Editor

5003 Posts
रेल विभागको हेलचेक्र्याइ छैन : अश्विनी वैष्णव

रेल विभागको हेलचेक्र्याइ छैन : अश्विनी वैष्णव

बिहीवार मैनागढ़ीमा भएको भयावह रेल दुर्घटनाको पछिल्तिर आतङ्कवादी गुटको संलग्नता हुनसक्ने सम्भावनालाई केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले अस्वीकार गरेनन् । शुक्रवार रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनास्थलको परिदर्शन गरेका छन्। घटनास्थलको परिदर्शनपछि विभिन्न अस्पतालहरूमा उपचाराधीन घाइतेहरूसित भेटघाट गरेपछि तिनले पत्रकारहरूलाई सम्बोधन गरे । एउटा प्रश्नको उत्तरमा वैष्णवले भने, समग्र घटनाको जाँच चलिरहेको छ । त्यसकारण अहिले नै निश्चित रूपमा के कारणले यो मर्मान्तिक घटना भयो भनेर तोक्न सकिँदैन । यस घटनाको पछिल्तिर आतङ्कवादी तत्त्वको संलग्नताको सम्भावना रहेको छ कि छैन भनेर जान्न चाहँदा तिनले भने, कुनै पनि प्रकारको सम्भावनालाई हामीले खारेज गरेका छैनौं । सबै विषयहरूमाथि महत्त्व दिएर जाँच कार्य गरिरहेका छौं। आज…
Read More
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीमा आन्तरिक कलह बढ्दै

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीमा आन्तरिक कलह बढ्दै

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक ए इन्साफ (पीटीआई) मा चलिरहेको आन्तरिक विवाद बढ्दै गएको छ । पीटीआईबाट खैबर पख्तुनख्वाका उच्च शिक्षा मन्त्री भएका कमरान बंगसले आफ्नै पार्टीका नेता अरबाब मोहम्मद अलीलाई पेशावर शहरको टिकट बेचेको आरोपमा मुद्दा हालेका छन्। पार्टीलाई व्यापार बनाएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको छ । पेशावर शहरको मेयरको टिकट धनी व्यापारीलाई बेचेर कुल रकममध्ये २ करोड पाकिस्तानी रुपियाँ केन्द्रलाई र ७ करोड पाकिस्तानी रुपियाँ आफूले लिएको आरोप लगाइएको छ । अली पेशावरका पीटीआई एमएनए अरबाब शेर अलीका भाइ र प्रधानमन्त्री इमरान खान प्रतिष्ठानका सल्लाहकार अरबाब शेहजादका भाइ हुन् । उनले पेशावरको मेयर सीटको लागि पीटीआई…
Read More
भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच रिपोर्ट सार्वजनिक

भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच रिपोर्ट सार्वजनिक

भारतीय सेनाको सर्वोच्च अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच गर्न गठित जाँच कमिटीले आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा भारतीय वायु सेनाले जनरल विपिन रावतको मृत्यु जुन हेलिकप्टर दुर्घटनामा भयो त्यसमा कुनै षड्यन्त्र वा लापरवाही नभएको बताएको छ । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल रावतको ८ डिसेम्बरमा एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । जनरल रावत गोर्खा रेजिमेन्टको प्रतिनिधित्व गर्दै सेनाको सर्वोच्च पदमा पुगेका थिए । भारतीय सेनामा गोर्खा रेजिमेन्ट नेपाली युवाहरुको प्रतिनिधित्वको लागि परिचित छ । जनरल रावत भारतको उत्तराखण्डको गढवालका थिए जुन क्षेत्र एक समय नेपालको थियो । यो दुर्घटनामा…
Read More
भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन । यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ संक्रमित भएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल संक्रमितमध्ये…
Read More
कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई डब्लूएचओद्वारा अनुमति

कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई डब्लूएचओद्वारा अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा थप दुई ओटा औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब- इमडेभिमाबलाई संक्रमितहरुको उपचारमा प्रयोग गर्न हालै अनुमति दिएको हो । डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुका अनुसार बाथ रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने छ । चिकित्सकहरुले उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरासमेत नियन्त्रण गर्ने दावी गरेका छन् । उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो । दुवै औषधिलाई एकैपटक सेवन गर्न भने नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।
Read More
शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।  टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो ।  Tonga's Hunga Tonga volcano just had one of the most violent volcano eruptions ever captured on satellite. pic.twitter.com/M2D2j52gNn— US StormWatch (@US_Stormwatch) January 15, 2022 उता, फिजीको राजधानी सुवाका…
Read More
कपिल शर्माको ‘बायोपिक’ बन्दै

कपिल शर्माको ‘बायोपिक’ बन्दै

चर्चित भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ। बलिउड चलचित्र निर्माता महावीर जैनले कपिलको जीवनमा आधारित बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन्। उक्त चलचित्रको नाम ‘फनकार’ राखिएको छ। चलचित्रको निर्देशन मृगदीप सिंह लाम्बाले गर्नेछन्। बलिउड फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले कपिलको बायोपिक बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ सञ्चालन गरिरहेका कपिल पञ्जाबको अमृतसरमा जन्मिएका थिए। उनी गायक बन्ने सपना बोकेर मुम्बइ पुगेका थिए। तर कमेडी रियालिटी शो ‘लाफ्टर च्यालेञ्ज’को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो। त्यसपछि उनले सोनी टिभीमा कमेडी सर्कसमा पनि काम गरेका थ
Read More
अमेजन.इनद्वारा ग्रेट रिपब्लिक डे सेलको घोषणा

अमेजन.इनद्वारा ग्रेट रिपब्लिक डे सेलको घोषणा

अमेजन इन्डियाको 'ग्रेट रिपब्लिक डे सेल'ले जनवरी 17 देखि 20 सम्म सबैका लागि ठूलो बचतको प्रस्ताव गरेको छ। प्राइम सदस्यहरूले जनवरी 16 देखि 24 घण्टा प्रारम्भिक पहुँच पाउनेछन्। ग्राहकहरूले कारीगरहरू र बिक्रेताहरूले प्रस्ताव गरेका लाखौं उत्पादनहरू र बुनकरहरू, महिला उद्यमीहरू, स्टार्ट-अपहरू, ब्रान्डहरू, र स्मार्टफोनहरू, कन्सुमर इलेक्ट्रोनिक्स, फेसन र ब्यूटी एसेन्शियल, होम एन्ड किचन, लार्ज एप्लायन्सेज, टिभी, डेली एसेन्शियल र थप सयौं श्रेणीहरूमा स्थानीय छिमेकी स्टोरहरूबाट किनमेल गर्न सक्छन्। ग्रेट रिपब्लिक डे सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले एसबीआई क्रेडिट कार्डहरू र ईएमआई लेनदेनहरूसँग अतिरिक्त 10% तत्काल छुट प्राप्त गरेर थप बचत गर्न सक्छन्; बजाज फिनसर्भ ईएमआई कार्ड, अमेजन पे आईसीआईसीआई क्रेडिट…
Read More
अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

अफगानिस्तानका दशौँ लाख नागरिक संकटमा, राष्ट्रसंघद्वारा सहयोगको अपिल

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए । उनले भनेका छन् – अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा त्यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उनले भनेका छन् । उनले…
Read More
नार्गजुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

नार्गजुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ । ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् । भारतीय सञ्चार माध्यामका अनुसार उनी तामिल सुपरस्टार अक्किनेनी नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिएकी छिन् । तर, उनले आफ्नो नाम फिल्मबाट हटाउनुको कारण अहिलेसम्म खुलाएकी छैनन् । सुकेश चंन्द्रसशेखरसँगको विवादका कारण उनको फिल्मबाट नाम हटाएको भन्ने अनुमान गर्न सकिन्छ ।
Read More