लायन्स क्लबमा कोभिड भ्याक्सिन ६५० मा

लायन्स क्लब अव् सिलगढ़ीद्वारा सञ्चालित लायन्स नेत्रालयमा २३ सेप्टेम्बरदेखि कोभिड भ्याक्सिन कोभिशिल्डको मूल्य ७५० रुपियाँदेखि घटाएर ६५० रुपियाँ गरिदिएको छ। हिलकार्ट रोड महानन्दा ब्रीजस्थित लायन्स नेत्रालयमा पत्रकार सम्मेलनलाई उक्त जानकारी दिँदै नेत्रालय भ्याक्सिनेशन चीफ र आरसी जयन्त साहाले बताए, नेत्रालयले अहिलेसम्म २० हजारभन्दा ज्यादा भ्याक्सिन डोज दिइसकेका छन् साथै जनसाधारणसमक्ष भ्याक्सिन पुयाउने सेवाको निम्ति मूल्यमा कटौती गरेको हो लायन्स नेत्रालयले सदैव सेवाका निम्ति आफ्नो भूमिका निभाएका छन् साथै अहिले भ्याक्सिनेशन कार्यक्रमतिर अग्रिम भूमिकाको परिचय दिँदै अघि बढिरहेका छन्।

यस उपरान्त भ्याक्सिनेशन कम्यापको माध्यमबाट पनि सामाजिक संस्थाहरूले भ्याक्सिनेशन अभियान दिइरहेका छन् त्यसको निम्ति लायन्स नेत्रालयले प्रति डोजको ६ सय लिने गर्छ जसले संस्थाले आयोजन गरेको खर्चमा सहयोग हुनसक्छ । हामीले यो कटौती सेवाको लागि गरेका हौं, शहर र यसको छेउछाउका मानिसहरूमा चाँडोभन्दा चाड़ो भ्याक्सिनेशन डोज पाउनसकोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । पत्रकार सम्मेलनमा नेत्रालय स्वास्थ्य सेवा प्रमुख रामकुमार अग्रवाल, डिस्ट्रीक्ट जीएमटी कोअर्डिनेटर सुरेश अग्रवाल, किशोर चाचान, राजू लखोटिया, पूर्व अध्यक्ष श्याम कंसल, निर्मल साहा, सञ्जय मित्तल मुख्य रूपले उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *