Editor

5003 Posts
एनएच ५५ खोल्न तीन-चार दिन लाग्ने

एनएच ५५ खोल्न तीन-चार दिन लाग्ने

महानदीमा पैहो गएर बन्द भएको एनएच ५५ बिहीवार पनि सुचारु हुन सकेन । रेल ट्याकदेखि माथिल्तिर भित्ता काटेर ससाना गाड़ीहरू छिर्न सक्ने मार्ग बनाउने भनिए पनि बिहीवारसम्म एनएच ५५ खोलिएन । बिहीवार दिउँसो एनएचका चिफ इञ्जिनियर, आरओ, एसी आएर एनएच ५५ अन्तर्गत महानदीको चिउरी भीरमा गएको पैह्रोको निरीक्षण गरेका छन्। अधिकारीहरूले निरीक्षण गरेपछि ३-४ दिनमा साना गाडीहरू छिर्न सक्ने बाटो बनाउने भएको छ। दिउँसो लगभग २.३० बजी एनएचका अधिकारीहरू आएर पैह्रोको निरीक्षण गरे। निरीक्षणपछि रेल ट्र्याकको माथिल्तिर भित्ता काटेर बाटो खोल्ने अनुमति दिइएको जानकारी प्राप्त भएको छ। बाटो खोल्न आज पैहोको माथिल्तिर फाँड़फुड़ गरेर राखिएको थियो तर काम भने आरम्भ…
Read More
मुख्यमन्त्री ममता ब्यानर्जी आइतवार उत्तर बङ्गाल आउने

मुख्यमन्त्री ममता ब्यानर्जी आइतवार उत्तर बङ्गाल आउने

वर्षाले पहाड़ र समतलमा गरेको क्षयक्षतिको जानकारी लिन साथै उत्तर बङ्गालका विभिन्न जिल्लाको प्रशासनिक बैठक गर्न मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो आइतवार पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा सिलगढ़ी आउनेछिन् । यो अवधि तिनले उत्तर बङ्गालका विभिन्न जिल्लाका प्रशासनिक अधिकारीहरूसित सिलगढ़ी अनि खरसाङमा बैठक गर्ने जानकारी छ। पहाड़को दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न ठाउँमा पैहो गएर सड़क मार्गहरू बाधित भएका छन् साथै धेरै क्षयक्षति भएको छ भने समतल र डुवर्सका जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा पनि पानीले धेरै क्षति गरेको छ पहाड़ र समतलको यस्तो परिस्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा आइरहेकी छन् । तिनी २४…
Read More
PropTiger.com ले मेगा अफलाइन प्रोपर्टी एक्सपो “राइट टू होम” को शुभारम्भ गर्नुभयो

PropTiger.com ले मेगा अफलाइन प्रोपर्टी एक्सपो “राइट टू होम” को शुभारम्भ गर्नुभयो

भारतको अग्रणी अनलाइन रियल एस्टेट कम्पनी PropTiger.com भोलिदेखि २३-२४ अक्टोबरमा कोलकातामा पर्व अफलाइन वार्षिक सम्पत्ति कार्यक्रम, 'राइट टू होम' को अनावरण गर्ने छ। फेयरफील्ड मा आयोजित गर्न को लागी, आरईए भारत स्वामित्व वाली कम्पनी द्वारा वार्षिक कार्यक्रम खुशी को शहर मा घर खरीदारहरु लाई भारत मा प्रमुख विकासकर्ताहरु संग आमनेसामने गर्न को लागी सबै भन्दा राम्रो उत्सव प्रस्ताव हान्न को लागी प्रदान गर्दछ। यस वर्ष दुई दिनको कार्यक्रममा गोदरेज, श्रीराम, इमामी, अम्बुजा, मर्लिन सिद्ध, अल्कोभ र शापूरजी लगायत शहरका अग्रणी घर जग्गा विकासकर्ताहरु द्वारा आवास परियोजनाहरु प्रस्तुत गरिनेछ।
Read More
केरलको बाढ़ी र पैहोमा २१ मरे बङ्गालमा मुसलधारे वर्षाको पूर्वानुमान

केरलको बाढ़ी र पैहोमा २१ मरे बङ्गालमा मुसलधारे वर्षाको पूर्वानुमान

दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, अलिपुरद्वारलगायत उत्तर बङ्गालका जिल्लाहरूमा सोमवार मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। अलिपुर मौसम विज्ञान विभागले जनाए अनुसार उत्तर बङ्गालका जिल्लाहरूमा मङ्गलवार वृष्टिको परिमाण अझ बढ़ने सम्भावना छ । उत्तर बङ्गालका कोचबिहार, मालदा र दुवै दिनाजपुर जिल्लामा अत्यधिक वर्षाको पूर्वानुमान गरिएको छ । जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा बुधवार पनि पानी पर्नेछ । दक्षिण बङ्गालका कलकत्तालगायत क्षेत्रहरूमा शनिवारदेखि नै पानी परिरहेको छ। आइतवार बिहानदेखि घाम लागे पनि दिन छिपिदै जाँदा आकाश कालो बादलले ढाकिँदै गयो अनि मध्याहदेखि कलकत्तालगायत विभिन्न ठाउँमा वर्षा भयो। मौसम विज्ञान विभागले जनाएअनुसार कलकत्ता र संलग्न क्षेत्रहरूमा सोम बार पनि ३०-४० किलोमिटर प्रति घण्टाको वेगले हावा…
Read More
कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भइरहेको छ : केन्द्रिय मंत्री

कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भइरहेको छ : केन्द्रिय मंत्री

कांग्रेस पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले आइतवार ट्रीट गरेर दक्षिण एसियामा इस्लामिक एजेन्डाले काम गरिरहेको बताएका छन् । जम्मुकश्मीरमा गैर मुसलमानहरूको हत्या तथा बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई सन्दर्भ बनाएर उनले ट्वीट गरेका हुन् । उनले लेखे, 'कश्मीरमा गैरमुसलमानको हत्या, बंगलादेशमा हिन्दूहरूको हत्या र पुंछमा नौ जवानको हत्यामा कुनै लिंक छ? शायद छ। दक्षिण एसियामा ठूलै इस्लामिक एजेन्डाले काम गरिरहेको छ।' कश्मीरमा केही दिनयता आतंकवादीहरूले त्रास फैलाउनका लागि सर्वसाधारणलाई तारो बनाइरहेका छन् । ती सबै मानिस गैरमुस्लिम थिए । त्यसपछि सुरक्षाबलहरूले आतंकवादीहरूका विरुद्ध कारवाही चर्काएका छन् बंगलादेशमा हिन्दूहरू तथा मन्दिरहरूलाई तारो बनाइँदैछ । एउटा हल्ला चलेपछि त्यहाँ दुर्गापूजाका…
Read More
इस्कन मन्दिरमा भएको आक्रमणको प्रतिवाद

इस्कन मन्दिरमा भएको आक्रमणको प्रतिवाद

बङ्गालदेशको नोवाखालीमा भएको घटनाबारे आइतवार सिलगढ़ी इस्कन मन्दिरमा मौन प्रतिवाद पालन गरियो । उल्लेखनीय छ, बङ्गलादेशको नोवाखालीको इस्कन मन्दिरमा नृशंस रूपमा दुईजना भक्तको हत्यासहित दुर्गा माताको मूर्ति तोड़फोड़ र पण्डाल भत्काइएको थियो । उक्त घटनाको प्रतिवाद जनाउँदै आइतवार सिलगढ़ीको इस्कन मन्दिरको भक्तहरूले कालो मास्क लगाएर मौन प्रतिवाद पालन गरेका छन् । भक्तहरूले हातमा प्ला कार्ड लिएर प्रतिवाद जनाउँदै दुष्टहरूलाई कड़ा सजाय दिनुपर्छ भन्ने माग गरेका छन् । सिलगढ़ी इस्कन मन्दिर कमिटी अध्यक्ष अखिल आत्मप्रिय दासले भने, नोवाखालीमाको इस्कन मन्दिरमा दुर्गा पूजाको समय भएको घटना निन्दनीय छ। दुष्टहरूले पूजाको समय मन्दिर परिसरमा पसेर निक्कै ताण्डव मच्चाएका थिए। मूर्ति तोड़फोड़को घटनामा संलग्न…
Read More
युवा खेलाड़ीहरूलाई जीतको श्रेय दिए भारतीय कप्तानले भारत आठौंपल्ट साफ कप च्याम्पियन

युवा खेलाड़ीहरूलाई जीतको श्रेय दिए भारतीय कप्तानले भारत आठौंपल्ट साफ कप च्याम्पियन

चम त्कारी कप्तान सुनिल छेत्रीले साफ फूटबल च्याम्पियनशीपमा पाँच गोल गरेर भारतलाई आठौं खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि उनले जीतको श्रेय टोलीका युवा खेलाडीहरूलाई दिए। गत दश सालमा भारतका शीर्ष खेलाडी रहने ३७ वर्षीय सुनिलले शनिवार राति नेपाल विरुद्ध फाइनलमा पहिलो अनि आफ्नो करियरको ८०औं अन्तरराष्ट्रिय गोल गरी महान खेलाड़ी पेलेलाई पछि छोड़ेर लियोनल मेस्सीको बराबरी गरे। अखिल भारतीय फूटबल महासङ्घ (एआईएफएफ) को विज्ञप्तिमा छेत्रीले भनेका छन्, युवाहरूलाई हेर्नुहोस्। उनीहरू सबैका निम्ति राम्रो लागिरहेको छ। यो उनीहरूका कठोर म हनतले गर्दा नै सम्भव हुन सक्यो। यहाँ आएर फाइनलसम्म पुग्न हामीलाई २० दिन लाग्यो । यस अवधि हामीले हरेक…
Read More
आजदेखि राज्यका सबै शिक्षण संस्थान खुल्ने

आजदेखि राज्यका सबै शिक्षण संस्थान खुल्ने

सिक्किममा १८ अक्टोबरदेखि सम्पूर्ण शैक्षणिक संस्थान खुलाउने राज्य सरकारले राज्य निर्णय लिएको छ गत १ अक्टोबरदेखि नवौं देखि १२औं श्रेणीसम्मका विद्यालय खोलिएको थियो भने कोरोना सङ्क्रमणको लहरमा कमी आएकाले सरकारले एलकेजीदेखि आठौं श्रेणीसम्मका विद्यालयलाई पनि १८ अक्टोबरदेखि खोल्ने निर्णय गरेको हो । राज्यको शिक्षा विभागले मङ्गलवार (१२ अक्टोबर) एउटा परिपत्र जारी गरेर १८ अक्टोबरदेखि सिक्किम सरकारको अधिनमा रहेका विद्यालय, राज्य सरकारबाट सहायताप्राप्त विद्यालय र निजी विद्यालय खोल्ने जानकारी गराएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुलाउँदा सरकारले एकैचोटी सबै विद्यार्थीलाई विद्यालयमा नबोलाएर कुल विद्यार्थीको ५० प्रतिशतका आधारमा कक्षा सञ्चालन हुनेछ भने यसमा अभिभावको पनि सहमति…
Read More
चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआन भन्छिन्, ‘महामारीमा गुणस्तरीय अनलाइन शिक्षा’

चीनकी प्रथम महिला फङ लीयुआनले कोरोना महामारी फैलिरहेको वर्तमान विश्वमा बालिका तथा महिलाको गुणस्तरीय शिक्षाका लागि दुईवटा सुझाव प्रस्तुत गरेकी छन् । युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत रहेकी चिनियाँ राष्ट्रपति सी चिन फिङकी श्रीमती फङले शुक्रबार बेजिडबाट सन् २०२१ संयुक्त राष्ट्रसंघ युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दै कोभिड १९ महामारीको यो अफ्ठ्यारो अवधिलाई पार लगाउन अझ धेरै शक्ति, अझ धेरै सावधानीका साथ बालिकाको निष्पक्ष तथा गुणस्तरीय शिक्षाका लागि अग्रसर हुनुपर्ने बताएकी हुन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार प्रथम महिला फङले दुईवटा सुझाव महत्वका साथ प्रस्तुत गरेकी हुन्।पहिलो, डिजिटल टेक्नोलोजीको पूर्ण प्रयोगमार्फत् उच्च गुणस्तरीय…
Read More
‘गोरखा’ फिल्मको पोस्टरमा अक्षय कुमारले खुकुरी बोकेको नमिलेपछि…

‘गोरखा’ फिल्मको पोस्टरमा अक्षय कुमारले खुकुरी बोकेको नमिलेपछि…

गत शुक्रबार अभिनेता अक्षय कुमारले आफ्नो ट्विटरमार्फत् नयाँ फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक गरेका थिए। उनको मुख्य अभिनय रहेको यो फिल्म युद्ध नायक मेजर जनरल इयान कार्डोजोको वास्तविक जीवनमा आधारित छ। अक्षयले फिल्मको पोस्टर सेयर गरेलगत्तै एक जना पूर्व सैनिक अधिकारीले पोस्टरमा देखाइएको खुकुरीमा रहेको त्रुटी औंल्याएका थिए। गोरखा फिल्मको पोस्टरमा अक्षय सैनिक पोशाकमा खुकुरी समातेको देखिन्छ। माज मणिक एम जोली नामका ती पूर्व सैनिक अधिकारीले पोस्टरमा खुकुरी गलत तरिकाले समातेको भन्दै अक्षयको ट्विटरमा टिप्पणी गरेका थिए। उनले लेखेका थिए, ‘प्रिय अक्षयजी, पूर्व गोरखा सैनिक भएको नाताले यो फिल्म बनाउन लाग्नु भएकोमा म तपाईंलाई धन्यवाद भन्न चाहन्छु। तर, विवरण सधैंं सही हुनुपर्छ, त्यसैले कृपया खुकुरीलाई राम्रोसँग देखाइदिनु होला। यो…
Read More