Editor

5003 Posts
अब विश्वको सय देशमा युट्युब सटर्स उपलब्ध

अब विश्वको सय देशमा युट्युब सटर्स उपलब्ध

युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिकामा बेटा भर्सन उपलब्ध गराएपछि अब युट्युबले आफ्नो टिकटक जस्तो फिचरलाई विश्वका सय अरु देशमा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले शर्ट्स फिचर ल्याउँदा सबैले शर्ट्स हेर्न सक्छन् । तर केही देशले मात्रै शर्ट्स खिच्ने र एडिट गर्ने टूलहरुको पहुँच पाएका थिए ।  अब भने यो सबै फिचर युट्युबले सबै प्रयोगकर्तालाई दिने भएको छ । महिनौँसम्म परीक्षण गरेपछि युट्युबले जुलाई देखि सबै प्रयोगकर्तालाई तीन मिनेटसम्म लामो भिडियो रेकर्ड गर्न दिने भएको छ । यसले प्रयोगकर्ताहरुलाई खानेकुराको र मेकअपको भिडियो बनाउन सजिलो हुने कम्पनीको विश्वास रहेको छ…
Read More
युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु

युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु

लण्डनको बेम्बलीमा भएको युरोकप २०२० फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै इटालीले उपाधि जितेसँगै युरोकप समाप्त भएको छ।  एक महिनाभर चलेको युरोकपमा इटालीले ३४ पटक अपराजित रहँदै दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भएका छन् । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् ।  कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना भएको थियो । १२ जुनबाट सुरु भएको यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो । जसलाई ६ समूहमा विभाजन गरिएको गरिएको थियो।  युरोकप २०२० मा कुल ५१ खेलहरु भए जसमा १६ वटा पेनाल्टी…
Read More
सौरवको बायोपिकमा रणवीर कपूर

सौरवको बायोपिकमा रणवीर कपूर

क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको कप्तान भइसकेका छन् । पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसकेका छन् । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने यो फिल्मको शीर्ष भूमिकामा अभिनेता रणवीर कपूरको नाम चर्चामा छ । सौरव आफैंले समाचारको पुष्टि गरेका छन् । ‘हो, मैले बायोपिकका लागि मञ्जुरी दिइसकेको छु । यो फिल्म हिन्दी भाषामा हुनेछ । मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ । सबै कुरा फाइनल…
Read More
भारतकी पहिलो कोरोना संक्रमित पुनः भइन् संक्रमित

भारतकी पहिलो कोरोना संक्रमित पुनः भइन् संक्रमित

भारतमा सबैभन्दा पहिला कोरोना भाइरसद्वारा संक्रमित हुने महिला एकपटक पुनः यो भाइरसको चपेटामा आएकी छिन् । सामाचार एजेन्सी पिटिआईका अनुसार यी महिला एक मेडिकलकी छात्रा हुन् जसको आरटीपीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केरलको थ्रिसूर जिल्लाको डीएमओ डा. के जे रीनाले समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै यसबारे पुष्टि गरेकी हुन् । डा. रीनाले भनिन्, ‘उनी एकपटक पुनः कोभिड १९ द्वारा संक्रमित भएकी छिन् । उनको आरटी–पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ र उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । ’ ऊहानमा पढिरहेकी थिइन्ः एकपटक पुनः कोरोनाद्वारा संक्रमित भएकी मेडिकलकी विद्यार्थी सन् २०२० मा…
Read More
एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।

एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।

गुओ गाङ्टाङले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए। दुई वर्षको उमेरमा उनका छोरालाई शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण गरेका थिए। ५१ वर्षका बाबुको शनिवार छोरासँग पुनर्मिलन भएको बताइएको छ। सन् २०१५ मा हङकङका सुपरस्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बालबालिका अपहरण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अपहरणमा पर्ने जनाइएको छ। चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डीएनए परीक्षणका आधारमा प्रहरीले उनको छोरा पत्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका…
Read More
फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’ केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए । आइतबार साँझ नै शान्तिनगरमा केपी ओलीको पक्षमा शक्ति–प्रदर्शन गरेका युवा संघ नेपालका नेता–कार्यकर्ता सोमबारको फैसलापछि सडक तताउन तम्तयार थिए । बिहानैदेखि राजधानीका मुख्य चोकमा जम्मा भएर फैसला कुरिरहेका उनीहरू एक बजेदेखि साँझसम्म सडकमै थिए । युवा संघका एक नेताले अनलाइनखबरलाई बताएअनुसार आइतबारदेखि नै सडक तताउने योजना बनिसकेको थियो । विशेष गरेर युवा संघ…
Read More
अमेरिकाले दिएको खोप भोलिबाट लगाइने

अमेरिकाले दिएको खोप भोलिबाट लगाइने

सरकारले कोभ्याक्समार्फत् अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप मंगलबारदेखि नै लगाइने भएको छ । अमेरिकाले दिएको जोनसन खोप अभियान भोलिबाट सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ । जोनसन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अतिअशक्त अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने भएको हो । योसँगै चीनबाट खरिद गरिएको भेरोसेल खोपको पनि अभियान शुरु हुने  विभागले जनाएको छ । खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिमा कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी, विश्वविद्यालयका प्राध्यापक‚…
Read More
‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

 कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो। त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेयमारले फेरि पनि मेस्सीसँग खेल्ने इच्छा रहेको पटक पटक बताउँदै आएका छन् । कोपाको सफलताका लागि मेस्सीलाई बधाई दिएको भन्दै नेयमारले इन्स्टाग्राममार्फत भावुक सन्देश दिएका छन् । ‘हारले दुःखी बनाएको छ । अहिले सम्म पनि म त्यसबाट बाहिर निस्कन सकेको छैन’, उनले भनेका छन्, ‘हिजो म…
Read More
सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

भारतीय शहर जयपुर में बिजली गिरने से कम से कम 11 लोगों की मौत हो गई है। रविवार की घटना में कई लोग घायल हो गए हैं। पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ। त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ। सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ। एक जना वरिष्ठ प्रहरी अधिकारीले सञ्चारकर्मीहरूलाई बताए अनुसार किल्ला पर्यटकहरू माझ चर्चित छ। उनका अनुसार मृत्यु हुनेमा अधिकांश युवाहरू छन्। राजस्थानका विभिन्न स्थानमा आइतवार नै चट्याङका कारण…
Read More
मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

हिल तृणमूल कङ्ग्रेसले मोदी सरकारको नीति विरुद्ध शहरमा विरोध प्रदर्शन गन्यो । यहाँको पार्टी कार्यालयबाट निक्लेको टीएमसीको लीले शहरको परिक्रमा गरेर यहाँको डम्बर चोकमा पुगेर उक्त विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा हिल टीएमसी कालेबुङ एसेम्बली संयोजक सुमन गुरुङ, युवा मोर्चा अध्यक्ष सुमित छेत्री आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो पत्रकारहरूलाई सम्बोधन गर्दै सुमन गुरुङले केन्द्र सरकारको नीति विरूद्ध सम्पूर्ण बङ्गालभरि नै विरोध प्रदर्शन भइरहेको बताउँदै कालेबुङका विभिन्न क्षेत्रहरूमा टीएमसीले विरोध प्रदर्शन गरिरहेको बताए । उनले भने, भाजपा नेतृत्वाधीन केन्द्र सरकारले कोरोनाको महामारीमा जुन प्रकारले महँगाई बढ़ाएर लगिरहेको छ त्यसको विरोध गर्न आज टीएमसी सड़कमा उत्रेको हो…
Read More