13
Nov
बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ । हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको व्यवस्थालाई जाँच गर्न त्यहाँ पुगेका थिए । होटललाई ७ देखि १२ डिसेम्बरसम्मलाई बुक गरिएको बताइएको छ । यद्यपि, कटरिना र विक्की दुवैले आधिकारिकरुपमा विवाहको खबरलाई स्वीकार भने गरेका छैनन् । विवाहका लागि उनीहरूले कसैलाई निमन्त्रणा पनि पठाइसकेका छैनन् । यद्यपि, मिडिया रिपोर्टका अनुसार विवाहमा आउने पाहुनाहरूको सूची भने तयार भइसकेको छ । निजी जीवनमा ‘रिजर्भ’ रहने कटरिना विवाहको खबर बाहिरिएपछि…
