08
Jun
टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज “सस्टेनेबल रिसोर्स म्यानेजमेण्ट ड्राइभ” विषयवस्तुको नारासहित पर्यावरण महीना 2025 को औपचारिक आरम्भ गर्दै दिगोपनप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। यो पहल टोयोटा इनभाइरोन्मेण्टल च्यालेञ्ज 2050 तथा “टोयोटा ग्लोबल भिजन 2050” लाई साकार तुल्याउने विषयगत प्रयाससित मेल खान्छ। कम्पनी तथा यसको सम्पूर्ण भ्यालु चेनमा दिगोपनको संस्कृतिलाई अझ बलियो बनाउनु यस अभियानको उद्देश्य हो। यस वर्षको अभियानमा “जिरो बेस थिङ्किङ” को अवधारणालाई विशेष जोड़ दिइएको छ जसअनुसार सम्पूर्ण स्रोतहरूको पुनः मूल्याङ्कन गरिन्छ र केवल वास्तविक मूल्य दिने तत्त्वहरूलाई मात्र कायम राखिन्छ। यसले रिफ्युज, रिसाइकल (चक्रीय अर्थतन्त्र), रियुज र रिड्युस (4आर) को माध्यमबाट दीर्घकालीन दिगो कार्य…
