गरेर यस…
