चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन यात्रा गरेका छन्।

उनीहरू बिहान चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएका थिए।

चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा सयर भएका थिए। रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताए।

रामदेव शुक्रबार बेलुका चन्द्रागिरि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *