Piyali Poddar

569 Posts
सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

पहाड़मा पर्यटन मौसम आरम्भ भइसकेको छ। पर्यटकहरूको आगमनमा व्यापक रूपमा वृद्धि भएर गएको देखिन्छ। सुकेपोखरीअन्तर्गत भारत नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित गोलीटार भ्यू पोइण्ट सिमाना बजारमा पर्यटकहरूको आगमन यसपालि धेरै भइरहेको एलटी शेर्पाले बताए। शेर्पाअनुसार सिमानाको एकमात्र पर्यटन केन्द्र गोलीटारमा प्रत्येक दिन सयभन्दा अधिक पर्यटकहरू आइरहेका छन् जसको कारण खुद्रा व्यापारीहरूको आय पनि वृद्धि भएर गएको छ। प्राकृतिक सम्पदाहरूले भरिभराउ गोलीटार स्थानीय बेरोजगारहरूको निम्ति वरदान बनेको शेर्पाले बताए। बाहिबाट हेर्दा साधारण देखिने गोलीटार भ्यू पोइण्टबाट कञ्चनजङ्गा, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार, सन्दकफू, फालुटसितै नेपालको इलाम, सोमवारे आदि स्थानहरूको रमणीय दृश्य अवलोकन गर्न सकिने तिनले बताए। यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यहरूबाट आनन्द उठाउन…
Read More
सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सिलगढ़ीदेखि तीनधारिया जाँदै गर्दा सुकनानजिक टोय ट्रेनको एउटा इञ्जिन पल्टिएको छ। शुक्रवार दिउँसो 1 बजी इञ्जिन स्किड भएर रेल लीकबाट पल्टिएको हो। घटनामा चालक र सहचालक सामान्य रूपले घाइते भएका छन्। खबर पाएपछि रेल विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। रेल विभागले इञ्जिन उठाउने काम आरम्भ गरिसकेको छ। यद्यपि एनजेपीबाट दार्जीलिङतर्फ जाने टोय ट्रेन भने सामान्य रूपमा पहाड़तर्फ प्रस्थान गरेको जनाइएको छ।यसअघि पनि धेरैपल्ट टोय ट्रेन लीकबाट पल्टिएको घटनाहरू भइसकेका छन्। गत वर्ष 1 जनवरीमा दार्जीलिङको काकझोड़ामा टोय ट्रेनको एउटा इञ्जिन रेल लीकबाट बाहिरिएको थियो। त्यस घटनाले यात्रीहरूमा त्रास सिर्जना गरेको थियो। यद्यपि त्यति बेला कसैलाई चोटपटक लागेको थिएन। दार्जीलिङको नोस्टाल्जियासित…
Read More
बिद्युत केबल चोरीको मामिलामा युवक पक्राउ

बिद्युत केबल चोरीको मामिलामा युवक पक्राउ

सिलगढ़ी मेट्रोपोलिटन पुलिसअन्तर्गत खालपाड़ा चौकीका पुलिसले रातको अँध्यारोमा विद्युत् तार काटेर चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपी युवकको नाम मोहम्मद आजाद अन्सारी हो। तिनी कोइला डिपो क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पुलिस सूत्रअनुसार एक निजी कम्पनीले 19 अप्रेलको दिन खालपाड़ा पुलिस चौकीमा केबल चोरी सम्बन्धी प्राथमिकी दर्ता गराएको थियो। सिलगढ़ीको झङ्कार मोड़ वरिपरिको क्षेत्रबाट विद्युतको केबल चोरी गरिएको थियो। प्राथमिकीको आधारमा खालपाड़ा चौकी पुलिसले जाँच आरम्भ गऱ्यो। जाँचपछि पुलिसले बुधवार राति झङ्कार मोड़ क्षेत्रबाट मोहम्मद आजाद अन्सारीलाई पक्राउ गरेको हो। चोरी गरिएको केबल पनि उद्धार गरिएको छ। विद्युतको केबललाई विवेकानन्द रोडसित संलग्न एउटा खाली घरमा…
Read More
चियाबारीबाट चितुवाको शव उद्धार

चियाबारीबाट चितुवाको शव उद्धार

चियाबारीबाट एउटा चितुवाको शव फेला परेको छ। यस घटनापछि खोरीबारीको बतासी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। बिहीवार बिहान बतासीको पान्ताबारीस्थित एउटा निजी चियाबारीमा चिया पत्ती टिप्ने क्रममा श्रमिकहरूले मृत चितुवा देखेका हुन्। प्राप्त जानकारीअनुसार 10-12 जना श्रमिकरू चिया पत्ती टिपिरहेका थिए। पहिले चितुवाको पुच्छर देखेपछि तिनीहरू आतङ्कित भए। त्यसपछि तिनीहरूले कुहिएको अवस्थामा रहेको चितुवाको शव फेला पारे। तुरन्तै घटनास्थलमा ठूलो सङ्ख्यामा जिज्ञासु मानिसहरूको भीड़ भेला भयो। साथै वन विभागलाई पनि त्यसबारे खबर गरियो।टुकुरियाझार वन विभागका कर्मचारीहरू घटनास्थलमा आइपुगे अनि चितुवाको शव उद्धार गरी पोस्टमर्टमका लागि बेङ्गल सफारीमा पठाए। वन विभागको प्रारम्भिक अनुमानअनुसार यो वयस्क चितुवाको मृत्यु लगभग 4-5 दिनअघि भएको…
Read More
यूपीएससीमा पहाड़का दुई छोरीहरूको सफलता

यूपीएससीमा पहाड़का दुई छोरीहरूको सफलता

मङ्गलवार युनियन पब्लिक सर्भिस कमिशन (यूपीएससी) परीक्षाको परिणाम प्रकाशित भयो। दार्जीलिङका दुई छोरी प्रतिभा लामा र जोजिला दोल्कार भूटिया क्रमशः 461 र 765 औँ स्थान प्राप्त गर्न सफल भए। गत वर्ष दार्जीलिङ शहरबाट 25 वर्षीया जयश्री प्रधानले सिविल सेवा परीक्षामा 52 औँ स्थान प्राप्त गरेकी थिइन्। पहाड़बाट सिविल सेवा परीक्षामा सफलताको सूचीमा समावेश हुन पाउँदा प्रतिभा र जोजिला निकै खुशी छन्। यी दुई छोरीको उपलब्धिले पूरै पहाड़मा खुशीको माहोल छ। जोजिला सन् 2018 मा डब्ल्यूबीसीएस परीक्षामा पनि सफल भएकी थिइन्। तिनी हाल पश्चिम बङ्गाल सरकारको राजस्व विभागमा कार्यरत छन्। डब्ल्यूबीसीएसपछि यूपीएससीमा पनि सफल हुने लक्ष्यमा तिनले अध्ययन जारी राखेकी थिइन्।…
Read More
बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य

बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य

आजदेखि बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य आरम्भ भएको छ। बन्द पानीघट्टा चियाबारीमा आजदेखि लगभग चार सय श्रमिकहरू काम गर्न आरम्भ गरे। बन्द भएपछि पानीघट्टा चियाबारीलाई कमिटीमार्फत सञ्चालन गरिँदै थियो। तर कमिटीमाझ नै द्वन्द उत्पन्न भएपछि चियाबारी बन्द अवस्थामा रहेको थियो। त्यसपछि चियाबारीका कतिपय श्रमिकहरू सरकारले हस्तक्षेप गरेर खोल्नुपर्ने माग गर्दै अनशन गरिरहेका छन् भने अर्कातिर अन्य श्रमिकहरू कति दिन भोको बस्ने भन्दै चियाबारीलाई सफाई गरेर आजदेखि पत्ती टिप्ने काममा निस्के। प्रशासनिक हस्तक्षेपमा चियाबारी खोल्नुपर्ने माग गर्दै पानीघट्टा चियाबारीमा अनशन पाँच महीना भन्दा अधिक समयदेखि चलिरहेको छ। अनशनकारी कमिटीले चियाबारी सञ्चालन गर्न मालिक आउने बताउँदै आइरहेको छ। यता केही श्रमिकहरूले…
Read More
मुख्यमन्त्रीको राजीनामा र राष्ट्रपति शासनको माग गर्दै एबीभीपीको प्रदर्शन

मुख्यमन्त्रीको राजीनामा र राष्ट्रपति शासनको माग गर्दै एबीभीपीको प्रदर्शन

वक्फ बिल र एसएससी भ्रष्टाचारविरुद्ध राज्यभरि विरोधको आँधी चलिरहेको छ। सोही क्रममा सोमवार सिलगढ़ीको हाशमी चोकमा अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) ले विरोध प्रदर्शन गरेको छ। मुख्यमन्त्रीको राजीनामा र राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गर्दै एबीभीपीका सदस्यहरू पोस्टर हातमा लिएर प्रदर्शनमा सहभागी भए। विरोध प्रदर्शनका क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको पुतला जलाउने प्रयास हुँदा स्थिति तनाउपूर्ण बन्यो। घटनास्थलमा उपस्थित पुलिसले त्यो प्रयास रोक्न जाँदा धक्का-मुक्कासमेत भयो। यस विरोधका कारण केही समयका लागि सड़क अवरुद्ध भयो। त्यसपछि पुलिसले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा ल्यायो।
Read More
ट्रकको ठक्करमा तीनजना यात्री घाइते

ट्रकको ठक्करमा तीनजना यात्री घाइते

भारत-नेपाल सिमानास्थित पानीट्याङ्कीनजिक राष्ट्रिय राजमार्ग नम्बर 327 मा आज एउटा ठूलो वाहन दुर्घटना भएको छ। तीव्र गतिमा आएको एउटा ट्रकले नियन्त्रण हराएर यात्रीवाहक बसलाई ठक्कर दियो। दुर्घटनामा तीन व्यक्ति घाइते भएका छन्। प्राप्त रिपोर्टअनुसार, शुक्रवार सिलगढ़ीबाट आउँदै गरेको ट्रकले नियन्त्रण हराएर विपरीत दिशाबाट आउँदै गरेको यात्रीवाहक बसलाई ठक्कर दिएको हो। ठक्कर धेरै शक्तिशाली थियो। बसलाई ठक्कर दिएपछि ट्रकले एउटा ई-रिक्सालाई धक्का दिँदै सड़क छेउको पसलमा पनि ठक्कर दिएको बताइएको छ।दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। बसमा सवार तीनजना यात्रीहरू घाइते भएका थिए र तिनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगियो। समाचार प्राप्त भएपछि खोरीबारीअन्तर्गत पानी ट्याङ्की आउटपोस्टका पुलिस अधिकारीहरू अनि…
Read More
फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउपूर्ण स्थिति

फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउपूर्ण स्थिति

रोगीको मृत्युको कारण फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउ सिर्जना भएको छ। पेटको समस्याको कारण तीन दिनअघि फाँसीदेवाको कालुजोतका वासिन्दा मोहम्मद तमिजुद्दीनलाई अस्पतालमा भर्ना गरिएको थियो। सरकारी ग्रामीण अस्पतालमा भर्ना गरिएपछि पनि रोगीलाई उचित उपचार सेवा प्रदान नगरिएको आरोप छ। बिहीवार रोगीको मृत्यु भएपछि स्थिति तनाउपूर्ण बन्यो। उक्त दिन ड्युटीमा रहेका चिकित्सकविरुद्ध विरोध प्रदर्शन आरम्भ भयो। त्यसपछि फाँसीदेवा थानाबाट पुलिस टोली घटनास्थलमा पुग्यो। खबर पाएपछि सिलगढ़ी महकुमा परिषदका कार्याध्यक्ष अइनुल हक पनि त्यहाँ पुगे। शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। यद्यपि रोगीको मृत्यु हृदयघातको कारण भएको फाँसीदेवा ब्लक स्वास्थ्य अधिकारी डा. साहिनुर इस्लामले बताएका छन्।
Read More
रुबियालाई राष्ट्रिय स्तरको योगासनमा स्वर्ण पदक

रुबियालाई राष्ट्रिय स्तरको योगासनमा स्वर्ण पदक

रुबियाले योगासनको आरम्भ केवल पाँच वर्षको उमेरमा गरेकी थिइन्। यद्यपि त्यति बेला रुबिया अथवा तिनको परिवारले एक दिन कुनै परी कथाजस्तो यस्तो सफलता प्राप्त होला कल्पना गरेको थिएन। चरम आर्थिक अभावसित जुझिरहेको परिवारका लागि यस्तो सोच्नै नसकिने विषय थियो। तर थाहै नपाई रुबिया योगासनप्रति समर्पित भइन्। यही मार्ग समातेर भविष्यमा अघि बढ्ने रुबियाले सोचिन्। यात्रा सजिलो थिएन। बाटोमा धेरै बाधाहरू आए। तर पनि ट्युशन पढ़ाएर, आफ्ना सबै कामहरू सञ्जालेर, बिहान 5 घण्टा र बेलुकी 3 घण्टा प्रशिक्षण गरेर तिनी आफ्नो लक्ष्यतर्फ अघि बढ़िरहिन्। त्यसको परिणाम स्वरूप गत 6 अप्रेलको तिनले ठूलो सफलता हात पारिन्।6 अप्रेलको दिन कश्मीरको शेर-ए-कश्मीर अन्तर्राष्ट्रिय सम्मेलन…
Read More