माल्दिभ्सबाट भारतीय सेना हटाउन माग गर्दै प्रदर्शन

माल्दिभ्सको राजधानी मालेमा सयौंले भारतीय सेना हटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।

विपक्षी प्रगतिशील कांग्रेस गठबन्धनले आयोजना गरेको विरोध प्रदर्शन पीपीएमको कार्यलय अगाडिबाट सुरु भएको थियो । यसपछि प्रदर्शनकारीले बोदुथाकुरुफानु मागु र अमिनी मागुबाट मार्च गरेका थिए । 

प्रदर्शनकारीले माल्दिभ्सबाट भारतीय सेना हटाउन र भारतसँग भएको सैन्य सम्झौता रद्द गर्न माग गरेका छन् । 

प्रदर्शनकारीले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र विदेशमन्त्री अब्दुल्ला शाहिद, संसदका अध्यक्ष मोहम्मद नसिद र रक्षामन्त्री मारिया दिदीमाथि देशद्रोही भएको आरोप समेत लगाएका छन् । मालेमा पछिल्लो समयमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो । प्रदर्शनकारी विपक्षी गठनबन्धनले भारतीय सेना नहटेसम्म आगामी दिनमा पनि यस्ता प्रदर्शन जारी रहने बताएको छ । उनीहरुले आगामी दिनमा हुने प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *