18
Jul
टोकियो ओलम्पिक शुरु नहुँदै रंगभेदी दुर्व्यवहार भने शुरु भइसकेको छ। कुनै पनि अन्तराष्ट्रिय खेलकुदमा रंगभेदी दुर्व्यवहारको विषय नौलो होइन, र फुटबलमा त यी दुःखद घटना घटी नै रहन्छन्। ओलम्पिक खेल शुरु हुनु अगाडी शनिवार जर्मनी ओलम्पिक फुटबल टोलीले होन्डुरसको युवा टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। दोस्रो हाफको ८५औं मिनेटको खेल चलिरहँदा जर्मनी टोली एक्कासी मैदान छाड्न बाध्य भयो। जापानको ‘वाकायामा’मा खेलिएको अभ्यास खेलको निर्धारित ९० मिनेटको समय सक्किन ५ मिनेट अगावै जर्मन टोलीले मैदान छाड्यो। कारण, रंगभेदी दुर्व्यवहार। जर्मन रक्षक जोर्डन टोरुनारिघा माथि रंगभेदी दुर्व्यवहार भएको थियो। खेल १-१ को स्थितिमा हुँदा सो घटना घटेपछि जर्मन फुटबल फेडेरेसनले औपचारिक…
