Paromita

119 Posts
पछिल्ला 12 घण्टामा 12 पल्ट भूकम्प सिक्किममा

पछिल्ला 12 घण्टामा 12 पल्ट भूकम्प सिक्किममा

पश्चिम सिक्किमको गेजिङ क्षेत्रमा लगभग 10 किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। सिक्किमसितै दार्जीलिङ, कालेबुङ, सिलगढ़ी अनि जलपाइगढ़ीका विस्तृत क्षेत्र थर्कमान बने। बिहीवार मध्य रातिदेखि शुक्रवार दिउँसोसम्म 12 घण्टाभित्र सिक्किममा कम्तीमा 12 पटक भुइँचालोको कम्पन अनुभव गरिएको छ। उत्तर बङ्गालका विभिन्न जिल्लाहरूमा पनि भूकम्प अनुभव गरियो। तर हालसम्म क्षति वा मानवीय क्षतिको कुनै समाचार प्राप्त भएको छैन।शुक्रवार राति 1 बजेर 9 मिनट जाँदा सिक्किमको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म भुइँचालोको कम्पन अनुभव गरियो। रिक्टर स्केलमा कम्पनको तीव्रता 4.5 मापन गरिएको थियो। पश्चिम सिक्किमको गेजिङ क्षेत्रमा जमीनदेखि लगभग 10 किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। सिक्किमसितै दार्जीलिङ, कालेबुङ, सिलगढ़ी अनि जलपाइगढ़ीका…
Read More
राज्यको अन्तरिम बजेट प्रस्तुत

राज्यको अन्तरिम बजेट प्रस्तुत

अपेक्षाअनुसार अन्तरिम बजेटमा लक्ष्मी भण्डार योजनाको बजेट बढ़ाइएको छ। अब लक्ष्मी भण्डारको रूपमा मासिक भत्ता 500 रुपियाँले बढ्ने भएको छ। सामान्य वर्गका महिलाहरू जसले हालसम्म 1000 रुपियाँ भत्ता पाउँदै थिए अब 1500 रुपियाँ पाउनेछन्। अर्कातिर अनुसूचित जाति तथा अनुसूचित जनजातिका महिलाहरूले 1200 रुपियाँको साटो 1700 रुपियाँ भत्ता पाउनेछन्। लक्ष्मी भण्डार योजनाको भत्ता बढ्ने विषयमा पहिले नै लगभग निश्चित थियो। चुनाउअघि राज्य सरकारको यो प्रमुख हतियारमध्ये एक मानिन्छ। त्यसअनुसार बजेट प्रस्तुतीकरणको आरम्भमै अर्थ राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यले लक्ष्मी भण्डारको भत्ता वृद्धि गर्ने घोषणा गरिन्। राज्यको सबैभन्दा लोकप्रिय सामाजिक सुरक्षा योजना लक्ष्मी भण्डारमा एकैचोटि 500 रुपियाँ भत्ता बढ़ाउने निर्णय सरकारले गरेको हो। अर्थ…
Read More
एटीएमबाटै दम्पत्तीसित ठगी

एटीएमबाटै दम्पत्तीसित ठगी

केही असावधानी अनि सबै समाप्त! एउटा सरकारी ब्याङ्कको एटीएम काउण्टरबाट पैसा निकाल्न जाँदा अचम्मको तरिकाले ठगीको जालमा परे एक प्रौढ़ दम्पत्ती। बुधवार दिउँसो यो घटना मालबजार शहरको मुटु मानिने क्यालटेक्स मोड़मा भएको हो। उक्त दम्पत्तीले जम्मा 17 हजार रुपियाँ गुमाएको छ। दिउँसै शहरको महत्त्वपूर्ण क्षेत्रमा यसरी ठगी भएको घटनाले क्षेत्रमा त्रास फैलिएको छ। शहरको चार नम्बर वार्डका वासिन्दा तथा मालबजार नगरपालिकाका कर्मचारी प्रशान्त भौमिक र तिनकी पत्नी लिपि भौमिक बुधवार दिउँसो उक्त एटीएम काउण्टरमा पुगेका थिए। तिनीहरूले बताएअनुसार पहिले एटीएम कार्ड हालेर 10 हजार रुपियाँ निकालेका थिए। सोही रकम निकाल्नकै लागि तिनीहरू त्यो दिन एटीएममा आएका थिए। त्यसपछि कार्ड निकाल्ने…
Read More
दार्जीलिङ सुन्तलाको गरिमा फर्काउन अनुसन्धान

दार्जीलिङ सुन्तलाको गरिमा फर्काउन अनुसन्धान

तीन दशक लामो उपेक्षापछि रूप, रस र सुगन्ध गुमाउँदै सङ्कटमा परेको पहाड़की रानी दार्जीलिङ सुन्तलाको उत्पादन अहिले घट्दै गइरहेको छ। सुन्तलाको पुरानो गरिमा फर्काउन उत्तर बङ्गाल कृषि विश्वविद्यालय सक्रिय भएको छ। यस उद्देश्यका लागि विश्वविद्यालयले अनुसन्धान आरम्भ गरेको छ। यस क्रममा दार्जीलिङ पहाड़का विभिन्न क्षेत्र भ्रमण गरी रोगमुक्त सुन्तला बोटबाट टिस्यु अर्थात् कोषिका सङ्कलन गरिएको छ।उत्तर बङ्गाल कृषि विश्वविद्यालय कोचबिहार जिल्लाको पुण्डिबारीमा अवस्थित छ। विश्वविद्यालयका उपकुलपति देवव्रत बसुले दार्जीलिङ सुन्तलाको पुरानो गरिमा फर्काउने पहल आरम्भ गरिएको जानकारी दिएका हुन्। तिनीअनुसार रोगमुक्त नयाँ सुन्तलाका बिरुवा उत्पादन गर्नका लागि अनुसन्धान थालिएको हो र केही वर्षभित्रै यसमा सफलता प्राप्त हुने आशा गरिएको छ।चिया…
Read More
144 वर्षको कीर्तिमान तोड्दै टोय ट्रेन

144 वर्षको कीर्तिमान तोड्दै टोय ट्रेन

दार्जीलिङ हिमालयन रेल(डीएचआर) ले अहिलेसम्मकै सबैभन्दा ठूलो आम्दानीको कीर्तिमान स्थापित गरेको छ। यसले विगत 144 वर्षको रेकर्डसमेत पार गरेको छ। यस उपलब्धिले पर्यटन क्षेत्र निकै उत्साहित भएको छ। यस सफलताका लागि पर्यटन व्यवसायी, होटल व्यवसायीदेखि पहाड़वासीसम्म सबैलाई उत्तर–पूर्व सीमान्त रेलअन्तर्गत दार्जीलिङ हिमालयन रेल प्राधिकरणले धन्यवाद दिएको छ। यस विषयमा दार्जीलिङ हिमालयन रेलका निर्देशक ऋषभ चौधरीले भने, 2024 को तुलनामा 2025 मा डीएचआरले सबै प्रकारका ऐतिहासिक रेकर्ड तोड्दै आम्दानी गरेको छ। साथै स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा पनि नयाँ कीर्तिमान बनेको छ।डीएचआर सूत्रअनुसार कोरोना महामारीअघि पर्यटकलाई सेवा दिन रेल प्राधिकरणले अनुदान दिँदै आएको थियो। तर त्यसपछि हेरिटेजको मान्यता प्राप्त गरिसकेपछि यस…
Read More
मिरिक क्षेत्रका तीन समष्टि प्रतिनिधिहरूको सहभागितामा चुनाउ सभा

मिरिक क्षेत्रका तीन समष्टि प्रतिनिधिहरूको सहभागितामा चुनाउ सभा

आगामी विधानसभा चुनाउलाई ध्यान राख्दै मिरिक महकुमाअन्तर्गत इण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक महत्त्वपूर्ण चुनाउ सभा सम्पन्न भएको छ। उक्त सभामा मिरिक क्षेत्रका 23, 24 अनि 25 नम्बर समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा पार्टीका केन्द्रीय सदस्यहरू प्रशान्त लामा र रोजेस थापा साथै श्रमिक सङ्गठनका केन्द्रीय उपाध्यक्ष अनिल रानाको विशेष उपस्थिति रहेको थियो।सभामा सङ्गठनलाई प्रत्येक समष्टिको बूथ तहसम्म विस्तार गर्ने साथै पार्टी तथा पार्टीका प्रमुख अजय एडवर्ड्सको राजनीतिक दृष्टिकोण, नीति र दृष्टिकोणलाई गाउँ–गाउँ र जन–जनसम्म पुर्यावउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरियो। सभाका वक्ताहरूले चुनाउ तयारीलाई अझ सशक्त बनाउँदै सङ्गठनात्मक एकता, जनसम्पर्क विस्तार र श्रमिक तथा जनसाधारणको…
Read More
सिलगढ़ीमा माध्यमिक परीक्षा शान्तिपूर्ण

सिलगढ़ीमा माध्यमिक परीक्षा शान्तिपूर्ण

पश्चिम बङ्गालभरि सोमवारदेखि माध्यमिक परीक्षा आरम्भ भएको छ। सिलगढ़ीका विभिन्न परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा प्रक्रिया आरम्भ भयो। परीक्षार्थीहरू बिहानैदेखि तोकिएका निर्देशिका पालना गर्दै परीक्षामा सहभागी भए।कानून–व्यवस्था कायम राख्न सबै परीक्षा केन्द्रहरूमा पुलिस तैनाथ गरिएको थियो। परीक्षार्थीहरूलाई केन्द्रसम्म पुग्न कुनै कठिनाइ नहोस् भनी बिहान 8 बजीदेखि शहरका विभिन्न ट्राफिक बिन्दुहरूमा ट्राफिक पुलिस तैनाथ गरिएको थियो। केही घटनामा गलत परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीहरूलाई ट्राफिक पुलिसले सहयोग गर्दै सही केन्द्रसम्म मार्गदर्शनसमेत गरेको थियो।परीक्षाको पहिलो दिन केन्द्रबाहिर धेरै अभिभावकहरू प्रतीक्षारत देखिए। परीक्षा स्थलहरूबाहिर बोर्डद्वारा जारी निर्देशन सूचना टाँसिएको थियो। दार्जीलिङ जिल्ला माध्यमिक बोर्डका संयोजक सुप्रकाश रोयले परीक्षा सुचारु रूपमा सम्पन्न गराउन प्रशासनले पूर्ण सहयोग…
Read More
एसआईआर सुनुवाइमा चरम समस्या

एसआईआर सुनुवाइमा चरम समस्या

धुलोले ढाकिएको मैदान, शिरमाथि कड़ा घाम। पिउने पानी र शौचालयको अभाव। यस्तै अव्यवस्थाबीच एसआईआर सुनुवाइ प्रक्रिया सम्पन्न भयो डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा। तीन बत्तीनजिक टिस्टा ब्यारेज मैदानमा रहेको शिविरमा पछिल्ला केही दिनदेखि हजारौँ मानिसहरूको भीड़ लागे पनि अव्यवस्था चरम अवस्थामा थियो। विशेष गरी महिला र तिनीहरूसित आएका बालक-बालिकाले बढ़ी समस्या भोग्नु परेको थियो। यस उदासीनताप्रति आक्रोशित भएर मतदाताहरूले क्षोभ प्रकट गरे।17 जनवरीदेखि आरम्भ भएको यस सुनुवाइमा सिलगढ़ी नगर निगमका 31 देखि 44 नम्बर वार्डसहित डाबग्राम–फूलबारीका चारवटा पञ्चायत क्षेत्रका लगभग 30 हजार मानिसहरूलाई बोलाइएको थियो। तर जनसङ्ख्याको अनुपातमा व्यवस्थापनको अभाव स्पष्ट देखिन्थ्यो। आइतवार सुनुवाइको अन्तिम दिन थियो। दिउँसो बित्दै जाँदा अव्यवस्था चरममा…
Read More
दार्जीलिङ चियाप्रति उदासीन बजेट

दार्जीलिङ चियाप्रति उदासीन बजेट

बजेटमा उत्तर बङ्गालको अर्थतन्त्रको मेरुदण्ड मानिने चिया उद्योगका लागि केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले एक शब्द पनि खर्चिनन्। यसले चिया उद्योग क्षेत्रलाई निराश बनाएको छ। आइतवार लगातार नवौँपटक वित्त मन्त्रीले बजेट प्रस्तुत गरिन्। अन्य उद्योगहरूसितै राज्यको चिया क्षेत्र पनि आइतवारको बजेटतर्फ आशा गरेको थियो। सङ्कटग्रस्त चिया उद्योगका लागि कुनै विशेष प्याकेज, अनुदान वा कर छुटको घोषणा हुने अपेक्षा थियो। तर सबै आशामाथि पानी हालेर चिया भण्डारमा प्राप्ति शून्य नै रह्यो।हाल उत्तर बङ्गालमा 334 वटा चियाबारी सञ्चालनमा छन् जहाँ लगभग साढ़े चार लाख श्रमिक कार्यरत छन्। वार्षिक लगभग 30 करोड़ किलो चिया उत्पादन हुन्छ। चिया उद्योगपतिहरूले चियाको न्यूनतम मूल्य निर्धारण, कर…
Read More