Editor

5003 Posts
भारतीय सीमामा चीनको सैन्य प्रदर्शन

भारतीय सीमामा चीनको सैन्य प्रदर्शन

चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र  सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकूले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो । जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ । भारतसँगको सीमामा आफ्नो सशक्त…
Read More
सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन

सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन

पछिल्लो दुई वर्षमा फिल्ममा निकै परिवर्तन देखिएको छ । ओटीटीको रुपमा नयाँ प्लेटफर्म विकसित रुपमा आएको छ । जसमा स्टार भ्यालु फिका मानिएका कलाकारहरु पनि चम्किएका छन् । ओटीटी प्लेटफर्मको बढ्दो वर्चस्वलाई नियाल्दा केहीले यसले बलिउडमा स्टारडमको युग सकिएको दाबी गरेका छन् । तर अभिनेता सलमान खान यो भनाईमा सहमत छैनन् । हालैको एक मिडिया अन्तरक्रियामा सलमानले यो विषयमा आफ्नो भनाई राखेका छन् । ‘हामी जान्छौं त कोही अरु आउछन् । मलाई लाग्छ स्टार युगको अन्त्य हुँदैन । यो जहिल्यै रहन्छ । कलाकारको फिल्म छनोट, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । अहिले यो कैयौं चिजको प्याकेज…
Read More
विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू बन्द गरियो ।  मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदुषण झनै खराब हुन्छ ।  वायुको गुणस्तर वायु प्रदुषक पीएम२.५, पीएम१०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, र कार्बन मोनोअक्साइडको स्तरबाट निर्धारण गरिन्छ । पार्टिकुलेट म्याटर (पीएम) मा स–साना कणहरू हुन्छन् जसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । पीएमहरू आकारमा भिन्न…
Read More
प्रियंका र निकको सम्बन्धबिच्छेदको बारेमा प्रियंकाकी आमाले दिइन् प्रतिक्रिया

प्रियंका र निकको सम्बन्धबिच्छेदको बारेमा प्रियंकाकी आमाले दिइन् प्रतिक्रिया

अभिनेत्री प्रियंका चोपडा श्रीमान निक जोनससँगको सम्बन्धका कारण चर्चामा छिन्। प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा 'बायो' परिवर्तन गरेसँगै उनीहरुबिचको सम्बन्धलाई लिएर चर्चा चल्न थालेको हो। प्रियंकाले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन्। बलिउडका साथै हलिउडमा समेत उनीहरु चर्चित जोडीको रुपमा चिनिन्छन्। बिहेपछि प्रियंकाले इन्सटाग्राममा श्रीमान निकको 'सरनेम' जोडेर ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन्। तर सोमवार मात्रै उनले इन्स्टाग्राममा अकाउण्टबाट श्रीमानको थर हटाएर आफ्नो थर मात्रै राखेकी छिन्। श्रीमानको 'सरनेम' हटाएसँगै बलिउड तथा हलिउडमा उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको चर्चा चलेको हो। सोसल मिडियामा पनि दुवैको सम्बन्धलाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुन थालेको छ। धेरैले दुवै जना…
Read More
अफगानिस्तानलाई पाकिस्तानको २८ मिलियन डलर सहयोग

अफगानिस्तानलाई पाकिस्तानको २८ मिलियन डलर सहयोग

पाकिस्तानले अफगानिस्तानलाई २८ मिलियन डलरभन्दा बढीको मानवीय सहायता दिने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा पछिल्लो पटक देखिएको आर्थिक संकट टार्न सो सहयोग गर्ने घोषणा गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानले भारतबाट पाकिस्तान हुँदै अफगानिस्तानमा खाद्यान्य ढुवानी गर्ने अनुमति समेत दिएका छन् । प्रधानमन्त्री खानले अफगानिस्तानमा खाद्यान्य, चिकित्सालगायतका अन्य मानवीय सहयोगका लागि सो रकम दिएको बीबीसीमा समाचार छ। पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार सेना प्रमुख, विदेशमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहाकारको बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए ।
Read More
एचडीएफसी म्युचुअल फण्डले एचडीएफसी मल्टि क्याप फण्डको घोषणा गर्‍यो

एचडीएफसी म्युचुअल फण्डले एचडीएफसी मल्टि क्याप फण्डको घोषणा गर्‍यो

एचडीएफसी एसेट मैनेजमेंट कम्पनी, भारतको अग्रणी म्युचुअल फण्ड हाउस मध्ये एकले नयाँ फन्ड अफर - एचडीएफसी मल्टि क्याप फन्ड सुरु गरेको छ लगानीकर्ताहरूको लागि अनुशासित एक्सपोजरको साथ आफ्नो पोर्टफोलियो विविधीकरण गर्न खोज्दै लार्ज क्याप, मिड क्याप, र स्मॉल क्याप सेगमेन्टहरु लॉन्च गरिएको छ। योजनाले लार्ज, मिड र साना मिड कम्पनीहरूमा आफ्नो कुल सम्पत्तिको न्यूनतम २५% अनिवार्य आवंटन गर्नेछ, जबकि यसको कुल सम्पत्तिको २५% कोष प्रबन्धकको बजार दृश्यको आधारमा आवंटित गरिनेछ। यो योजनामा ​​बजार पूँजीकरणमा क्षेत्रहरूको व्यापक प्रतिनिधित्वको विकल्प हुनेछ। एनएफओ नोभेम्बर २३, २०२१ मा खुल्नेछ, र ७ डिसेम्बर, २०२१ मा बन्द हुनेछ। एचडीएफसी मल्टि क्याप फन्डले स्टक चयनको लागि टॉप…
Read More
भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ। भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र-सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो।  बिमस्टेकमा नेपाल, भारत, बंगलादेश,  श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्। पाकिस्तानसँगको तनावका कारण सार्कमा अरुचि देखाएको भारतले उसलाई बाहिर पार्दै बिमस्टेकलाई अघि सारेको छ।  भारतीय प्रतिष्ठित अनलाइन इन्डियन एक्सप्रेसका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल…
Read More
भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिले पाकिस्तान आक्रोशित

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिले पाकिस्तान आक्रोशित

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिबाट पाकिस्तान आक्रोशित बनेको छ । पाकिस्तानको आलोचना गर्दै रक्षामन्त्री सिंहले छिमेकी देश नसुध्रिए कडा जवाफ दिने अभिव्यक्ति दिएका थिए । सीमा विवादका सन्दर्भमा सिंहले पाकिस्तानभित्रै घुसेर आक्रमण गर्ने धम्की समेत दिएका थिए । पाकिस्तानले यसको जवाफ फर्काउँदै पाकिस्तान आफ्नो सुरक्षाका लागि सक्षम रहेको जनाएको छ । पाकिस्तानले भारतलाई भनेको छ, ‘भारतीय मन्त्रीहरू जिम्मेवार बनून्, शान्ति कायम राख्न सहयोग गरून् ।’ पाकिस्तानले भारतीय मन्त्री सिंहले टिप्पणी पूरै भ्रामक रहेको दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले भनेको छ, ‘मन्त्रीको अभिव्यक्तिबाट थाहा हुन्छ, भारतले छिमेकी देशलाई कसरी हेर्छ ? भारतीय मन्त्रीहरू छिमेकी देशतर्फ औंला उठाउँदै…
Read More
रणवीर कपुर-श्रद्धाको फिल्म रिलिज मिति घोषणा ‘फाइटर’सँग हर्न लक गर्ने

रणवीर कपुर-श्रद्धाको फिल्म रिलिज मिति घोषणा ‘फाइटर’सँग हर्न लक गर्ने

बलिउड अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो कुनै पनि फिल्म लिएर दर्शकमाझ आएका छैनन् । उनको पछिल्लो फिल्म ‘संजु’ ब्लकबस्टर भएको थियो । जसमा उनले सञ्जय दत्तको भूमिका निभाएका थिए । यो फिल्मपछि उनका फ्यानहरु रणवीरको नयाँ फिल्मलाई लिएर व्यग्र प्रतिक्षामा छन् । समाचारअनुसार रणवीर आफ्नो नयाँ रोमान्टिक कमेडी फिल्म लिएर दर्शकमाझ आउदैछन् । यो फिल्म सन् २०२३ को जनवरी २६ मा रिलिज हुँदैछ । यो फिल्मलाई लव रञ्जनले बनाएका हुन् । रणवीर र श्रद्धा कपुर अभिनित फिल्मको सुटिङ पुरा भइसकेको छ । रणवीर र श्रद्धाकाे फिल्म भारतीय गणतन्त्र दिवस विकमा रिलिज हुँदैछ । यही मितिमा ऋतिक रोशन र दीपिका…
Read More
एमजन इन्डियाः गाँजा बेचेको आरोपमा कम्पनीका अधिकारीहरूमाथि भारतमा मुद्दा

एमजन इन्डियाः गाँजा बेचेको आरोपमा कम्पनीका अधिकारीहरूमाथि भारतमा मुद्दा

भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ। गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। ती व्यक्तिले एमजन वेबसाइटमा "स्टिभिया" को पात भन्दै भाङ बेचेका थिए। एमजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ। कम्पनीले त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताएको छ। "यो विषय हामीलाई जानकारी गराइएको छ र हामी अहिले यसमाथि अनुसन्धान गरिरहेका छौँ," एमजनले एउटा विज्ञप्तिमा भनेको छ। राज्य प्रहरीले एमजन इन्डियामा कार्यकारी निर्देशकहरूमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको…
Read More