युट्युब भिडियोमा अब डिसलाइकको संख्या हेर्न नपाइने

युट्युब भिडियोमा अब डिसलाइकको संख्या हेर्न नपाईने भएको छ । कम्पनीले डिसलाइट काउन्टलाई प्राइभेट राख्ने घोषणा गरेको हो । 

युट्युबले डिसलाइकको संख्या प्राइभेट गर्नेछ र बटन भने हटाउनेको छैन् । यसको अर्थ कुनैपनि भिडियो डिसलाइक गर्न सकिन्छ तर डिसलाइक गरेको संख्या भने देखिने छैन् । युट्युब क्रियटरहरूले भने युट्युब स्टुडियोबाट डिसलाइक काउन्ट हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

डिसलाइक काउन्ट प्राइभेट गर्न युट्युबले शुरू गरिसकेको छ । अहिले भिडियोमा डिसलाइकको संख्यादेखिएपछि विस्तारै सबै भिडियो डिसलाइकको संख्या प्राइभेट हुनेछ । 

कन्टेन्टप्रति असहमति हुने समूहले योजनबद्ध रूपमै डिसलाइक गर्न थालेपछि युट्युवले यस्तो व्यवस्था गर्न थालेको हो । यसले क्रियटरहरूलाई निरूत्साहित गरेको कम्पनीको भनाई छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *