Editor

5003 Posts
आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला,

आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला,

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन् । आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान हुँदैछन् । शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि लगातार तयारी गर्र्दैछन् । उनले छोराको स्वागतका लागि घर सजाएका छन् । शाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ । उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन् । शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन् । शाहरुख खानको बंगलाको सजावट जारी नै छ । झिलीमिली बत्ती छतदेखि नै लगाइरहेको देख्न सकिन्छ । छोरा पक्राउ परेदेखि अत्यधिक तनावमा रहेकी गौरी खान छोरालाई घरमा नै प्रतीक्षा गरिरहेकी…
Read More
अनुहार सुन्निएपछि एक टन तौल भएको गैँडाको सीटी स्क्यान

अनुहार सुन्निएपछि एक टन तौल भएको गैँडाको सीटी स्क्यान

दक्षिण अफ्रिकामा पहिलो पटक एउटा जीवित वयस्क गैँडाको सीटी स्क्यान गरिएको छ। एउटा वन्यजन्तु आरक्षमा बस्ने एक टन तौल भएको उक्त भीमकाय गैँडाको अनुहार सुन्निएको देखिएपछि रोगको निदान गर्न पशुचिकित्सकहरूले सीटी स्क्यान गर्न लगेका थिए। परीक्षणले उसको दाँतको जरामा पीप जमेको पत्ता लाग्यो। चिकित्सकहरूले त्यो दाँत निकालेर फालिदिए। अहिले ऊ स्वस्थ भएको बताइएको छ।
Read More
भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड

भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड

पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ । तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो । टी २० विश्वकपमा दुई टिमबीच दुईपटक प्रतिस्पर्धा भएको छ र दुबै पटक न्युजिल्यान्ड विजयी भएको छ ।  २००७ को टी २० विश्वकपमा न्युजिल्यान्डले भारतलाई…
Read More
चर्चित अभिनेता पुनीत राजकुमारको निधन

चर्चित अभिनेता पुनीत राजकुमारको निधन

साउथ स्टार पुनीत राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनीतको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार बिहान जिम क्लबमा जिम गर्दागर्दै उनलाई एक्कासि हृदयघात भएको बताइएको छ । हृदयघातपछि उनलाई बैंग्लोरको विक्रम अस्पताल भर्ना गरिएको थियो बालकलाकारका रूपमा करिअर सुरु गरेका पुनीतले झण्डै १२ फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरेका छन् । पछि उनी कन्नड फिल्ममा सबैभन्दा महँगा अभिनेता बनेका थिए ।  पुनीत कन्नड फिल्मका सुपरस्टार डा. राजकुमारका छोरा हुन् । उनको निधनका कारण साउथ इण्डियन फिल्म इण्डस्ट्री शोकाकुल बनेको छ । 
Read More
फेसबुक: किन आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर मेटा बनायो?

फेसबुक: किन आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर मेटा बनायो?

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ। कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ। यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन। माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो। एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो। ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले "सुरक्षाभन्दा माथि नाफा" राखेको आरोप लगाएकी छन्। सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो। फेसबुकका प्रमुख मार्क…
Read More
आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी

आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन बिहीबार जमानतमा रिहा भएका छन्। बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको हो। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए। आर्यन छुटेकै साँझ उनको पक्षमा लडेका वकिलहरूको टोलीसँग शाहरूख खानको सामूहिक तस्बिर सार्वजनिक भएको छ। एउटा फोटोमा शाहरूख वकिलहरूसँग उभिएर मुस्कुराएर पोज दिएका छन्। फोटोमा उनकी म्यानेजर पूजा डडलानी पनि देखिएकी छन्। अर्को फोटोमा शाहरूख वकिलहरूको टोलीका साथै अरू केहीसँग देखिएका छन्।  वकिल सतिश मनेशिन्डे…
Read More
छठ पूजा र स्कूल खोल्नेबारे बीडीओ कार्यालयमा बैठक

छठ पूजा र स्कूल खोल्नेबारे बीडीओ कार्यालयमा बैठक

आउँदो १६ अक्टोबरको दिनदेखि सबै सरकारी स्कूलहरू कक्षा ९ देखि १२ सम्म अनि कलेज प्रतिष्ठानहरू खोलिने राज्य सरकारको निर्णयलाई ध्यानमा राखेर आज कालचिनी बीडीओ कार्यालयमा स्कूलका शिक्षकहरूलाई लिएर एउटा जरुरी बैठक सम्पन्न भयो । उक्त बैठकमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, पञ्चायत समितिको एसीओ अपूर्व रायको उपस्थितिमा बैठक शुरु भएको थियो। बैठकमा मुख्यमन्त्रीको घोषणा अनुरुप १६ अक्टोबरको दिनदेखि स्कूलहरू खोलिने भएकोले सम्पूर्ण कोभिड प्रोटोकललाई पालन गर्दै शिक्षकहरूले स्कूलको सरसफाई साथै सेनिटाइजेशन गर्ने कार्य सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले शिक्षकहरूलाई जनाएका थिए । स्कूल खोल्न अघि आगामी १२ अक्टोबरभित्रै स्कूलहरू सबै सेनिटाइजेशन एवम् स्कूल परिसरको सफाई…
Read More
राज्य सरकारले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेको छैन : गोले

राज्य सरकारले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेको छैन : गोले

राज्यको कुनै पनि सरकारी सम्पत्ति बिक्री नगरिएको मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले दावी गरेका छन्। बुधवार राजधानीको देउरालीस्थित एउटा खेल पूर्वाधारको उद्घाटनपछि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री गोलेले भने, राज्यको सरकारी सम्पत्तिहरू वर्तमान सरकारले बिक्री गरेको विपक्षी पार्टीहरूले जुन आरोप लगाइरहेका छन् यो सरासर गलत हो, हामीले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेका छैनौं । विपक्षीको आरोपको खण्डन गर्दै तिनले भने, पुरानो वेस्ट पोइण्ट स्कूल र साउथ वेस्ट ट्याक्सी स्ट्याण्डको जमीनमा पीपीई मोडमा एउटा राम्रो अनि बहुद्देश्य पूर्वाधार निर्माण भइरहेको छ, उक्त स्थानमा निजी कम्पनीले उक्त पूर्वाधार निर्माण गरेपछि चार तला ट्याक्सी स्ट्याण्डको निम्ति सरकारलाई दिने र यसको सुविधा…
Read More
ओप्पो ले भारतमा नयाँ ओप्पो ए५५ को लॉन्च गरेको छ ओप्पो ए५५ को मूल्य आईएनआर १५४९० मा शुरू हुन्छ

ओप्पो ले भारतमा नयाँ ओप्पो ए५५ को लॉन्च गरेको छ ओप्पो ए५५ को मूल्य आईएनआर १५४९० मा शुरू हुन्छ

ओप्पी ले ओप्पो ए५५ लाई भारतमा लॉन्च गरेको छ। एक बेजोड साँचो ५०एमपी एआई ट्रिपल क्यामेरा र ३डी कर्व्ड अति उत्तम डिजाइन को विशेषता सित, ओप्पो ए५५ मा आकर्षक लुक्स र एक शक्तिशाली क्यामेरा सेटअप रहेको छ। यसको ठुलो ५०एमपी  एआई क्यामेरा बाहेक, ओप्पो ए५५  ट्रिपल एच डी क्यामेरा सेटअप मा एक २एमपी बोकेह शूटर र एक २एमपी म्याक्रो स्नैपर पनि छ। आलराउन्डर ओप्पो ए५५ मा ५०००एमएएच लामो समय सम्म चल्ने ब्याट्री को सुविधा छ जसले लगभग ३० घण्टा को कल समय र २५ घण्टा सम्म  को म्यूजिक स्ट्रीमिंग को अनुमति दिन्छ। स्मार्ट फोन १८ वाट फास्ट चार्ज टेक्नोलोजीको साथमा…
Read More
रेकिट को एनडीटीभी डेटॉल बनेगा स्वास्थ्य इन्डिया अभियान

रेकिट को एनडीटीभी डेटॉल बनेगा स्वास्थ्य इन्डिया अभियान

विश्वको अग्रणी उपभोक्ता स्वास्थ्य र स्वच्छता कम्पनी र एनडीटीभी, भारतको सबैभन्दा विश्वसनीय समाचार नेटवर्क ले आफ्नो प्रमुख अभियान एनडीटीभी डेटॉल बनेगा स्वास्थ्य इन्डियाको साथमा, मुम्बईमा एक मेगा इवेन्टमा स्वस्थ भारत बाट सम्पन भारतको यात्राको घोषणा गरेको छ। लक्ष्मण नरसिम्हन, ग्लोबल सीईओ-रेकिट, अमिताभ बच्चन, बीएसआई-अभियान एम्बेसडर र असंख्य गणमान्य व्यक्तिहरु, सेलिब्रिटीहरु र मन्त्रीहरुले भारतीयहरुलाई एक स्वस्थ ग्रह र एक स्वस्थ भविष्य को कार्यक्रम को विषयवस्तु 'वन हेल्थ, वन प्लानेट, वन फ्यूचर' को लागी प्रोत्साहित गरे। बीएसआई २०२६ सम्ममा लगभग ४७-मिलियन मानिसहरु सम्म प्रत्यक्ष पहुँच पुगेर यसको प्रभाव तीन गुणा गर्न लक्ष्य राखेको छ। अभियानको लक्ष्य भारतको १००% प्राथमिक विद्यालयहरु लाई आफ्नो…
Read More