Piyali Poddar

496 Posts
दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्थायी उपकुलपति

दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्थायी उपकुलपति

दार्जीलिङ हिल्स युनिभर्सिटीको पहिलो स्थायी उपकुलपति तेजिमाला गुरुङ नागले सोमवारदेखि आफ्नो दायित्व आरम्भ गरेकी छन्। सर्च कमिटीमार्फत र सर्वोच्च न्यायालयको निगरानीमा राज्यका युनिभर्सिटीहरूमा उपकुलपतिको नियुक्ति प्रक्रिया चलिरहेको छ। राज्यपाल तथा कुलपति सी. भी. आनन्द बोसले तेजिमाला गुरुङ नागलाई दार्जीलिङ हिल्स युनिभर्सिटीका उपकुलपति नियुक्त गरेका हुन्। तेजिमाला नर्थ इष्टर्न हिल युनिभर्सिटीमा इतिहासकी प्राध्यापक थिइन्। दार्जीलिङ हिल्स युनिभर्सिटीको तर्फबाट तिनलाई स्वागत गर्न शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई उपस्थित हुन सूचना जारी गरिएको छ। सोमवार बिहान 10.30 बजीसम्म सबैलाई मङ्ग्पु आईटीआई भवनको क्याम्पसमा उपस्थित हुन भनिएको छ।नयाँ स्थायी उपकुलपतिले दायित्व आरम्भ गरेपछि युनिभर्सिटीका समस्याहरू क्रमशः समाधान हुने आशा गरिएको छ। 2020-21 मा स्थापना भएदेखि…
Read More
सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

दार्जीलिङतर्फ जाने हिलकार्ट रोड अर्थात 110 नम्बर राष्ट्रिय राजमार्गको विस्तार गरेर सड़कमै टोय ट्रेनको ट्र्याक राख्ने योजना छ। यसका लागि यस सड़कको जिम्मावारी नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) लाई सुम्पन केन्द्रीय सड़क परिवहन मन्त्रालयलाई पत्र लेखेका छन् दार्जीलिङका सांसद राजु विष्टले। दिघो समयदेखि यो सड़क राज्यका सार्वजनिक निर्माण विभागअन्तर्गत छ अनि तिनीहरूले केन्द्रबाट आएको पैसा खेर फाल्नबाहेक केही नगरेका तिनको आरोप छ। यतिका वर्षमा सड़कलाई एक मिटर पनि फराकिलो बनाउन सकेका छैनन्। उल्टो सुकनामा सड़क निर्माणको नाममा अहिले करोड़ौँ रुपियाँ खेरो फाल्दैछन्। यस विषयमा सार्वजनिक निर्माण विभागको राष्ट्रिय राजमार्ग डिभिजन (डिभिजन-9) का कार्यकारी इञ्जीनियर देवव्रत ठाकुरले भने, सांसदले…
Read More
धेरै परिमाणको ब्राउन सुगरसहित चार तस्कर पक्राउ

धेरै परिमाणको ब्राउन सुगरसहित चार तस्कर पक्राउ

सिलगढ़ी मेट्रोपोलिटन पुलिसको स्पेशियल अपरेशन ग्रुप (एसओजी) अनि एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर 15 लाख रुपियाँको ब्राउन सुगरसितै एउटी महिलालगायत चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम सुमित्रा बर्मन, सुभाष बर्मन, अनवर शेख अनि शायम शेख हो। सुमित्रा अनि सुभाष कोचबिहारका वासिन्दा हुन् भने अनवर र शायम मालदा निवासी हुन्।प्राप्त भएको जानकारीअनुसार मालदादेखि कोचबिहारमा मादक पदार्थको तस्करीको एउटा योजना तयार पारिएको थियो। योजनाअन्तर्गत ब्राउन सुगर सिलगढ़ीमा एउटा समूहदेखि अर्को समूहमा हस्तानन्तर गर्नु थियो। त्यसपछि बिहीवार साँझ एसओजी अनि एनजेपी पुलिसले संयुक्त अभियान चलाउँदै कावाखाली संलग्न पोड़ाझारबाट महिलासितै अन्य तस्करहरूलाई पक्राउ गऱ्यो। ती चारैजनाको छानबिन गर्दा 600 ग्राम ब्राउन…
Read More
ऋणको जालमा फँसेर युवकद्वारा स्वास्नी र छोराको हत्यापछि आत्महत्या

ऋणको जालमा फँसेर युवकद्वारा स्वास्नी र छोराको हत्यापछि आत्महत्या

ओछ्यानमा सात वर्षको छोराको शव लड़िरहेको थियो। नजिकै तिनकी आमाको शव थियो। दुवैको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको स्पष्ट थियो। ओछ्यानको छेउमा सिलिङमा झुण्डिएको अवस्थामा थियो परिवारका मुखियाको शव। यो घटना बिहीवार सिलिगढ़ीको समरनगर बौबजारमा भएको हो। पुलिसअनुसार मृतकको नाम पिण्टु राय (7), टुम्पा राय (26) र श्यामल राय (27) हो। आर्थिक समस्याको कारण यस्तो मर्मान्तिक घटना भएको जाँचकर्ताहरूले अनुमान लगाएका छन्। सिलगढ़ी कमिश्नरेट पुलिसका डीसीपी (पूर्व) राकेश सिंहले भने, कोठाको ढोका भित्रबाट बन्द थियो। आर्थिक समस्याको कारण स्वास्नी र छोरालाई मारी युवकले आत्महत्या गरेको प्रारम्भिक जाँचले देखाएको छ। घटनामा प्रयोग भएको हतियार कोठाबाट फेला परेको छ। परिवारले आर्थिक सङ्कटको…
Read More
ट्रकले कुल्चिँदा छात्रको मृत्यु

ट्रकले कुल्चिँदा छात्रको मृत्यु

मर्माहत बनाउने घटना प्रकाशमा आएको छ। खोरीबारीमा एउटा ट्रकले कुल्चिँदा 16 वर्षीय स्कूले छात्रको मृत्यु भएको छ। स्थानीय सूत्रअनुसार उक्त छात्रले सरस्वती पूजाका लागि चन्दा उठाइरहेको बेला ट्रकले कुल्चिएको हो। यो घटना बङ्गाल-बिहार सीमा क्षेत्र भालुकगढ़मा भएको हो। उक्त ट्रक बिहारबाट खोरीबारी आइरहेको थियो। मृत छात्रको नाम सूर्य गिरी हो अनि तिनी खोरीबारी हाई स्कूलको दसौँ कक्षामा अध्ययनरत थिए। छात्राहरूको समूहले सड़कमा वाहन अनि ट्रक चालकहरूबाट चन्दा उठाइरहेको जान्नमा आएको छ। चन्दा लिन रोक्दा सूर्यलाई कुल्चिँदै ट्रक अघि बढ़िरह्यो। अर्को एकजना छात्र पनि ट्रकको चपेटमा आयो तर भाग्यले तिनको ज्यान बाँचेको छ। घटनापछि स्थानीय मानिसहरू क्षुब्ध बनेका छन्। घटनाको जानकारी…
Read More
रूखविहीन बन्दै सिलगढ़ी शहर

रूखविहीन बन्दै सिलगढ़ी शहर

सिलगढ़ी शहर रूखविहीन हुँदै गइरहेको छ। सयौँ रूखहरू काटेर कतिवटा बिरुवा रोपियो अनि तिनको संरक्षण गरिएको छ भन्ने विषयमा धेरै प्रश्नहरू उठिरहेका छन्। शहरका मुख्य सड़कहरूसितै राष्ट्रिय र राज्य राजमार्ग चौड़ा गर्दा सयौँ पुराना रूखहरू कुनै हिचकिचाहटबिना काटिए। यसको गम्भीर प्रभाव शहरको पर्यावरणमाथि परेको छ। एसएफ रोडबाट रूख उखेलेर अन्यत्र लगाइने विषयमा सिलगढ़ीको राजनीति गरम भएको छ। तर एसएफ रोड छोड़ेर पनि शहरले कैयौँ रूखहरूको बलिदान देखेको छ। सिलगढ़ीमा गाछ काकु भनेर चिनिने मिलनपल्लीका पुराना वासिन्दा मखन घोषको अहिले मन खिन्न छ। तिनले आफ्नै हातले डेढ़ हजारभन्दा अधिक निमपत्ताका रूखहरू लगाएका छन्। झण्डै तीन गुणा बढ़ी निमपत्ताका बिरुवाहरू पनि वितरण…
Read More
ज्योतिप्रिय मलिकलाई जमानी

ज्योतिप्रिय मलिकलाई जमानी

राशन भ्रष्टाचार मामिलामा ज्योतिप्रिय मलिक जमानीमा छुटेका छन्। बुधवार विशेष प्रवर्तन निदेशालय (ईडी) न्यायालयले राज्यका पूर्व मन्त्रीलाई जमानीमा छाड़ेको हो। प्राप्त जानकारी अनुसार 50 हजार रुपियाँको जमानी बोण्ड र 50 लाख रुपियाँको व्यक्तिगत बोण्डमा तिनलाई जमानी दिइएको छ। 2023 को अक्टोबर 27 मा राशन भ्रष्टाचार मामिलामा मलिकलाई पक्राउ गरिएको थियो। दुईपटक हिरासतमा बसेपछि तिउनलाई प्रेसिडेन्सी केन्द्रीय सुधार गृहमा राखिएको थियो। तर पक्राउ परेपछि पूर्व मन्त्री बिरामी परेका थिए। बिरामी भएपछि जेल अस्पतालका चिकित्सकहरूको सल्लाहमा तिनलाई एसएसकेएममा भर्ना गरिएको थियो। जमानीको माग गर्दै पूर्व मन्त्री कलकत्ता उच्च न्यायालयको शरणमा पुगेका थिए। यस मामिलामा पहिले नै चामल मिल व्यवसायी बाकिबुर रहमान, बनगाँउका…
Read More
सड़क दुर्घटना रोक्ने मागमा भाजपाको विरोध प्रदर्शन

सड़क दुर्घटना रोक्ने मागमा भाजपाको विरोध प्रदर्शन

सिलगढ़ीको इष्टर्न बाइपास धारावाहिक सड़क दुर्घटनाको हटस्पट बनिरहेको छ साथै धेरै मानिसहरूको ज्यान पनि गइसकेको छ। त्यसकारण डाबग्राम-फूलबारी समष्टिकी विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाले 1 घण्टा सड़क अवरोध गर्दै प्रशासनबाट तुरन्त कार्वाहीको माग गरेको छ।भाजपाको सड़क अवरोध कार्यक्रम सोमवारको सड़क दुर्घटनापछि गरिएको हो जहाँ एक 5 वर्षीय बालकको मृत्यु भएको थियो। उक्त दुर्घटना सोमवार इष्टर्न बाइपासको भारी मोड़मा भएको थियो। उक्त क्षेत्रमा लगातार सड़क दुर्घटना भइरहेको हुँदा स्थानीय नेताहरूको सड़कमा उत्रन बाध्य बनेका छन्। बुधवार विधायक शिखा च्याटर्जी अनि भाजपा कार्यकर्ताहरूले घटनास्थलमा भेला भएर धारावाहिक सड़क दुर्घटनालाई रोकथाम गर्न पहल गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। यसभन्दा पहिले विधायकले इष्टर्न…
Read More
ढुङ्गा बोकेका ट्रकहरू बङ्गलादेश प्रस्थान

ढुङ्गा बोकेका ट्रकहरू बङ्गलादेश प्रस्थान

आइतवार फूलबारी सीमामा उत्सवको माहोल देखियो। लामो समयपछि भारतको ढुह्गा बोकेको ट्रकको चक्का बङ्गलादेशतर्फ बढ्यो। आज अपराह्नसम्म भारतबाट 63 वटा ढुङ्गा बोकेको ट्रक र 4 वटा चामल बोकेको वाहनसहित 67 वटा वाहनहरू बङ्गलादेशतर्फ प्रस्थान गरेका छन्। यसकारण इद अनि दुर्गा पूजामा जस्तै स्थानीय मानिसहरू उत्साहित देखिए। दिउँसो 1 बजी नरिवल फुटाएर यस यात्राको शुभारम्भ गरियो। यसरी निरन्तर चलिरहे स्थानीय अर्थतन्त्रले फेरि गति लिने धेरै बताए। फूलबारी एक्सपोर्टर युनियनका अध्यक्ष जमिर बादशाहले भने, झण्डै तीन वर्ष लामो सङ्घर्ष आज (आइतवार) सफल भयो। यहाँका हजारौँ गाड़ी मालिकहरूमा फेरि आशा जागेको छ। साथै हजारौँ चालक र सहचालकहरूको रोजगार पनि कायम हुनेछ।फूलबारीका व्यापारी शुभङ्कर…
Read More
दार्जीलिङ पहाड़मा हिउँ पर्ने सम्भावना

दार्जीलिङ पहाड़मा हिउँ पर्ने सम्भावना

यसपल्ट सङ्क्रान्तिमा मौसम कस्तो रहला? पौष महीना लगभग अन्त्यतिर छ। सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ। तर अझसम्म खासै चिसो परेको छैन। चिसोले राज्यवासीलाई निरुत्साहित गर्न सकेको छैन। सङ्क्रान्तिमा के साँच्चै हाड़ कमाउने जाड़ो पर्नेछ? यो विषय धेरैको मनमा चलिरहेको छ। तर यसपल्ट पनि मौसम विभागले खुशीको खबर दिन सकेन। पश्चिमी वायुको प्रभावले फेरि उत्तरतिर चिसो हावा अवरुद्ध हुनेछ। त्यसैले यसपल्ट सङ्क्रान्ति पनि न्यानै हुनेछ। तर दार्जीलिङमा भने हिउँ पर्ने सम्भावना छ।मौसम विभागअनुसार शनिवारसम्म बङ्गालमा जाड़ोको प्रभाव रहनेछ। सङ्क्रान्तिअघि नै उत्तर-पश्चिम भारतमा पश्चिमी वायु प्रवेश गर्नेछ। पौष सङ्रागान्तिको कठ्याङ्ग्रिने चिसोमा यस वायुले अवरोध पुर्यााउन सक्छ। शुक्रवार दक्षिण बङ्गालका…
Read More