24
Nov
केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरमा भाजपा सरकारको शान्ति स्थापना र विगत पाँच वर्षमा चौतर्फी विकासको लागि प्रशंसा गरे । उनले राज्यमा शान्ति सुरक्षामा उल्लेखनीय सुधार भएको बताए । भर्चुअल कार्यक्रम मार्फत रानी गाइदिन्ल्यू आदिवासी स्वतन्त्रता •सेनानी संग्रहालयको शिलान्यास गर्दै शाहले भने, केन्द्रको सरकार र मणिपुरको एन वीरेन सिंहको सरकारले राज्यमा कानून र व्यवस्था, शिक्षा, बिजुली र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार पूर्वाधारको गरेको छ शाहले भने, मणिपुरमा सत्तामा आउनुअघि हामीले बन्द, हडताल र नाकाबन्दी अन्त्य गर्ने वाचा गरेका थियौं| हामीले तीनवटैलाई हटाएका छौं र राज्यको कानून र व्यवस्थाको स्थितिमा उल्लेखनीय सुधार गरेका छौं। गृहमन्त्रीले यहाँ विगत पाँच वर्षमा भएको विकास…
