Editor

5003 Posts
उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो। उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् । सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार…
Read More
भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३८५ जनाले ज्यान गुमाएका छन्। यस्तै पछिल्लो २४ घन्टामा थप २ लाख ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन २ लाख ७१ हजार बढीमा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ५१ हजार ७४० जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघेको छ। सोमबारको तुलनामा ओमिक्रोन ६.०२ प्रतिशतले बढेको हो। हाल सक्रिय संक्रमितको  संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ। भारतमा हालसम्म १ अर्ब ५७ करोड…
Read More
पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो ।

भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुको हिजो राति हृदयाघातका कारण निधन भएको हो । हिजो राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् ।
Read More
‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

‘पुष्पा’ हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने

'पुष्पा' हिट भएसँगै अल्लु अर्जुन अभिनित तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने भएको छ। १७ डिसेम्बरबाट रिलिज भएको 'पुष्पा' हिन्दी भाषामा समेत रिलिज भएको थियो। हिन्दी भर्सनलाई दर्शकले पनि निकै रुचाएका छन्। 'पुष्पा' को हिन्दी भर्सनले चार हप्तामा ८० करोडको व्यापार गरिसकेको छ। 'पुष्पा' को हिन्दी भर्सनको सफलतापछि अल्लु अर्जुन अभिनित ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी भर्सन आउन लागेको हो। फिल्म समीक्षक तरण आदर्शले ट्विटरमार्फत यो फिल्म हिन्दी भाषामा रिलिज हुने जानकारी दिएका हुन्। यो फिल्म आगामी २६ जनवरी २०२२ सिनेमाघरमा रिलिज हुनेछ। सन् २०२० मा रिलिज भएको तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ ले राम्रो व्यापार गरेको थियो। त्रिविक्रम श्रिनिवास निर्देशित यस फिल्ममा…
Read More
नगरनिगम चुनाउ १२ फरवरीमा हुने

नगरनिगम चुनाउ १२ फरवरीमा हुने

चार नगरनिगमहरूको चुनाउबारे सबै अड़कलबाजी समाप्त भएको छ पूर्व घोषित यी चार नगरनिगमहरूको चुनाउ ३ हप्ता पछि सारियो । त्यसैले अब नगरनिगमहरूको चुनाउ आगामी १२ फरवरीको दिन सम्पन्न हुनेछ यसभन्दा अघि सिलगढ़ी, विधाननगर, चन्दननगर अनि आसनसोल नगरनिगमहरूको चुनाउ २२ जनवरी सम्पन्न गरिने राज्य चुनाउ आयोगले घोषणा गरेको थियो । त्यसरी मतगणना २५ जनवरीको दिन सम्पन्न गर्ने पनि घोषणा भएको थियो। अब चुनाउ १२ फरवरीको दिन सम्पन्न हुने भए पनि राज्य चुनाउ आयोग सूत्रअनुसार नयाँ गरेर मनोनयन जमा गरिने छैन । आजसम्म लागु आचार संहिता यथावत रहनेछ। जारी गरिएका सबै कोभिड विधिहरू पनि यथावत नै रहनेछन् केवल प्रचारका लागि प्रार्थीहरूले अधिक…
Read More
हाम्रो धैर्य हाम्रो आत्मविश्वासको प्रतीक : सेना प्रमुख जनरल नरवणे

हाम्रो धैर्य हाम्रो आत्मविश्वासको प्रतीक : सेना प्रमुख जनरल नरवणे

सेना प्रमुख जनरल एमएम नरवणेले शनिबार भने एलओसीमा स्थिति सुधारिएको छ । सो क्रममा उनले चीनसँग हालै सम्पन्न १४औँ चरणको वार्ताको जानकारी पनि दिए। भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाउ जारी छ। सेना दिवसको अवसरमा जनरल नरवणेले दिल्ली क्यान्टको परेड ग्राउन्डमा परेडको निरीक्षण गरे प्रधानसेनापतिले एकाइ प्रशंसापत्र र पुरस्कार प्रदान गरेका थिए । शनिबार जनरल नरवणेले भने, 'चीनसँगको तनाउका कारण पछिल्लो वर्ष सेनाका लागि चुनौतीपूर्ण थियो र हालै स्थिति नियन्त्रणमा राख्न १४ औं बैठक बसेको छ धेरै ठाउँमा विखण्डन भएको छ ।' उनले थप भने, 'गत वर्षको तुलनामा एलओसीमा अवस्था राम्रो छ, तर पनि पाकिस्तानले सीमा नजिक…
Read More
नेताजीको जन्म जयन्तीबाट शुरू हुनेछ गणतन्त्र दिवस समारोह

नेताजीको जन्म जयन्तीबाट शुरू हुनेछ गणतन्त्र दिवस समारोह

गणतन्त्र दिवस देशमा हरेक वर्ष जनवरी २६ बाट मनाउन थालिए पनि अबदेखि यो सधैँ २३ जनवरीबाट शुरु हुनेछ यस समारोहमा महान स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती पनि सामेल हुनेछ नेताजी सुभाष चन्द्र बोसको जन्म २३ जनवरी १८९७ मा भएको थियो । अर्थात् अबदेखि हरेक वर्ष सुभाष चन्द्र बोसको जन्मजयन्तीसँगै गणतन्त्र दिवस मनाइनेछ । सरकारी स्रोतले यो खबरको पुष्टि गरेको छ । उल्लेखनीय छ, १९५० देखि हरेक वर्ष देशको राजधानी दिल्लीमा गणतन्त्र दिवस मनाइन्छ यस दिन राष्ट्रपतिले राष्ट्रिय झण्डा फहराउने र सो अवसरमा भारतीय सेनाले आफ्नो पराक्रम प्रदर्शन गर्दछ । यसका साथै देशका विभिन्न प्रदेशबाट कला र संस्कृतिलाई समर्पित…
Read More
सपासित कुनै गठबन्धन कु हुनेछैनः चन्द्रशेखर आजाद

सपासित कुनै गठबन्धन कु हुनेछैनः चन्द्रशेखर आजाद

आजाद समाज पार्टीका संस्थापक चन्द्रशेखर आजादले घोषणा गरेका छन् कि उनको पार्टीले उत्तर प्रदेश विधान सभा चुनाउ २०२२ मा समाजवादी पार्टीसँग हात मिलाउनेछ। कुनै गठबन्धन हुनेछैन । लखनउमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सपा प्रमुख अखिलेश यादवलाई कडा हमला गरे र उनले बहुजन समाजको अपमान गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा चन्द्रशेखरले अखिलेशलाई दलितको समर्थन नचाहेको बताए । उनले आरोप लगाए, ‘हिजो अखिलेश ज्यूले हामीलाई अपमानित गरेका थिए । हिजो अखिलेश ज्यूले बहुजन समाजको अपमान गरे । यससँगै चन्द्रशेखर आजादले अखिलेश यादवले सामाजिक न्यायको अर्थ नबुझेको बताएका छन् । चन्द्रशेखरले भने, म बीजेपीलाई फेरि सत्तामा आउनबाट रोक्नको लागि ठूलो गठबन्धन…
Read More
सोशल मीडियामा भावुक सन्देश टेस्ट कप्तानी छोड़े कोहलीले

सोशल मीडियामा भावुक सन्देश टेस्ट कप्तानी छोड़े कोहलीले

विराट कोहलीले सोशल मीडियामा एउटा पोस्ट शेयर गरी टेस्ट टोलीको कप्तानी छोड्ने घोषणा गरे । दक्षिण अफ्रिका विरुद्ध शुक्रवार सम्पन्न तीनवटा टेस्ट म्याचको शृङ्खलामा २-१ ले पराजयको सम्मुखीन भएपछि कोहलीले यस्तो फसेला गरे। उनले सोशल मीडियामा भावुक सन्देशको माध्यमले टेस्ट टोलीको कप्तानी छोड़ने घोषणा गरेका छन् । यसअघि कोहलीले गत वर्ष भएको टी२० विश्व कपपछि खेलको सबैभन्दा छोटो प्रारूपबाट कप्तानी छोडेका थिए । त्यसको लगत्तै पछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) – ले कोहलीलाई एकदिने टोलीको कप्तानीबाट हटाएर रोहित शर्मालाई कप्तान नियुक्त गरेको थियो। त्यसपछि उनी टेस्ट टोलीका मात्र कप्तान रहेका थिए। कोहलीले लेखेका छन्, मैले सात सालको मेहनत र…
Read More
कपिल शर्माको बायोपिक बन्ने

कपिल शर्माको बायोपिक बन्ने

सोनी टोलिभिजनको लोकप्रिय शो 'द कपिल शर्मा शो' का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । जसको नाम 'फनकार' राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो । फिल्मको निर्देशन 'फुकरे' निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो ढुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो शुरुवात गर्ने कपिल आफ्नो नामको शो शुरु गर्नुअघि कैयौँ कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म 'किस किसको प्यार करुँ बाट अभिनेताका रुपमा…
Read More