02
Sep
एमवे इन्डियाले बुधबार न्युट्रिलाइट आयुर्वेद सार्वजनिक गर्दै आयुर्वेदको क्षेत्रमा रणनीतिक विस्तारको घोषणा गरेको छ। कम्पनीले यस क्रममा नौवटा नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै आगामी दुई वर्षभित्र यस श्रेणीलाई १ अर्ब रुपैयाँ (१०० करोड रुपैयाँ) बराबरको व्यवसायमा परिणत गर्ने लक्ष्य पनि निर्धारण गरेको छ। कम्पनीले जनाएअनुसार यो पहल 'विकसित भारत २०४७' को दृष्टिकोण तथा 'आयुष' इकोसिस्टमलाई सुदृढ बनाउने सरकारको प्राथमिकतासँग मेल खान्छ। यी उत्पादनहरूमा आयुर्वेदको परम्परागत ज्ञान र न्युट्रिलाइटको ९० वर्षभन्दा लामो वनस्पति विज्ञानसम्बन्धी अनुभवको संयोजन गरिएको छ र यिनीहरू तमिलनाडुस्थित एमवे इन्डियाको कारखानामा उत्पादन गरिन्छन्। पहिलो चरणमा तीनवटा फर्मुलेसनहरू प्रस्तुत गरिनेछन् — कलेजोको स्वस्थ कार्यक्षमताका लागि 'कालमेघ', अतिरिक्त बोसोको सञ्चय…
