Editor

5003 Posts
निसान इन्डियाले अक्टोबरमा ३९१३ घरेलु गाडीको थोक बिक्री हासिल गरेको छ

निसान इन्डियाले अक्टोबरमा ३९१३ घरेलु गाडीको थोक बिक्री हासिल गरेको छ

  निसान इन्डियाले अक्टोबर २०२१ मा निसान र ड्याटसनका लागि ३९१३ सवारी साधनको घरेलु थोक बिक्री र ३००४ सवारी साधनको निर्यात हासिल गरेको छ। अक्टोबर २०२० मा स्वदेशी होलसेल ११०५ सवारी साधन र ७५ सवारी साधन निर्यात भएका छन् । निसान इन्डियाले अक्टोबर महिनामा आन्तरिक बजारमा २५४ प्रतिशतको वृद्धि हासिल गरेको छ । आफ्ना ग्राहकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै, निसानले निसानका कारहरूका लागि डिलरसिपमा आउने र जानेका लागि 'रिमोट सर्भिस सुविधा' र 'पिक-अप र ड्रप-अफ' सेवाहरू सुरु गरेको छ, जसले सङ्क्रमणको जोखिमलाई कम गर्छ र समयतालिकामा हुने अवरोधहरू कम गर्छ। ग्राहकहरु को। निसान मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक राकेश…
Read More
४८ वर्ष पुगिन् ऐश्‍वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

४८ वर्ष पुगिन् ऐश्‍वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् । कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन्…
Read More
शाहरूखका छोरा बसेको जेललाई किन मानिन्छ भारतकै खतरनाक?

शाहरूखका छोरा बसेको जेललाई किन मानिन्छ भारतकै खतरनाक?

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान भर्खरै जेलबाट जमानतमा छुटेका छन्। लागुपदार्थमा मुद्दामा पक्राउ परेका उनी मुम्बईको आर्थर रोड जेलमा बीस दिन बसे। सुपरस्टारका सन्तानसँग जोडिएको हरेक कुरा चर्चामा आउँछ भनेजस्तै अहिले यो जेलको पनि खुबै भइरहेको छ। तर आर्थर जेलको चर्चा अहिले आर्यनका कारण मात्र भएको होइन। यो जेल आफैंमा भारतको एकदमै चर्चित जेल हो। यो जेलको हावा कयौं कलाकार, अन्डरवर्ल्डका डन, राजनीतिज्ञ, उद्योगपति, आइपीएस अधिकारी जस्ता 'हाइ-प्रोफाइल' व्यक्तिहरूले खाइसकेका छन्। यसैकारण पनि यसको चर्चा धेरै नै हुने गर्छ। यो जेलको नाम सन् १८४२ देखि १८४६ सम्म मुम्बई (त्यो बेला बम्बई) का गभर्नर रहेका सर जर्ज आर्थर नाममा राखिएको हो। यो…
Read More
भारतीय जलसेनामा राखियो मिसाइल डिस्ट्रोयर, चीनसँगको तनावमा भारतको आत्मबल उच्च

भारतीय जलसेनामा राखियो मिसाइल डिस्ट्रोयर, चीनसँगको तनावमा भारतको आत्मबल उच्च

भारतीय जलसेनाले पहिलोपटक पीबी१५ स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर राखेको छ ।यस युद्धपोतमा भारतको शक्तिशाली ब्राह्मोस र बराक मिसाइलहरू राखिएको छ । यसले शत्रुको जहाज देख्नेबित्तिकै आफ्नो डेकबाट एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न सक्छ ।  यस डिस्ट्रोयरलाई आईएनएस विशाखपट्नम नाम दिइएको छ । यसलाई मझगाँव डक शिपबिल्डर्सले बनाएको हो । यसले भारतीय जलसेनाको शक्ति बढाउने मात्र नभई भारतलाई आत्मनिर्भर पनि बनाउने विश्लेषण गरिएको छ । यस युद्धपोतको तौल ७४ सय टन छ । यसको लम्बाइ ५३५ फीट छ । यसलाई ट्विन जोर्या एम३६ई ग्यास टर्बाइन प्लान्ट र बर्जेन केभीएम डीजेल इन्जिन जस्ता शक्तिशाली इन्जिनले चलाउँछ । समुद्रमा यो द्रुत गतिमा जान…
Read More
जलवायु परिवर्तन: अस्वाभाविक बाढी वा उष्णलहर के ‘नयाँ वास्तविकता’ बनेको हो?

जलवायु परिवर्तन: अस्वाभाविक बाढी वा उष्णलहर के ‘नयाँ वास्तविकता’ बनेको हो?

शक्तिशाली उष्ण लहर वा विनाशकारी बाढीजस्ता मौसमको अति अवस्था अब न्यू नर्मल भनिने नयाँ वास्तविकता भएको वर्ल्ड मिटिरियोलजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले बताएको छ। सन् २०२१ का लागि तयार पारिएको जलवायुको अवस्था अर्थात् स्टेट अफ द क्लाइमेट नामक प्रतिवेदनले विश्व 'हाम्रै आँखाअगाडि परिवर्तन भइरहेको' जनाएको छ। सन् २००२ यता २० वर्षको औसत तापक्रम औद्योगिक युगको औसतको एक डिग्री सेल्सियस तापक्रमभन्दा नाघ्ने क्रममा पहिलो पटक पुगेको बताइएको छ। विश्वव्यापी रूपमै समुद्री सतह पनि सन् २०२१ मा नयाँ तहमा वृद्धि भएको उक्त अध्ययनले जनाएको छ। संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ ग्लासगोमा सुरु हुन लाग्दा यी नयाँ तथ्याङ्कहरू डब्लुएमओले सार्वजनिक गरेको हो।…
Read More
टी ट्वान्टी विश्वकप : न्युजिल्यान्डसँग हार्‍याे भारत, समूह चरणबाटै बाहिरिने सम्भावना

टी ट्वान्टी विश्वकप : न्युजिल्यान्डसँग हार्‍याे भारत, समूह चरणबाटै बाहिरिने सम्भावना

यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारत लगातार दोस्रोपटक हारेको छ।  सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले यो जितसँगै सुपर १२ समूह २ मा रहेको न्युजिल्यान्डले  सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ पराजित भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। कुन देश कुन स्थानमा? सुपर १२ समूह २ मा पाकिस्तान : ३ खेलमा सबैमा जित, शीर्ष स्थानमा। अफगानिस्तान : ३ खेलमा २ मा जित र १ मा हार, दोस्रो स्थानमा।  न्युजिल्यान्ड : २ खेलमा १ मा जित र १ मा हार, तेस्रो स्थानमा। नामिबिया : २ खेलमा १ मा जित र १ मा हार, चौथो स्थानमा। …
Read More
बलिउडमा डेब्यु गर्दै डेनी डेन्जोङ्पाका छोरा

बलिउडमा डेब्यु गर्दै डेनी डेन्जोङ्पाका छोरा

नेपाली मूलका भारतीय अभिनेता डेनी डेन्जोङ्पाका छोरा रिनजिङ डेन्जोङ्पा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ ।  फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् । उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ,’ डेनीले भने ।  राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको…
Read More
कतारमा ‘मिनी नेपाल’

कतारमा ‘मिनी नेपाल’

कतारमा नेपालीपन झल्किने पोसाक मात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ। कतारी मरुभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ। नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ। जिज्ञासाले प्रश्नतर्फ लैजान्छ, प्रश्नले उत्तरतर्फ। कतार आएपछि कतार प्रवेश गर्ने पहिलो नेपाली को होला ? थाहा पाएँ, नेपालको तराई क्षेत्रका रहेछन्। उनी अरबी र उर्दू भाषामा पोख्त थिए रे। त्यहाँको औकाफ तथा इस्लामिक मामिला मन्त्रालयमा कार्यरत रहेका थिए भन्ने सुनें। अर्को भनाइअनुसार पहिलो पटक सन् १९८२ मा दुईजना नेपाली कतार प्रवेश गरेका थिए जसमध्ये एकजना पूर्वी नेपालका राई थरका र अर्का तराईको धनुषा जिल्लाका मुस्लिम थिए तर राहदानी…
Read More
फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

फेसबुक कम्पनीले नाम फेरेर मेटा राख्ने घोषणाले इजरेलमा रमाइलो भएको छ। हिब्रु भाषामा मेटा जस्तै शब्दको अर्थ मृत्यु हुन्छ। मेटाको उच्चारण हिब्रु भाषाको एउटा शब्दको स्त्री लिङ्गी स्वरूप जस्तै हुन्छ। फेसबुकको घोषणा पछि हिब्रु भाषीहरूले ट्विटरमा ह्यासट्याग फेसबुकडेड प्रयोग गर्दै रमाइलो गरेका छन्। ट्विटर प्रयोगकर्ता नीरीत वेस ब्लाटले लेखेकी छन्: "हिब्रुमा मेटाको अर्थ मृत्यु। हिब्रु भाषीले आउँदा वर्षहरूको यो नाम सम्झेर हाँस्नेछन्।" अर्का एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्: "सबै हिब्रु भाषीलाई हाँस्ने राम्रो कारण दिएकोमा धन्यवाद।" तर नाम वा नामसँग जोडिएका शब्दको अनुवादका कारण यस्तो समस्या भोगेको फेसबुक पहिलो कम्पनी होइन। अनुवादमा कुअर्थ लागेका अन्य घटनाहरू पनि छन्।
Read More
पाकिस्तानको रवाफ कायमै

पाकिस्तानको रवाफ कायमै

विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित ग-यो । सामूह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । अफगानका लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिए । पाकिस्तानका लागि इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले अर्धसतीय पारी खेलेका थिए । फकर…
Read More