कोरोना भ्याक्सिनको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्तमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो। यसपछि भने बाइडेनले बुस्टर योजना अझै पनि एफडीए र सीडीसीका वैज्ञानिकहरूबाट स्वीकृत हुन बाँकी रहेको स्वीकार गरिसके का छन्। अहिले वैज्ञानिकहरूले यसबारे मुख खोलेका छन्। १७ सेप्टेम्बरमा फाइजर भ्याक्सिनबारे समीक्षा गर्न बसेको एफडीए सल्लाहकार समितिको बैठकमा यसबारे व्यापक आलोचना भएको छ जसअनुसार ६५ वर्ष र त्यसभन्दा माथिका व्यक्ति एवम् उच्च जोखिममा रहेको जनसंख्यामा मात्रै तेस्रो डोज आवश्यक हुने पक्षमा अधिकांशले मत जाहेर गरेका छन्। अहिलेको समयमा भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको तथ्यांकले सबैलाई तेस्रो डोजको आवश्यकता रहेको पुष्टि नगर्ने उनीहरूको निष्कर्ष थियो। धेरैजसो भ्याक्सिनमा प्राय प्रारम्भिक श्रृंखला र बुस्टर हुन्छ ।
प्रारम्भिक श्रृंखला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी भ्याक्सिनको डोज भन्ने बुझिन्छ, यसले व्यक्तिलाई • ब्याक्टेरियल वा भाइरल संक्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । यस अवस्थालाई हामी ‘पूर्ण भ्याक्सिन लगाएको अवस्था ठान्छौं। यसरी प्रारम्भिक रूपमा पूर्ण भ्याक्सिन लगाइसकेका व्यक्तिहरूले थप खोप लगाउने प्रक्रिया बुस्टर डोज हो । बुस्टर अस्वाभाविक होइन ।
उदाहरणका लागि, दादुराको भ्याक्सिन लगभग १ वर्षका शिशुहरूलाई एउटै डोज दिइन्छ । यो प्रारम्भिक डोज हो । एकै डोज निकै प्रभावकारी थियो, त्यसैले हामीले अर्को डोज दिनु आवश्यक थिएन तर, १९८९ मा अमेरिकामा स्कुले बालबालिकाहरूमा दादुराको ठूलो संक्रमण फैलियो अनि यसले महामारीको रूप लियो । केही बालबालिकालाई पहिलो डोजले प्रतिक्रिया देखाएको रहेनछ भन्ने महसुस यतिबेला भयो यहीकारण, अहिले ४ देखि ६ वर्षको उमेरका बालबालिकाहरूलाई दोस्रो डोज लगाउन सल्लाह दिइन्छ । ब्याक्टेरियल संक्रमणहरुविरुद्ध प्रतिरोध क्षमता कायम राख्नु सामान्यतः कठिन नै हुन्छ त्यही कारण ब्याक्टेरियाविरुद्ध सामान्यतः प्रारम्भिक चरणमा भ्याक्सिनका धेरै डोज आवश्यक हुन्छ । उदाहरणका लागि खोकीका लागि वर्षौंसम्म प्रारम्भिक श्रृंखला अन्तर्गत पाँच डोज भ्याक्सिन लगाउनुपर्छ अनि ११/१२ वर्षको उमेरमा बुस्टर डोज लगाइन्छ कोभिडका प्रश्नमा फाइजर र मोर्डनाका भ्याक्सिनहरू अहिले दुई डोज लगाइन्छ । यता, जोन्सन एण्ड जोन्सन भ्याक्सिन भने केवल एक डोज लगाए पुग्छ । त्यसैगरी को भिशिल्ड, भेरोसेल जस्ता भ्याक्सिनहरू पनि दुई डोज लगाइन्छ । अहिलेको आपत्कालीन अवस्थामा प्रतिरोध क्षमता कमजोर भएका मानिसहरूलाई फाइजरको तेस्रो डोज पनि दिन सकिन्छ सामान्य अवस्थामा भ्याक्सिनको सुरक्षा कुन अवधिसम्म रहन्छ र बुस्टर सट दिने उत्तम समय कुन हो भनेर निर्धारण गर्नका लागि औषधी कम्पनीहरूले भ्याक्सिन लगाएका व्यक्तिहरूमा वर्षौंसम्म अध्ययन गर्छ तर, आपत्कालीन अवस्था भएकाले वर्षौंसम्म अध्ययन गर्ने समय थिएन, चाँडै नै भ्याक्सिन ल्याउन आवश्यक थियो अनि भ्याक्सिन आयो पनि। अर्थात्, अहिले महामारी चलिरहेकै समय भ्याक्सिन आएको छ र भ्याक्सिनबारे अध्ययन पनि भइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा, ‘हामी प्लेन बनाइरहेका छौं, यसैमा उडिरहेका पनि छौँ।’
मानिसको शरीरमा समयअनुसार एण्टीबडीको स्तर कस्तो छ भनेर अध्ययन गर्न अहिले सम्भव छ । यदि, एण्टीबडीको स्तर खस्केको छ भने यसले बुस्टर सट आवश्यक परेको संकेत गर्नसक्छ तर, यो सरल छैन। एण्टीबडी केवल यो विषयको एउटा पाटोमात्रै हो। मानव शरीरसँग भाइरससँग लड्ने अन्य बाटाहरु पनि छन् । जसलाई मापन गर्न कठिन छ। रोगबाट जोगाउनका लागि एण्टीबडीको कुन स्तर आवश्यक पर्छ भन्नेबारे पनि हामीलाई थाहा छैन अनि एम्टीबडीको स्तरलाई कहाँ पुऱ्याउनका लागि हामीले प्रयास गर्ने भन्ने पनि थाहा छैन । भ्याक्सिनले ककोरोना भ्याक्सिनको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्तमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो। यसपछि भने बाइडेनले बुस्टर योजना अझै पनि एफडीए र सीडीसीका वैज्ञानिकहरूबाट स्वीकृत हुन बाँकी रहेको स्वीकार गरिसके का छन्। अहिले वैज्ञानिकहरूले यसबारे मुख खोलेका छन्। १७ सेप्टेम्बरमा फाइजर भ्याक्सिनबारे समीक्षा गर्न बसेको एफडीए सल्लाहकार समितिको बैठकमा यसबारे व्यापक आलोचना भएको छ जसअनुसार ६५ वर्ष र त्यसभन्दा माथिका व्यक्ति एवम् उच्च जोखिममा रहेको जनसंख्यामा मात्रै तेस्रो डोज आवश्यक हुने पक्षमा अधिकांशले मत जाहेर गरेका छन्। अहिलेको समयमा भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको तथ्यांकले सबैलाई तेस्रो डोजको आवश्यकता रहेको पुष्टि नगर्ने उनीहरूको निष्कर्ष थियो। धेरैजसो भ्याक्सिनमा प्राय प्रारम्भिक श्रृंखला र बुस्टर हुन्छ ।प्रारम्भिक श्रृंखला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी भ्याक्सिनको डोज भन्ने बुझिन्छ, यसले व्यक्तिलाई • ब्याक्टेरियल वा भाइरल संक्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । यस अवस्थालाई हामी ‘पूर्ण भ्याक्सिन लगाएको अवस्था ठान्छौं। यसरी प्रारम्भिक रूपमा पूर्ण भ्याक्सिन लगाइसकेका व्यक्तिहरूले थप खोप लगाउने प्रक्रिया बुस्टर डोज हो । बुस्टर अस्वाभाविक होइन ।उदाहरणका लागि, दादुराको भ्याक्सिन लगभग १ वर्षका शिशुहरूलाई एउटै डोज दिइन्छ । यो प्रारम्भिक डोज हो । एकै डोज निकै प्रभावकारी थियो, त्यसैले हामीले अर्को डोज दिनु आवश्यक थिएन तर, १९८९ मा अमेरिकामा स्कुले बालबालिकाहरूमा दादुराको ठूलो संक्रमण फैलियो अनि यसले महामारीको रूप लियो । केही बालबालिकालाई पहिलो डोजले प्रतिक्रिया देखाएको रहेनछ भन्ने महसुस यतिबेला भयो यहीकारण, अहिले ४ देखि ६ वर्षको उमेरका बालबालिकाहरूलाई दोस्रो डोज लगाउन सल्लाह दिइन्छ । ब्याक्टेरियल संक्रमणहरुविरुद्ध प्रतिरोध क्षमताकायम राख्नु सामान्यतः कठिन नै हुन्छ त्यही कारण ब्याक्टेरियाविरुद्ध सामान्यतः प्रारम्भिक चरणमा भ्याक्सिनका धेरै डोज आवश्यक हुन्छ । उदाहरणका लागि खोकीका लागि वर्षौंसम्म प्रारम्भिक श्रृंखला अन्तर्गत पाँच डोज भ्याक्सिन लगाउनुपर्छ अनि ११/१२ वर्षको उमेरमा बुस्टर डोज लगाइन्छ कोभिडका प्रश्नमा फाइजर र मोर्डनाका भ्याक्सिनहरू अहिले दुई डोज लगाइन्छ । यता, जोन्सन एण्ड जोन्सन भ्याक्सिन भने केवल एक डोज लगाए पुग्छ । त्यसैगरी को भिशिल्ड, भेरोसेल जस्ता भ्याक्सिनहरू पनि दुई डोज लगाइन्छ ।
अहिलेको आपत्कालीन अवस्थामा प्रतिरोध क्षमता कमजोर भएका मानिसहरूलाई फाइजरको तेस्रो डोज पनि दिन सकिन्छ सामान्य अवस्थामा भ्याक्सिनको सुरक्षा कुन अवधिसम्म रहन्छ र बुस्टर सट दिने उत्तम समय कुन हो भनेर निर्धारण गर्नका लागि औषधी कम्पनीहरूले भ्याक्सिन लगाएका व्यक्तिहरूमा वर्षौंसम्म अध्ययन गर्छ तर, आपत्कालीन अवस्था भएकाले वर्षौंसम्म अध्ययन गर्ने समय थिएन, चाँडै नै भ्याक्सिन ल्याउन आवश्यक।।थियो अनि भ्याक्सिन आयो पनि। अर्थात्, अहिले महामारी चलिरहेकै समय भ्याक्सिन आएको छ र भ्याक्सिनबारे अध्ययन पनि भइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा, ‘हामी प्लेन बनाइरहेका छौं, यसैमा उडिरहेका पनि छौँ ।’मानिसको शरीरमा समयअनुसार एण्टीबडीको स्तर कस्तो छ भनेर अध्ययन गर्न अहिले सम्भव छ ।
यदि, एण्टीबडीको स्तर खस्केको छ भने यसले बुस्टर सट आवश्यक परेको संकेत गर्नसक्छ तर, यो सरल छैन। एण्टीबडी केवल यो विषयको एउटा पाटोमात्रै हो। मानव शरीरसँग भाइरससँग लड्ने अन्य बाटाहरु पनि छन् । जसलाई मापन गर्न कठिन छ। रोगबाट जोगाउनका लागि एण्टीबडीको कुन स्तर आवश्यक पर्छ भन्नेबारे पनि हामीलाई थाहा छैन अनि एम्टीबडीको स्तरलाई कहाँ पुऱ्याउनका लागि हामीले प्रयास गर्ने भन्ने पनि थाहा छैन । भ्याक्सिनले कसरी काम गर्छ भन्नेबारे अध्ययन गर्ने राम्रो उपाय ‘वास्तविक विश्व’ को तथ्याङ्क हेर्ने हो, समयसँगै कति व्यक्ति संक्रमित भए र बिरामी भए भनेर हेर्ने होसरी काम गर्छ भन्नेबारे अध्ययन गर्ने राम्रो उपाय ‘वास्तविक विश्व’ को तथ्याङ्क हेर्ने हो, समयसँगै कति व्यक्ति संक्रमित भए र बिरामी भए भनेर हेर्ने हो|