Piyali Poddar

569 Posts
पुलिस अधीक्षकको वाहनमा बीमा फेल!

पुलिस अधीक्षकको वाहनमा बीमा फेल!

दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाश चढ्ने वाहनका कागजातबारे प्रश्न उठिरहेको छ। उक्त वाहनको प्रदूषण, बीमा जस्ता सबै कागजातहरू फेल रहेका आरोप उठेको छ। तर त्यसै वाहनमा अधीक्षक सारा जिल्लामा घुमिरहेका छन्। केवल अधीक्षकको मात्र होइन अन्य अधिकारीहरूको अधिकांश वाहनको पनि त्यस्तै हालत छ। थाना ओसीका वाहनदेखि गस्ती भ्यानसम्म सबैमा कागजातहरू नहुने आरोप छ। ती वाहनहरूको प्रदूषण र बीमा कुनै पनि कागजातको म्याद सकिएको दाबी गरिएको छ। दार्जीलिङ जिल्ला पुलिस अधीक्षकको वाहनको नम्बर हालेर आरटीओ एपमा खोज्दा उक्त नम्बरका वाहनको बीमा र प्रदूषण प्रमाणपत्र लामो समयदेखि फेल रहेको देखिन्छ। जिल्ला पुलिस अधीक्षकले चढ्ने वाहनको यस्तो अवस्था देखेर सर्वसाधारणमा आक्रोश बढ़ेको…
Read More
मुख्यमन्त्रीको भ्रमणमा चिया क्षेत्रलाई प्राथमिकता

मुख्यमन्त्रीको भ्रमणमा चिया क्षेत्रलाई प्राथमिकता

मदारीहाट उपनिर्वाचनमा तृणमूलको विजयपछि मुख्यमन्त्री ममता ब्यानर्जीको पहिलो अलिपुरद्वार भ्रमणमा चिया क्षेत्रलाई विशेष महत्व दिइँदैछ। सूत्रअनुसार यसपल्ट भ्रमणमा लगभग आठ हजार चिया श्रमिकहरूले जमीनको पट्टा प्रदान गरिनेछ। थप केही सय चिया श्रमिकहरूलाई ‘चिया सुन्दरी’ परियोजनाअन्तर्गत घर प्रदान गरिने बताइएको छ। मङ्गलवार अपराह्न मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार आइपुगेकी छन्। प्रशासन सूत्रले बताएअनुसार बुधवार अलिपुरद्वारमा मुख्यमन्त्रीको प्रशासनिक बैठक हुनेछ। बिहीवार कालचिनीको सुवाषिणी चियाबारीको मैदानमा सरकारी सुविधा वितरण कार्यक्रम हुनेछ। तर यो प्रशासनिक बैठक वा सरकारी सुविधा वितरण कार्यक्रम केवल अलिपुरद्वार जिल्लाको निम्ति मात्र हुने हो वा छेवैका दुई जिल्ला जलपाइगुढ़ी अनि कोचबिहारलाई पनि समेटिने हो भनेर प्रशासनले स्पष्ट जानकारी दिएको छैन। सरकारी…
Read More
सज्जाकको सहयोगी आबाल पक्राउ

सज्जाकको सहयोगी आबाल पक्राउ

गयलपुकुरको पाञ्जीपाड़ामा पुलिसले गोली चलाएको घटनामा मुख्य आरोपी सज्जाक आलमको मृत्यु भयो। अब तिनको मुख्य सहयोगी तथा बङ्गलादेशी नागरिक अब्दुल हुसैन उर्फ आबाललाई पुलिसले पक्राउ गरेको छ। आइतवार राति उत्तर दिनाजपुरको करणदिघी विधानसभाअन्तर्गत सिमानासित जोड़िएको रसाखोवा क्षेत्रबाट तिनलाई पक्राउ गरिएको हो। हत्या मामिलाको आरोपमा सज्जाक न्यायालयमा विचाराधीन कैदी थिए। गत बुधवार इस्लामपुर न्यायालयदेखि रायगञ्ज लैजाँदै गर्दा सज्जाकले दुई पुलिसलाई गोली हानेर भागेका थिए। त्यसपछि शनिवार बिहान चोपड़ा सिमाना हुँदै बङ्गलादेश भाग्ने क्रममा पुलिससित भएको भिड़न्तमा सज्जाकको मृत्यु भएको थियो। तर जेलभित्र रहेका हत्या मामिलाका आरोपीले आग्नेयास्त्र कसरी पाए? भन्ने प्रश्न उठेको छ। गत बुधवार इस्लामपुर न्यायालय परिसरमै सज्जाकले आग्नेयास्त्र पाएका…
Read More
दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्थायी उपकुलपति

दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्थायी उपकुलपति

दार्जीलिङ हिल्स युनिभर्सिटीको पहिलो स्थायी उपकुलपति तेजिमाला गुरुङ नागले सोमवारदेखि आफ्नो दायित्व आरम्भ गरेकी छन्। सर्च कमिटीमार्फत र सर्वोच्च न्यायालयको निगरानीमा राज्यका युनिभर्सिटीहरूमा उपकुलपतिको नियुक्ति प्रक्रिया चलिरहेको छ। राज्यपाल तथा कुलपति सी. भी. आनन्द बोसले तेजिमाला गुरुङ नागलाई दार्जीलिङ हिल्स युनिभर्सिटीका उपकुलपति नियुक्त गरेका हुन्। तेजिमाला नर्थ इष्टर्न हिल युनिभर्सिटीमा इतिहासकी प्राध्यापक थिइन्। दार्जीलिङ हिल्स युनिभर्सिटीको तर्फबाट तिनलाई स्वागत गर्न शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई उपस्थित हुन सूचना जारी गरिएको छ। सोमवार बिहान 10.30 बजीसम्म सबैलाई मङ्ग्पु आईटीआई भवनको क्याम्पसमा उपस्थित हुन भनिएको छ।नयाँ स्थायी उपकुलपतिले दायित्व आरम्भ गरेपछि युनिभर्सिटीका समस्याहरू क्रमशः समाधान हुने आशा गरिएको छ। 2020-21 मा स्थापना भएदेखि…
Read More
सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

दार्जीलिङतर्फ जाने हिलकार्ट रोड अर्थात 110 नम्बर राष्ट्रिय राजमार्गको विस्तार गरेर सड़कमै टोय ट्रेनको ट्र्याक राख्ने योजना छ। यसका लागि यस सड़कको जिम्मावारी नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) लाई सुम्पन केन्द्रीय सड़क परिवहन मन्त्रालयलाई पत्र लेखेका छन् दार्जीलिङका सांसद राजु विष्टले। दिघो समयदेखि यो सड़क राज्यका सार्वजनिक निर्माण विभागअन्तर्गत छ अनि तिनीहरूले केन्द्रबाट आएको पैसा खेर फाल्नबाहेक केही नगरेका तिनको आरोप छ। यतिका वर्षमा सड़कलाई एक मिटर पनि फराकिलो बनाउन सकेका छैनन्। उल्टो सुकनामा सड़क निर्माणको नाममा अहिले करोड़ौँ रुपियाँ खेरो फाल्दैछन्। यस विषयमा सार्वजनिक निर्माण विभागको राष्ट्रिय राजमार्ग डिभिजन (डिभिजन-9) का कार्यकारी इञ्जीनियर देवव्रत ठाकुरले भने, सांसदले…
Read More
धेरै परिमाणको ब्राउन सुगरसहित चार तस्कर पक्राउ

धेरै परिमाणको ब्राउन सुगरसहित चार तस्कर पक्राउ

सिलगढ़ी मेट्रोपोलिटन पुलिसको स्पेशियल अपरेशन ग्रुप (एसओजी) अनि एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर 15 लाख रुपियाँको ब्राउन सुगरसितै एउटी महिलालगायत चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम सुमित्रा बर्मन, सुभाष बर्मन, अनवर शेख अनि शायम शेख हो। सुमित्रा अनि सुभाष कोचबिहारका वासिन्दा हुन् भने अनवर र शायम मालदा निवासी हुन्।प्राप्त भएको जानकारीअनुसार मालदादेखि कोचबिहारमा मादक पदार्थको तस्करीको एउटा योजना तयार पारिएको थियो। योजनाअन्तर्गत ब्राउन सुगर सिलगढ़ीमा एउटा समूहदेखि अर्को समूहमा हस्तानन्तर गर्नु थियो। त्यसपछि बिहीवार साँझ एसओजी अनि एनजेपी पुलिसले संयुक्त अभियान चलाउँदै कावाखाली संलग्न पोड़ाझारबाट महिलासितै अन्य तस्करहरूलाई पक्राउ गऱ्यो। ती चारैजनाको छानबिन गर्दा 600 ग्राम ब्राउन…
Read More
ऋणको जालमा फँसेर युवकद्वारा स्वास्नी र छोराको हत्यापछि आत्महत्या

ऋणको जालमा फँसेर युवकद्वारा स्वास्नी र छोराको हत्यापछि आत्महत्या

ओछ्यानमा सात वर्षको छोराको शव लड़िरहेको थियो। नजिकै तिनकी आमाको शव थियो। दुवैको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको स्पष्ट थियो। ओछ्यानको छेउमा सिलिङमा झुण्डिएको अवस्थामा थियो परिवारका मुखियाको शव। यो घटना बिहीवार सिलिगढ़ीको समरनगर बौबजारमा भएको हो। पुलिसअनुसार मृतकको नाम पिण्टु राय (7), टुम्पा राय (26) र श्यामल राय (27) हो। आर्थिक समस्याको कारण यस्तो मर्मान्तिक घटना भएको जाँचकर्ताहरूले अनुमान लगाएका छन्। सिलगढ़ी कमिश्नरेट पुलिसका डीसीपी (पूर्व) राकेश सिंहले भने, कोठाको ढोका भित्रबाट बन्द थियो। आर्थिक समस्याको कारण स्वास्नी र छोरालाई मारी युवकले आत्महत्या गरेको प्रारम्भिक जाँचले देखाएको छ। घटनामा प्रयोग भएको हतियार कोठाबाट फेला परेको छ। परिवारले आर्थिक सङ्कटको…
Read More
ट्रकले कुल्चिँदा छात्रको मृत्यु

ट्रकले कुल्चिँदा छात्रको मृत्यु

मर्माहत बनाउने घटना प्रकाशमा आएको छ। खोरीबारीमा एउटा ट्रकले कुल्चिँदा 16 वर्षीय स्कूले छात्रको मृत्यु भएको छ। स्थानीय सूत्रअनुसार उक्त छात्रले सरस्वती पूजाका लागि चन्दा उठाइरहेको बेला ट्रकले कुल्चिएको हो। यो घटना बङ्गाल-बिहार सीमा क्षेत्र भालुकगढ़मा भएको हो। उक्त ट्रक बिहारबाट खोरीबारी आइरहेको थियो। मृत छात्रको नाम सूर्य गिरी हो अनि तिनी खोरीबारी हाई स्कूलको दसौँ कक्षामा अध्ययनरत थिए। छात्राहरूको समूहले सड़कमा वाहन अनि ट्रक चालकहरूबाट चन्दा उठाइरहेको जान्नमा आएको छ। चन्दा लिन रोक्दा सूर्यलाई कुल्चिँदै ट्रक अघि बढ़िरह्यो। अर्को एकजना छात्र पनि ट्रकको चपेटमा आयो तर भाग्यले तिनको ज्यान बाँचेको छ। घटनापछि स्थानीय मानिसहरू क्षुब्ध बनेका छन्। घटनाको जानकारी…
Read More
रूखविहीन बन्दै सिलगढ़ी शहर

रूखविहीन बन्दै सिलगढ़ी शहर

सिलगढ़ी शहर रूखविहीन हुँदै गइरहेको छ। सयौँ रूखहरू काटेर कतिवटा बिरुवा रोपियो अनि तिनको संरक्षण गरिएको छ भन्ने विषयमा धेरै प्रश्नहरू उठिरहेका छन्। शहरका मुख्य सड़कहरूसितै राष्ट्रिय र राज्य राजमार्ग चौड़ा गर्दा सयौँ पुराना रूखहरू कुनै हिचकिचाहटबिना काटिए। यसको गम्भीर प्रभाव शहरको पर्यावरणमाथि परेको छ। एसएफ रोडबाट रूख उखेलेर अन्यत्र लगाइने विषयमा सिलगढ़ीको राजनीति गरम भएको छ। तर एसएफ रोड छोड़ेर पनि शहरले कैयौँ रूखहरूको बलिदान देखेको छ। सिलगढ़ीमा गाछ काकु भनेर चिनिने मिलनपल्लीका पुराना वासिन्दा मखन घोषको अहिले मन खिन्न छ। तिनले आफ्नै हातले डेढ़ हजारभन्दा अधिक निमपत्ताका रूखहरू लगाएका छन्। झण्डै तीन गुणा बढ़ी निमपत्ताका बिरुवाहरू पनि वितरण…
Read More
ज्योतिप्रिय मलिकलाई जमानी

ज्योतिप्रिय मलिकलाई जमानी

राशन भ्रष्टाचार मामिलामा ज्योतिप्रिय मलिक जमानीमा छुटेका छन्। बुधवार विशेष प्रवर्तन निदेशालय (ईडी) न्यायालयले राज्यका पूर्व मन्त्रीलाई जमानीमा छाड़ेको हो। प्राप्त जानकारी अनुसार 50 हजार रुपियाँको जमानी बोण्ड र 50 लाख रुपियाँको व्यक्तिगत बोण्डमा तिनलाई जमानी दिइएको छ। 2023 को अक्टोबर 27 मा राशन भ्रष्टाचार मामिलामा मलिकलाई पक्राउ गरिएको थियो। दुईपटक हिरासतमा बसेपछि तिउनलाई प्रेसिडेन्सी केन्द्रीय सुधार गृहमा राखिएको थियो। तर पक्राउ परेपछि पूर्व मन्त्री बिरामी परेका थिए। बिरामी भएपछि जेल अस्पतालका चिकित्सकहरूको सल्लाहमा तिनलाई एसएसकेएममा भर्ना गरिएको थियो। जमानीको माग गर्दै पूर्व मन्त्री कलकत्ता उच्च न्यायालयको शरणमा पुगेका थिए। यस मामिलामा पहिले नै चामल मिल व्यवसायी बाकिबुर रहमान, बनगाँउका…
Read More