02
Mar
दिउँसै सार्वजनिक रूपमा एक व्यक्तिलाई ठगेर डकैती गरिएको छ। सीबीआई अधिकारीको परिचय दिएर एक पूर्व सैनिकबाट सुनका गहना लुटेर दुईजना अज्ञात व्यक्तिहरूले सुइँकुच्चाठोकेका छन्। यो घटना जलपाइगढ़ी शहरमा भएको हो।पीड़ित पूर्व सैनिक दीपक कुण्डुले बताएअनुसार बिहान तिनी बजार गर्न गएका बेला दुईजना अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएर तिनको अघि रोकिए। आफूहरूलाई सीबीआई अधिकारी बताउँदै तिनीहरूले परिचय पत्र पनि देखाए। त्यसपछि विभिन्न प्रकारका प्रश्नहरू सोध्न थाले। केही व्यक्तिहरूको नाम लिँदा आफूले तिनीहरूलाई नचिनेको बताउँदा तिनीहरूरले दीपकलाई किन घाँटीमा सुनको सिक्री र हातमा सुनको औंठी लगाएको भनेर सोधे। त्यसपछि ती गहनाहरू खोल्न लगाए। सुनको सिक्री र औँठी सबै खोलेरर खल्तीमा राख्न लगाउँदै एउटा…
