23
Mar
भारतको अग्रणी गहना ब्रान्ड सेन्को गोल्ड एण्ड डायमण्ड्सले आफ्नो विशेष विवाह अभियान ‘सेन्को दी वेडिङ – बिफोर द भाउज’ को दोस्रो संस्करण सिलिगुडीबाट सुरु गरेको छ। पहिलो संस्करणको सफलतापछि यस अभियानलाई अझ विस्तार गरिएको हो। यस अवसरमा शहरका छ जना विवाहको तयारीमा रहेका जोडीहरूलाई विशेष प्रि-विवाह फोटोसुट अनुभवमा सहभागी गराइएको थियो। कार्यक्रममा विवाहअघि हुने भावनात्मक क्षण, उत्साह र सम्बन्धको गहिराइलाई प्रस्तुत गर्ने प्रयास गरिएको थियो। कार्यक्रमका क्रममा जोडीहरूका स्वाभाविक तथा भावनात्मक क्षणहरूलाई क्यामेरामा कैद गरिएको थियो। साथै, सेन्कोको ‘विवाह कलेक्सन’ अन्तर्गतका परम्परागत तथा आधुनिक गहनाहरू पनि प्रस्तुत गरिएको थियो। यस कार्यक्रममा पोशाक सहयोगीका रूपमा टसवाले सहभागिता जनाएको थियो, जसले जोडीहरूका…
